Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

सहारा साकोसले  एक वर्षमा कमायो  ४३ लाख १० हजार 

नेपाल अभियान नेपाल अभियान
२६ आश्विन २०८०, शुक्रबार
in देश, प्रदेश नं ३, समाचार
0
60
SHARES
Share on FacebookShare on Twitter

रामेछाप २६ असोज । लामो समय देखि जिल्लाको सहकारी अभियानमा क्रियाशील सहारा बचत तथा ऋण सहकारी संस्थाले एक बर्षको अवधिमा ४३ लाख १० हजार ६ सय ८८  रुपैयाँ कमाउन सफल भएको छ  । शुक्रवार मन्थलीमा सम्पन्न  संस्थाको १८ औ साधारण सभाका अवसरमा प्रस्तुत  प्रतिवेदनमा कर बाहेक संस्थाले गरेको बाँकी सबै खर्च कटाएर उक्त मुनाफा कमाउन सफल भएको जानकारी गराइएको हो ।  

१८ औ साधारण सभाको उद्घाटन मन्थली नगरपालिकाकाका प्रमुख लव श्रेष्ठले पानसमा बत्ती बालेर गर्नु भएको थियो । आफ्नो उद्घाटन  मन्तव्यका क्रममा प्रमुख श्रेष्ठले सहाराले जिल्लाको सहकारी अभियानमा पुर्‍याएको योगदानको चर्चा गर्नु हुँदै उसले गर्ने सबै काम सबल र अब्बल हुनु पर्ने कुरामा जोड दिनु भयो । 

       उहाँले सहकारीहरूलाई  नीति विधि र पद्धति भित्र रहेर काम गर्न आग्रह गर्दे विधि  भित्र रहेर काम गर्ने सहकारीहरूलाई नगरपालिका  सदैव सहयोग गर्न तयार रहेको बताउनु भयो । उहाँले सहकारीका सञ्चालकहरूको विश्वासमा  सर्व साधारणले  खाई नखाई रकम जम्मा गर्ने र उक्त रकम सङ्कट पर्दा खर्च गर्ने हुँदा सञ्चालकहरूलाई यसको मर्यादा जोगाएर काम गर्न पनि आग्रह गर्नु भयो ।  

१८ वर्ष अघि संस्थापकहरूले सहकारी अभियान चलाएर  समुदायमा रहेका विपन्न नागरिकहरूको आर्थिक र सामाजिक हैसियतमा परिवर्तन गर्ने असल नियत राखेर सञ्चालनमा ल्याएको उक्त सा कोसले हाल मन्थली र रामेछाप नगरपालिका समेतलाई कार्यक्षेत्र बनाएर काम गर्दे आएको छ । हाल संस्थामा कुल ४ हजार ७ सय ४४ जना शेयर सदस्य रहेका छन् । जस अनुसार उनीहरूको शेयर पुँजी गत आवमा  २ करोड ३१ लख ४६ हजार ७ सय रुपैयाँ रहेको छ भने कुल शेयर पुँजी २३ करोड १ लाख ४६ हजार ७ सय रुपैयाँ पुगेको पनि प्रतिवेदनमा उल्लेख गरिएको  छ  । 

संस्थाका कोषाध्यक्ष चुक्त बहादुर मगर द्वार प्रस्तुत आर्थिक प्रतिवेदनका अनुसार– संस्था सँग आव २०।७९। ८०मा कुल बचत  २१ करोड ९६ लाख ३८ हजार ६ सय ४२ रुपैयाँ पुगेको छ भने  । बचत सँगै सा कोसले आफ्ना शेयर सदस्यहरूको ब्यवासायीक प्रयोजनका लागि गत आवमा मात्र १६ करोड ६४ लाख २१ हजार रुपैयाँ ऋण प्रवाह गरेको छ । जसमा लघु ऋणी १सय ६०,सवारी साधनका ऋणी १ सय ३१ र घर जग्गाको शिर्षकमा ऋण लिने १ सय ३२ जना रहेका छन् ।   त्यसैगरि संस्थाले गत आवमा २ करोड  ३३ लाख १८ हजार ३ सय रुपैयाँको सम्पत्ति वृद्धि गरेको छ ।

संस्थाका सचिव शिशिर खड्गीको सञ्चालन तथा संस्थाका अध्यक्ष शिवराज श्रेष्ठको अध्यक्षतामा भएको उक्त साधारण सभाको उद्घाटन सभामा जिल्ला सहकारी सङ्घका अध्यक्ष हिमाल ढुङ्गेल,जिल्ला बचत तथा ऋण सहकारी सङ्घका अध्यक्ष जेएन दाहाल,नेपाल पत्रकार महाँसंघका जिल्ला अध्यक्ष बद्री नयाँघरे,नेफस्कुन फिल्ड कार्यालय मन्थलीका प्रमुख सुर्य बहादुर थापा लगाएतका वक्ताहरूले सहारा साकोसलाई १८ औ साधारण सभाका अवसरमा शुभकामना दिँदै सहारालाई सहकारी अभियानमा नीति,विधि र पद्धतिका आधारमा गर्विलो र दर्बिलो संस्थाका रूपमा स्थापित हुन आग्रह गर्नु भएको थियो ।    

Share24Tweet15Share4

Related Posts

रामेछाप जिल्ला अदालतको प्रगति शत प्रतिशत नजिक
देश

रामेछाप जिल्ला अदालतको प्रगति शत प्रतिशत नजिक

२६ आश्विन २०८०, शुक्रबार
चिसापनिमा  योग साधना केन्द्र सँचालन पछि स्थानियहरु उत्साहित
समाचार

चिसापनिमा योग साधना केन्द्र सँचालन पछि स्थानियहरु उत्साहित

२६ आश्विन २०८०, शुक्रबार
मन्थली नगर पूर्ण खोप सुनिश्चितता दीगोपाना पालिका घोषणा
समाचार

मन्थली नगर पूर्ण खोप सुनिश्चितता दीगोपाना पालिका घोषणा

२६ आश्विन २०८०, शुक्रबार
रामेछापका पत्रकारहरू आन्दाेलित
समाचार

रामेछापका पत्रकारहरू आन्दाेलित

२६ आश्विन २०८०, शुक्रबार
ब्रम्हाकुमारी राजयोग मन्थली द्वारा सर्बोच्च शिखर सगरमाथाको आरोहण गर्ने रामेछापका युवालाई सम्मान
समाचार

ब्रम्हाकुमारी राजयोग मन्थली द्वारा सर्बोच्च शिखर सगरमाथाको आरोहण गर्ने रामेछापका युवालाई सम्मान

२६ आश्विन २०८०, शुक्रबार
रामेछापका पत्रकारहरूद्वारा जिल्ला प्रशासन कार्यालयमा धर्ना
समाचार

रामेछापका पत्रकारहरूद्वारा जिल्ला प्रशासन कार्यालयमा धर्ना

२६ आश्विन २०८०, शुक्रबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.