रामेछाप,२१ आसोज । बुटवल उद्योग बाणिज्य संघको ७० औं साधारण सभा एबं २५ औँ अधिबेशन अन्तर्गत सोमवार हुन गइरहेको निर्वाचनमा “हरि प्रसाद अर्याल समुहको जित,सुनिश्चित ” भएको यहाँका मतदाताहरुले बताएका छन् । अर्यालले सबै ब्यवसायिहरुले रुचाएका साझा ब्यवसायिक समावेसी समूूहलाई लिएर अगाडि बढनु भएका कारण पनि उहाको जित सुनिश्चित भएको हो ।
अर्यालको समुहमा बरिष्ठ उपाध्यक्ष टंक प्रसाद गैरे, उद्योग उपाध्यक्षमा सुरज भट्टराई, बाणिज्य उपाध्यक्षमा विमलराज भट्टराई, महासचिबमा मुक्ति अधिकारी, कोषाध्यक्षमा बसन्त प्रसाद ढकाल, सचिबमा भेषराज गैरे,सह–कोषाध्यक्षमा धन कुमारी खनाल (सविता) रहनु भएको छ । त्यसैगरी एसोसियट्स सदस्यमा राजु खरेल, उद्योग सदस्यहरुमा क्रमशः नेत्र प्रसाद पाण्डे, दिपक प्रसाद चापागाँई, ज्ञान बहादुर पुनः र सुनिता बन्जाडे रहनु भएको छ भने बाणिज्य सदस्यहरुमा काशिराम शर्मा पौडेल, लोकनाथ पाण्डे,गणेश प्रसाद भट्टराई ,सतिश कशोधन, रहनु भएको छ । त्यसैगरी खुल्ला सदस्यहरुमा क्रमश बिष्णु घिमिरे पन्त(कमला), माधब प्रसाद भुषाल, जगन्नाथ न्यौपाने ,उमेश आमत्य, सवर मिया, नारायण रायमाझी, दिपक घिमिरे, रहनु भएको छ भने महिला सदस्यहरुमा जमुना पौडेल र कमला वेल्वासे (शारदा) रहनुभएको छ ।

“समृद्ध र गतिशिल बुटवलका लागि निर्णय प्रकृयामा सबैको सहभागिता नेतृत्वमा समावेशीता” भन्ने मुल नारालाई अंगिकार गर्दै यो समुह अगाढि बढिरहेको छ ।
अर्याल जिल्लाका विभिन्न सामाजिक संघ संस्थाको नेतृत्वमा रहेर काम गरिसक्नु भएको छ भने नेपाल पुस्तक तथा स्टेशनरी ब्यवसायि महासंघ केन्द्रीय समितिको अध्यक्षको भुमिका समेत निर्वाह गरिसक्नु भएको छ ।
उहाको समुहमा अनुभवि र खारिएका ब्यक्तीहरु रहनुभएका कारण पनि उहाको समुहले अनिवार्य विजय हासिल गर्ने स्थानीय मतदाताहरुले बताएका छन ।
आफ्नो समुहले बिजय हासिल गर्ने र बिजयी भएपछि वुटवलका उद्योगी तथा ब्यवसायिहरुको हकहित एबं ब्यापार ब्यवसाय प्रर्बद्धनका लागि आफ्नो समुह लागिपर्ने अध्यक्ष पदका उमेद्वार हरिप्रसाद अ र्यालले बताउनुभयो । उहाले जिल्लाको ब्यवसाय र पर्यटन प्रवद्र्धनका लागि धेरै काम गर्नुपर्ने भएको र त्यो आफ्नो नेतृत्व बाट मात्र सम्भव भएकाले ति कामहरु तत्काल गर्न आफुले उमेद्धारी दिएको हुँदा सबै मतदातालाई आफ्नो समुहलाई मत हाल्न अनुरोध समेत गर्नुभएको छ ।












यो बारेमा तपाईको प्रतिकृया