Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

श्रीकृष्ण जन्माष्टमीको अवसमा ब्रह्माकुमारी राजयोग सेवा केन्द्र द्वारा विबिध कार्यक्रम

नेपाल अभियान नेपाल अभियान
२१ भाद्र २०८०, बिहीबार
in विविध, समाचार, समाज
0
94
SHARES
Share on FacebookShare on Twitter


रामेछाप (धोवी), भदौ २१ गते । ब्रह्माकुमारी राजयोग सेवा केन्द्र, मन्थली रामेछापको आयोजना तथा राधाकृष्ण संरक्षण समिति लिखु तामाकोसी–३ धोबीको सहकार्यमा श्रीकृष्ण जन्माष्टमी पर्वको पावन अवसरमा राधाकृष्णको चैत्यन्य झाँकी, नृत्य एवं प्रवचन कार्यक्रम लिखु तामाकोसी गाँउपालिकाको धोविमा बुधवार सम्पन्न भएको छ ।


लिखु तामाकोसी गाँउपालिकाको धोवि स्थित राधाकृष्ण मन्दिर परिसरमा भएको उक्त कार्यक्रमको उद्घाटन लिखु तामाकोसी गाँउपालिकाका अध्ययक्ष केशव महतले चैतन्य झाँकीमा रहेको श्रीकृष्णलाई दही खुवाएर गर्नु भएको थियो ।
ब्रह्माकुमारी राजयोग सेवा केन्द्र, रामेछापकी प्रमुख सञ्चालिका ब्रह्माकुमारी सीता दिदीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा मन्थली सहिद स्मृति बहुमुखी क्याम्पसका प्रमुख एबं ब्रह्मकुमार डा. भरत कुमार श्रेष्ठ, ब्रह्माकुमारी विष्णु दिदी, जिल्ला प्रशासन कार्यालय रामेछापकी प्रशासकीय अधिकृत अस्मिता बानियाँ, समाजसेवी ध्रुवहरी ढुंगेल, स्थानीय केदार प्रसाद तिमिल्सेना, विवेक श्रेष्ठ लगायतले आ–आफ्नो मन्तब्य राख्नु भएको थियो ।
सो अवसरमा कर्ण बहादुर कार्की को नेतृत्वमा रहेको खैजेडी भजन टोलीले भजन प्रस्तुत गर्नुका साथै श्री कृष्ण सम्बन्धी नृत्य, झाँकी समेत प्रदर्शन गरिएको थियो ।
कार्यक्रमका अवसरमा सो गाँउपालिकाका वडा नं–३ का वडा अध्यक्ष गोपाल तामाङ, वडा नं ४ का वडा अध्यक्ष दिपक पुलामी, ५ का वडा अध्यक्ष रोम बहादुर तामाङ, प्रहरी निरीक्षक देवानन्द मिश्र, झट्टेश्वर माविकी प्रअ रुक्मीणी बस्नेत, स्थानीय पूर्व जनप्रतिनिधि कृष्ण बहादुर महत, लिला बहादुर बस्नेत लगाएत स्थानीय भक्तजनहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।
सो अबसरमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि महतले श्री कृष्णजन्मास्टमीको महत्वका वारेमा चर्चा गर्दै सकरात्मक सोचले नै जीवन परिवर्तन गर्न सकिने वताउनुभयो । जसरी श्रीकृष्णले वाल्यकाल देखि नै कठीन दुःख, संघर्ष पछि सफतला प्राप्त गरे त्यसैगरी हामीले पनि जीवनमा जति ठक्कर खाए पनि सकरात्मक सोच लिएर अगाडि बढ्न सके हरेक कुरामा सफलता मिल्ने बताउनुभयो । उहाले ब्रहकुमारी राजयोजले समाजमा सकरात्मक सन्देस दिने गरेको भन्दै यो अभियान लाई सबै वडामा विस्तार गर्न सके धेरै राम्रो हुने कुरालाई जोड दिनुभयो ।
कार्यक्रका अवसररमा क्याम्पस प्रमुख डा. श्रेष्ठले मानिस शारीरिक रुपामा स्वस्थ हुन शरीरलाई चलायमान अर्थात शारीरिक ब्यायम गर्नु पर्ने तथा मानसिक रुपमा स्वस्थ हुन मनलाई स्थिर राख्न जीवनमा योग, ध्यानको अपरिहार्यता रहेको बताउनु भयो । उहाले विद्यालय स्तरबाटै वाल वालिकालाई योग, ध्यान नैतिक शिक्षा सिकाउन सकेमा हाल समाजमा भइरहेको नैरास्यता, डिप्रेसन एवं आत्महत्याजस्ता कुराहरुको न्यूनीकरण गर्न सकिनेमा जोड दिनुभयो । ब्रह्माकुमारी राजयोग सेवा केन्द्र रामेछाप जिल्लामा २०५७ सालदेखि कृयासिल भई योग, ध्यानका साथै असल आचरणका लागि समुदाय, विद्यालय, आफ्ना सेवा केन्द्रहरु मार्फत अभियान सञ्चालन गर्दै आइरहेको छ ।

Share38Tweet24Share7

Related Posts

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी
समाचार

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी

२१ भाद्र २०८०, बिहीबार
चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ
समाचार

चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ

२१ भाद्र २०८०, बिहीबार
मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते
प्रहरी-प्रशासन

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते

२१ भाद्र २०८०, बिहीबार
ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

२१ भाद्र २०८०, बिहीबार
नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

२१ भाद्र २०८०, बिहीबार
मन्थली बजारमा डस्विन बितरण
विविध

मन्थली बजारमा डस्विन बितरण

२१ भाद्र २०८०, बिहीबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero