Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

मन्थली नगरको सबै काम  ठप्प बनाउने सङ्घर्ष समितिको घोषणा 

नेपाल अभियान नेपाल अभियान
२५ आश्विन २०८०, बिहीबार
in देश, प्रदेश नं ३, समाचार
0
121
SHARES
Share on FacebookShare on Twitter

 

रामेछाप २५ असोज । स्थानीय तह कर्मचारी सङ्घर्ष समिति मन्थली नगरपालिकाले शुक्रवारबाट मन्थली  नगर र नगरपालिका भित्रका सबै वडाहरूमा पेन डाउन गरी अत्यावश्यक बाहेकका सबै  कामहरू ठप्प पार्ने घोषणा  गरेको छ । समितिले बिहीबार साँझ कार्यालय परिसरमा  पत्रकार सम्मेलनको आयोजना गरी आफ्ना २० सूत्रीय माग सहित आन्दोलनका कार्यक्रमको बारेमा जानकारी गराएको हो  । नगरपालिकामा कार्यरत स्थानीय तहका सबैजसो कर्मचारी सहितको उपस्थितिमा गरिएको पत्रकार सम्मेलनमा सङ्घर्ष समितिको तर्फबाट नगरका सातौँ तहका अधिकृत उज्ज्वल पोखरेलले तयारी विज्ञप्ति वाचन गर्नु भएको थियो । 

सङ्घर्ष समितिका नाममा केन्द्रीय कार्य समितिले तयार गरी नगरका नाममा जारी गरिएको २० बुँदे माग सहितको विज्ञप्तिमा आफूहरूका विरुद्ध  राज्यले विभेदकारी नीति अवलम्बन गरेकोमा असहमति जनाउँदै नेपालको संविधानको धारा २४३ बमोजिम सङ्घीय निजामती सेवा ऐन नभई नयाँ एकीकृत निजामती ऐन जारी गरी उक्त ऐन मार्फत सबै कर्मचारीहरूलाई समान सेवा र सुविधाको सञ्जालमा जोड्न पनि माग गरिएको छ । 

विज्ञप्तिमा सङ्घीय निजामती कानुनमा भएका विभेदकारी दफालाई निस्तेज पार्दे नयाँ एकीकृत निजामती कानून मार्फत  स्थानीय तहका कर्मचारीहरूलाई समेत निजामती कर्मचारीहरूले पाउने  सरह सेवा सुविधा,सरुवा बढुवा तथा वृत्ति विकास लगायतका कुराहरूमा समेत समान व्यवहार हुनु पर्ने,स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृतको पदमा  स्थानीय सेवाबाटै  हुनु पर्ने,सङ्घीय,सङ्घ प्रदेश र स्थानीय तहमा तहगत प्रणाली लागु गर्नु पर्ने,स्थानीय तह अन्त्रगतका सबै किसिमका कर्मचारीहरूलाई सरुवा गर्ने व्यवस्था नयाँ ऐन निर्माण गरी समान कानुनका आधारमा वैज्ञानिक विधिबाट देशभरका सबै कार्यालयहरूमा पनि सरुवा हुन पाउनु पर्ने,  स्थानीय तहमा  चक्रीय  लगायतका माग सहित सङ्घर्ष समितिले माग पुरा नहुन्जेल सम्मको लागि नगरको काम ठप्प बनाउने घोषणा गरेको हो । 

अहिले सरकारले स्थानीय तहका कर्मचारीका नाममा गरेको विभेदकारी व्यवहार र हेपाहा प्रवृत्तिका कारण कर्मचारीहरू  आन्दोलनमा उत्रिन बाध्य भएको पनि समितिको भनाई रहेको छ । शान्तिपूर्ण आन्दोलनलाई बेवास्ता गरेको र काठमाडौँ केन्द्रित आन्दोलनमा प्रहरीले कर्मचारीहरू माथि निर्मम रूपमा लाठी चार्ज गरी घाइते बनाएका कारण आफूहरू पेन डाउन गर्ने निष्कर्षमा पुगेको पनि समितिको दाबी छ ।  

स्थानीय तहका कर्मचारीहरूको  आन्दोलनका कारण सोमबार देखिनै  रामेछाप नगरमा भने कर्मचारीहरूले लगाएको ताला बिहीबार सम्म पनि खुलेको छैन । आन्दोलनका कारण  जिल्लाका अन्य स्थानीय तहको काम पनि प्रभावित भएको बुझिएको छ ।  

७७ वटा जिल्लाका सबै स्थानीय तह र  राजधानी केन्द्रित आन्दोलनमा उत्रिएका कर्मचारी र प्रहरी बिच झडप भएको थियो । सो क्रममा दर्जनौँ कर्मचारी घाईत भए सँगै बिहीबार सरकारले आन्दोलनकारीहरूलाई वार्तामा बोलाएको छ । 

Share48Tweet30Share8

Related Posts

रामेछाप जिल्ला अदालतको प्रगति शत प्रतिशत नजिक
देश

रामेछाप जिल्ला अदालतको प्रगति शत प्रतिशत नजिक

२५ आश्विन २०८०, बिहीबार
चिसापनिमा  योग साधना केन्द्र सँचालन पछि स्थानियहरु उत्साहित
समाचार

चिसापनिमा योग साधना केन्द्र सँचालन पछि स्थानियहरु उत्साहित

२५ आश्विन २०८०, बिहीबार
मन्थली नगर पूर्ण खोप सुनिश्चितता दीगोपाना पालिका घोषणा
समाचार

मन्थली नगर पूर्ण खोप सुनिश्चितता दीगोपाना पालिका घोषणा

२५ आश्विन २०८०, बिहीबार
रामेछापका पत्रकारहरू आन्दाेलित
समाचार

रामेछापका पत्रकारहरू आन्दाेलित

२५ आश्विन २०८०, बिहीबार
ब्रम्हाकुमारी राजयोग मन्थली द्वारा सर्बोच्च शिखर सगरमाथाको आरोहण गर्ने रामेछापका युवालाई सम्मान
समाचार

ब्रम्हाकुमारी राजयोग मन्थली द्वारा सर्बोच्च शिखर सगरमाथाको आरोहण गर्ने रामेछापका युवालाई सम्मान

२५ आश्विन २०८०, बिहीबार
रामेछापका पत्रकारहरूद्वारा जिल्ला प्रशासन कार्यालयमा धर्ना
समाचार

रामेछापका पत्रकारहरूद्वारा जिल्ला प्रशासन कार्यालयमा धर्ना

२५ आश्विन २०८०, बिहीबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.