Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

बेताली साकोसको कुल पुँजी २१ करोड २५ लाख 

नेपाल अभियान नेपाल अभियान
२९ आश्विन २०८०, सोमबार
in देश, प्रदेश नं ३, समाचार
0
69
SHARES
Share on FacebookShare on Twitter

 

रामेछाप २९ असोज । जिल्लाको पुरानो सहकारी संस्था बेताली साकोसको कुल पुँजी २१ करोड २५ लाख ३ हजार ५ सय ८७ रुपैयाँ रहेको छ । उक्त साकोसले गत आवमा संस्थाको सबै खर्च कटाएर  २१ लाख १४ हजार ५ सय १२  रुपैयाँ मुनाफा गर्न सफल भएको हो  । 

सहकारीले आफनो २९ औ वार्षिक साधारण सभाको अवसर पारेर असोज २८ गते आइतबार सचिव र कोषाध्यक्षले प्रस्तुत गरेको   आर्थिक तथा  साङ्गठनिक प्रगति प्रतिवेदन मार्फत संस्थाले गरेको बार्षक गतिविधिका बारेमा पनि जानकारी गराएको हो ।

 सभामा कोषाध्यक्षले प्रस्तुत गरेको अर्थिक  प्रतिवेदनमा सहकारीले हाल सम्म गरेको मुनाफा र आर्थिक कारोबार सँगै ऋण लगानी र असुली र उठ्न बाँकी ऋण र त्यसको असुलीको बारेमा संस्थागत रूपमा भए गरेका प्रयासका बारेमा पनि उल्लेख गरिएको थियो । 

साकोस वार्षिक सभाको उद्घाटन गर्दे कार्यक्रमका प्रमुख अतिथि एवं गोकुल गङ्गा गाउँपालिकाका अध्यक्ष काजी बहादुर खड्काले सहकारीको संस्थागत विकासमा पालिका पनि सहयोग गर्न तयार रहेको बताउनु भयो । उहाँले सर्व साधारण र गाउँमा बसेर दुःख गरेर जम्मा गरेको रकमको सदुपयोग गर्न सञ्चालक समितिलाई सचेत भएर काम गर्न पनि  आग्रह गर्नु भयो  । पछिल्लो समयमा देशका कतिपय  सहकारीका  गतिविधिका कारण सर्व साधारणमा सहकारी र तीनका सञ्चालकहरू प्रति  विश्वास घट्दै गएका घटनाहरूको स्मरण गराउँदै बेताली सहकारीका सञ्चालकहरूलाई नीति र विधिका आधारमा काम गर्न पनि आग्रह गर्नु भयो ।

साधारण सभामा विशेष अतिथिको रूपमा बोल्दै गोकुलगंगा गाउँपालिकाकी अध्यक्ष उषा काकिले जिल्लाको अग्रणी सहकारीको रूपमा दर्ज भएको बेताली साकोसका सबै काम पारदर्शी हुनु पर्नै भन्दै नियमनका लागि पालिकाले पनि लागि पर्ने धारणा राख्नु भयो । 

सो अवसरमा  जिल्ला सहकारी सङ्घका अध्यक्ष हिमाल ढुङ्गेलले कतिपय सकारीकर्मिहरुको व्यवहारका कारण  पछिल्लो समयमा सहकारी र तिनको नेतृत्वप्रति सर्व साधारणले कुरा उठाउने गरेको भन्दै नेतृत्वलाई ईमान्दार पूर्वक काम गर्न पनि आग्रह गर्नु भयो । 

अर्का अतिथि जिल्ला बचत तथा ऋण सहकारी संस्थाका जिल्ला अध्यक्ष जेएन दाहालले सञ्चालक र ऋणी शेयर सदस्य ईमान्दार भए संस्थामा समस्या नआउने भन्दै त्यस तर्फ दुवै पक्षलाई सजग भएर काम गर्न पनि आग्रह गर्नु भयो ।  

संस्थाका अध्यक्ष दिलीप भण्डारीको अध्यक्षतामा भएको उक्त साधारण सभामा  ज्येष्ठ शेयर सदस्य, असल बचतकर्ता,वाल बचतकर्ता र उत्कृष्ट काम गर्ने कर्मचारी समेतलाई प्रमुख अतिथि खड्काको हातबाट नगद र सम्मान पत्र प्रदान गरिएको थियो । 

कार्यक्रमका अवसरमा नेपाल पत्रकार महासङ्घका जिल्ला अध्यक्ष बद्री नयाँघरे,जिल्ला बचत तथा ऋण सहकारी संस्थाका उपाध्यक्ष नवीन केसी,नेफस्कुन फिल्ड कार्यालय रामेछापका प्रमुख सूर्य थापा लगायतका वक्ताहरूले पनि बेताली साकोसको  पुरानो ईतिहाँसलाई जीवन्त बनाई राख्नका लागि सञ्चालकहरूलाई ईमान्दारीता  र  मेहनत पूर्वक लाग्न पनि आग्रह गरेका थिए  । 

Share28Tweet17Share5

Related Posts

रामेछाप जिल्ला अदालतको प्रगति शत प्रतिशत नजिक
देश

रामेछाप जिल्ला अदालतको प्रगति शत प्रतिशत नजिक

२९ आश्विन २०८०, सोमबार
चिसापनिमा  योग साधना केन्द्र सँचालन पछि स्थानियहरु उत्साहित
समाचार

चिसापनिमा योग साधना केन्द्र सँचालन पछि स्थानियहरु उत्साहित

२९ आश्विन २०८०, सोमबार
मन्थली नगर पूर्ण खोप सुनिश्चितता दीगोपाना पालिका घोषणा
समाचार

मन्थली नगर पूर्ण खोप सुनिश्चितता दीगोपाना पालिका घोषणा

२९ आश्विन २०८०, सोमबार
रामेछापका पत्रकारहरू आन्दाेलित
समाचार

रामेछापका पत्रकारहरू आन्दाेलित

२९ आश्विन २०८०, सोमबार
ब्रम्हाकुमारी राजयोग मन्थली द्वारा सर्बोच्च शिखर सगरमाथाको आरोहण गर्ने रामेछापका युवालाई सम्मान
समाचार

ब्रम्हाकुमारी राजयोग मन्थली द्वारा सर्बोच्च शिखर सगरमाथाको आरोहण गर्ने रामेछापका युवालाई सम्मान

२९ आश्विन २०८०, सोमबार
रामेछापका पत्रकारहरूद्वारा जिल्ला प्रशासन कार्यालयमा धर्ना
समाचार

रामेछापका पत्रकारहरूद्वारा जिल्ला प्रशासन कार्यालयमा धर्ना

२९ आश्विन २०८०, सोमबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.