Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

उमाकुण्ड गाउँपालिकामा न्यायिक समितिको काममा द्रुतता 

नेपाल अभियान नेपाल अभियान
७ आश्विन २०८०, आईतवार
in देश, प्रदेश नं ३, समाचार
0
54
SHARES
Share on FacebookShare on Twitter

 

रामेछाप ७ असोज । रामेछापको दुर्गम गाउँपालिका  उमा कुण्डको न्यायिक समितिको काममा द्रुतता  देखिएको छ । उसले गत आर्थिक वर्षमा गरेको कामको मूल्याङ्कनका आधारमा एक वर्षमा गरेको काम सन्तोष जनक भएको दाबी गरेको हो । पालिकाको न्यायिक समितिले  एक वर्षमा कार्यालयमा दर्ता भएको सबै मुद्दा टुङ्गो लगाएको आधारमा काम सन्तोषजनक भएको बताएको हो  । 

एक वर्षमा समितिमा दर्ता भएका सबै खाले मुद्दालाई आफूहरूले छलफल  र सहमतिका आधारमा टुङ्ग्याएको न्यायी समितिकी संयोजक एवं उप प्रमुख सावित्री सुनुवारले बताउनु भएको छ  । गत आवमा  समितिमा  दर्ता भएका कुल १ सय १४ वटै मुद्दा दर्ता भएका र ती सबै मुद्दा  छलफलबाट टुङ्ग्याएको जानकारी पनि उहाँले दिनुभयो । 

सेवाग्राहीहरूलाई सहज होस भन्नका लागि हरेक महिनाको चार दिन साप्ताहिक आइतबार पारेर  न्यायिक समितिको बैठक बस्ने गरेको र सोही छलफलको आधारमा निवेदनको टुङ्गो सकभर सोहिदिन टुङ्ग्याउने र नभए पुन दिन तोकेर बोलाउने गरिएको पनि  समितिकी संयोजक सावित्री सुनुवारले  बताउनुभयो । समितिको बैठकमा  संयोजकसहित तीन जना सदस्य रहने व्यवस्थाअनुसार छलफल हुने र  बैठकमार्फत वडाबाट ‘निर्भर’ भएर आएका र अन्य निवेदनको गाम्र्भियताका आधारमा छलफल गरी सहमतिका अधा रमा मुद्दाको किनारा लगाइएको पनि सुनुवारले बताउनु भयो । 

न्यायिक समितिमा परेका आवेदनलाई मेलमिलाप प्रक्रिया मार्फत प्रभावकारी बनाउन पालिकाका सात वटै वडाको मेलमिलाप संयोजकहरूलाई पुनर्ताजगि तथा  अभिमुखीकरण गरिँदै आएकोले पनि  कार्यक्रम लाई प्रभावकारी बनाउन सहयोग पुगेको पनि  उहाँले बताउनुभयो । त्यस बाहेक  मेलमिलापकर्ता सूचीकृत गराउने, वडा वडामा गएर समितिको पुनर्गठन गर्ने काम भने सम्पन्न भइसकेको छ । यो अभियानलाई सहजीकरण गर्नका लागि पालिकामा ६२ जना मेलमिलापकर्ता कार्यरत रहेका र  उहाँहरूका कारण पनि काममा सहजता आएको समितिले जनाएको छ ।

यो सँगै चालु  आर्थिक वर्षमा  न्यायिक समितिमा १४ वटा मात्र मुद्दा दर्ता भएका र तिनीहरूको पनि क्रमशः सम्बोधन भइरहेको छ । जस मध्ये १२ वटा मुद्दालाई मेल मिलाप र २ वटा मुद्दा  भने  छलफलको माध्यमबाट टुङ्ग्याई सकिएको पनि समितिकी संयोजक सुनुवारले जानकारी दिनु भयो । यसरी मुद्दा प्रक्रियामा आएको द्रुतता सँगै सर्व साधारण तथा पीडित पक्षले न्यायको अनुभूति गरेको अनुभव आफूले गरेको पनि सुनुवारले जानकारी गराउनु भयो । 

Share22Tweet14Share4

Related Posts

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते
प्रहरी-प्रशासन

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते

७ आश्विन २०८०, आईतवार
ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

७ आश्विन २०८०, आईतवार
नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

७ आश्विन २०८०, आईतवार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

७ आश्विन २०८०, आईतवार
मन्थलीमा लाखे नाँचसुरू
समाचार

मन्थलीमा लाखे नाँचसुरू

७ आश्विन २०८०, आईतवार
रसुवाको बाढीमा परी रामेछापका बेपत्ता हुनेको संख्या ३२ मध्ये १ जना सम्पर्कमा ३१ जनाको अबस्था अझै अज्ञात
समाचार

रसुवाको बाढीमा परी रामेछापका बेपत्ता हुनेको संख्या ३२ मध्ये १ जना सम्पर्कमा ३१ जनाको अबस्था अझै अज्ञात

७ आश्विन २०८०, आईतवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero