रामेछाप२५ असोज । नेकपा एमालेको भातृ सङ्गठन नेपाल खेलकुद महाँसंघले शुक्रवार बाट मन्थलीमा सञ्चालन गर्न लागेको खुल्ला फूट्बल प्रतियोगितमा प्रथम हुने टीमलाई खसी पुरस्कार र प्रमाण पत्र दिने घोषणा गरेको छ । महासङ्घले बिहीबार स्थानीय तीनलाल पार्कमा पत्रकार सम्मेलन गरी उक्त पुरस्कारको घोषणा गरेको हो ।
महासङ्घले विजया दशमी तथा शुभ दीपावलीको अवसर पारेर शुक्रवार र शनिवार तीनलाल मैदानमा आयोजना गर्न लागेको प्रतियोगितामा ३० वर्ष उमेर समूह मुनिका खेलाडीहरूलाई मात्र सहभागी गराइने छ । शुक्रवार बिहान ७ बजे गरिने कार्यक्रमको लागि बाँकी सबै काम सकिएको छ । प्रतियोगिताका लागि जिल्ला भरीका विभिन्न ९ टिम सहभागी हुने उक्त कार्यक्रमको प्रायोजन भने मन्थली नगरपालिकाले गर्ने जानकारी पनि सो अवसरमा गराइएको थियो ।
प्रथम पुरस्कार खसी र तद्धित हुने टिमलाई बोका तृतीय हुने टिमलाई लोकल कुखुराको भाले पुरस्कार र प्रमाण पत्र दिने कार्यक्रम रहेको छ । उक्त प्रतियोगिताको उद्घाटन बागमती प्रदेशका सांसद आनन्द कुमार श्रेष्ठले शुक्रवार बिहान तीनलाल मैदानमा गर्नुहुने छ ।
महाँसंघका जिल्ला अध्यक्ष तेज घिसिङ्गको अध्यक्षता र सङ्घका केन्द्रीय सदस्य जिल्ला इन्चार्ज सविन उप्रेती र महाँसंघका बागमती प्रदेशका अध्यक्ष सिताराम कार्कि र रामेछाप फुटबल सङ्घका अध्यक्ष सुन्दर घिमिरेको विषेश उपस्थीतिमा भएको पत्रकार सम्मेलनमा उक्त खुल्ला फुटबल प्रतियोगीतालाई खेल र खेलाडी मैत्री मात्र नभएर समाजको परिवर्तनमैत्री खेलको रूपमा बुझन पनि उहाँहरूले आग्रह गर्नु भएको थियो ।











यो बारेमा तपाईको प्रतिकृया