Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

मन्थली साकोसको एक वर्षको खुद नाफा ५८ लाख ८ हजार ८ सय 

नेपाल अभियान नेपाल अभियान
२७ आश्विन २०८०, शनिबार
in देश, प्रदेश नं ३, समाचार
0
43
SHARES
Share on FacebookShare on Twitter

रामेछाप २३ असोज । जिल्लाको पुरानो सहकारी मन्थली साकोसले  एक वर्षमा खुद नाफा ५८ लाख ८ हजार ८ सय रुपैयाँ खुद नाफा कमाउन सफल भएको छ । साकोशले संस्थाको सबै खर्च कटाएर  आव २०।७९। ८०मा उक्त खुद नाफा कमाउन सफल भएको हो ।  

आफ्नो कार्यक्षेत्र भित्रको सबै वडा र बस्तीमा पुगेर   ठाउँमा  साधारण सभा सम्पन्न गरेको उक्त साकोसले शनिवार जिल्ला समन्वय प्रमुख,मन्थली , रामेछाप नगरपालिकाका प्रमुख,सहकारी संस्थाहरूका छाता सङ्गठन र जिल्लाका आम सञ्चार माध्यमका प्रमुख तथा प्रतिनिधि समेतको रोहबरमा संस्थाले गरेको मुनाफा सँग उसले एक वर्षको बिचमा संस्थागत रूपमा गरेको आर्थिक तथा साङ्गठनिक प्रगतिका बारेमा छलफल भएको थियो ।

साधारण सभामा सचिव हिमाल ढुङ्गेलले साङ्गठनिक र कोषाध्यक्ष टीका भट्टले आर्थिक प्रतिवेदन पेस गर्नु भएको थियो ।

साधारण सभाको उद्घाटन जिल्ला समन्वय प्रमुख चिना कार्कीले पानसमा बत्ती बालेर गर्नु भएको थियो । सो अवसरमा बोल्दै प्रमुख कार्कीले जिल्लाको सहकारी आन्दोलनमा मन्थली बचतले पुर्‍याएको योगदानको चर्चा गर्दे यसले आफूलाई जिल्लाका सबै सहकारीहरू भन्दा अब्बलताको कसीमा राखेर काम गर्न आग्रह गनुभयो । उहाँले पछिल्लो समयमा सहकारीहरू प्रति अविश्वास गर्ने हरूको सङ्ख्या बढेको र यसो हुनुमा संचालकहरुनै प्रमुख जिम्मेवार हुने हुँदा विधिका आधारमा मात्र काम गर्न सुझाउनु भयो । 

संस्थाका अध्यक्ष गोविन्द घिमिरेको अध्यक्षतामा भएको उक्त साधारण सभामा मन्थली नगरपालिकाका प्रमुख लव श्रेष्ठ र ,रामेछाप नगरपालिकाका प्रमुख लव श्री न्यौपानेले सहकारीको विकासका लागि नगर पनि सहयोग गर्न तयार रहेको भन्दै त्यसका लागि सहकारीका छाता सङ्गठनहरूलाई समन्वय गरेर अघि बढ्न पनि आग्रह गर्नु भयो । सर्व साधारणले दुख गरेर गरेको बचतको संरक्षण गर्नै दायित्व सञ्चालक र सञ्चालकले गलत गरे नियमन गर्नै निकाय स्थानीय सरकार पनि  भएकोले सबै  सहकारीहरूलाई शेयर सदस्यहरूको मन जितेर काम गर्नका लागि पनि उहाँ हरले आग्रह गर्नु भयो । प्रमुख द्वयले सबै सहकारीहरूलाई विधि र प्रविधि भित्र  रहेर नगरको विकासमा सहयोग गर्न आग्रह गर्नु भयो । उहाँले नगर र नागरिकको संवृद्धि सँग जोडिएकोले सहकारीको विकासका लागी नगरपालिका पनि सकेको सहयोग गर्न तयार रहेको  बताउनु भयो । 

२६ औ साधारण सभाका अवसरमा सहकारीले आफ ना सदस्य मध्ये उत्कृष्ट बन्न सफल विभिन्न विधाका शेयर  सदस्य हरूलाई नगद र  सम्मान पत्रद्वारा  पुरस्कार प्रदान गरिएको हो ।  

गत असार मसान्त सम्ममा उक्त सहकारीको  कुल सदस्य सङ्ख्या १५ हजार ८ सय २९ पुगेको  त्यसैगरि संस्था सँग शेयर पुँजी ९ करोड ५० लाख १९ हजार ९ सय,बचत सङ्कलन ९१ करोड ७३ लाख ३९  हजार १सय ४७ रुपैयाँ रहेको छ भने  कुल सम्पत्ति १ अर्ब १४ करोड ८८ लाख १७ हजार ३ सय ४४ रुपैयाँ रहेको पनि साकोसका कोषाध्यक्ष टीका भट्टको प्रतिवेदनमा उल्लेख गरिएको थियो  । कार्यक्रमका अवसरमा समाचार सम्प्रेषण गर्ने जिल्लाका पत्रकारहरूबाट युवा पत्रकार  युवराज श्रेष्ठलाई नगद पुरस्कार र सम्मान  पत्र द्वार सम्मान गरिएको थियो । 

Share17Tweet11Share3

Related Posts

रामेछाप जिल्ला अदालतको प्रगति शत प्रतिशत नजिक
देश

रामेछाप जिल्ला अदालतको प्रगति शत प्रतिशत नजिक

२७ आश्विन २०८०, शनिबार
चिसापनिमा  योग साधना केन्द्र सँचालन पछि स्थानियहरु उत्साहित
समाचार

चिसापनिमा योग साधना केन्द्र सँचालन पछि स्थानियहरु उत्साहित

२७ आश्विन २०८०, शनिबार
मन्थली नगर पूर्ण खोप सुनिश्चितता दीगोपाना पालिका घोषणा
समाचार

मन्थली नगर पूर्ण खोप सुनिश्चितता दीगोपाना पालिका घोषणा

२७ आश्विन २०८०, शनिबार
रामेछापका पत्रकारहरू आन्दाेलित
समाचार

रामेछापका पत्रकारहरू आन्दाेलित

२७ आश्विन २०८०, शनिबार
ब्रम्हाकुमारी राजयोग मन्थली द्वारा सर्बोच्च शिखर सगरमाथाको आरोहण गर्ने रामेछापका युवालाई सम्मान
समाचार

ब्रम्हाकुमारी राजयोग मन्थली द्वारा सर्बोच्च शिखर सगरमाथाको आरोहण गर्ने रामेछापका युवालाई सम्मान

२७ आश्विन २०८०, शनिबार
रामेछापका पत्रकारहरूद्वारा जिल्ला प्रशासन कार्यालयमा धर्ना
समाचार

रामेछापका पत्रकारहरूद्वारा जिल्ला प्रशासन कार्यालयमा धर्ना

२७ आश्विन २०८०, शनिबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.