मन्थली,२७ साउन । नेपाल पत्रकार महासंघ रामेछाप शाखाका कोषाध्यक्ष युवराज श्रेष्ठ सम्मानित हुनुभएको छ ।
मन्थली वचत तथा ऋण सहकारी संस्थाले आफ्नो २६ औ बर्षिक साधारण सभाका अबसर पारेर उहालाई सम्मान गरेको हो ।
संस्थाले सहकारी प्रवद्र्धन तथा विकासका लागि पत्रकारीताको माध्यमवाट खेलेको भुमिकालाई उच्च कद्धर गर्दै उहालाई सक्रिय सहकारी पत्रकारको रुपमा नगद रु ५ हजार सहित प्रमाणपत्रले सम्मान गरेको हो । मेरो प्रदेश डटकम का सम्पादक समेत रहनु भएका पत्रकार श्रेष्ठ आदिवासी जनजाति पत्रकार महासंघ बागमती प्रदेशका अध्यक्ष समेत हुनुहुन्छ ।












यो बारेमा तपाईको प्रतिकृया