Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

पाँच दिन देखि क्षतिपूर्तिमा कुरा नमिल्दा नउठेको शव उठाउने सहमति

नेपाल अभियान नेपाल अभियान
१९ कार्तिक २०८०, आईतवार
in समाचार, समाज
0
42
SHARES
Share on FacebookShare on Twitter


मन्थली, १९ कार्तिक । लिखु जलविद्युत आयोजनामा कामको सिलसिलामा बुधबार मृत्यु भएका कामदार कैलाश कार्कीको ५ दिन देखि नउठेको शव उठाउने सहमति भएको छ ।
५ दिन देखि उनका आफन्तजनले उचित क्षतिपूर्ति दिनुपर्ने मागसहित लिखु जलविद्युत आयोजनाको कार्यालय किन्जामा धर्ना दिएका थिए ।
प्रहरीले जिल्लामा बार्ता गर्ने भनि शव मुचुल्का गरी शव मन्थली ल्याएपछि वसेको सर्बपक्षिय छलफमा क्षतिपुर्ति वापद रु २० लाख दिने सहमति भएपछि आफन्तले शव बुझन्े भएका हुन ।
जिल्ला प्रशासन कार्यालय रामेछपामा आइतवार दिउसो बसेको सर्बपक्षिय बैठकले क्षतिपुर्ति वापद हाइडो पावरले २० लाख रकम दिने सहमति भएको प्रमुख जिल्ला अधिकारी अनिता निरौलले बताउनुभयो ।
रामेछाप र सोलुको सिमा नदी लिखुमा निर्माणाधिन लिखु–१ जलविद्युत आयोजनामा कार्यरत रामेछापको गोकुलगंगा १ चुचुरेका कैलाश कार्कीको बुधबार निर्माण स्थल गुम्देलको टाङ्दिङ्मा काम गर्दै गरेको अवस्थामा कान्लाबाट खसेर मृत्यु भएको थियो । उनी आयोजनामा मिस्त्री पदमा कार्यरत थिए ।
आयोजनामा ४ महिना देखि कार्यरत कार्कीको घटनास्थलमानै मृत्यु भएपनि आयोजनाले उनलाई घाईते भनेर एम्बुलेन्समा हालेर मन्थली तर्फ लैजादै थियो । मृत्यु भइसकेको व्यक्तिलाई घाईते भनेर लादै गरेको सूचना पाएपछि उनका आफन्तजनले रामेछापको गुम्देलमा पर्ने कोर्याममा शव राखिएको कार्कीको शव ५ दिन देखि सोहि स्थानमा थियो ।
कार्कीका आफन्त संतोष कार्कीका अनुसार मृत्यु भएका व्यक्तिका परिवारजनले उचित क्षतिपूर्ति माग गरेको तर आयोजनाले हाल सम्म त्यस बारेमा चासो नदिएकोले मृतकको शव नबुझेको बताएका हुन् । शव एम्बुलेन्समा नै थियो, हामीले बुझेका थिएनछैनौं, प्रहरीले जिल्लामै गएर बार्ता गरौ भनेर शवको मुचुल्का गरी ल्याएपछि हामी पनि सँगै आयौ र प्रशासनमा भएको छलफलमा २० लाखमा सहमति गरेर शब बुझ्ने तयारी गरेका हौ । कार्कीले भन्नुभयो – आयोजनाले सामान्य मानवियता समेत प्रदर्शन गरिरहेको थिएन, आयोजनाले कामको सिलसिलामा घाइते भएका कार्कीलाई उपचार गराउनका लागि लैजाँदै गरेको तर बाटोमा नै मृत्यु भएको दाबी गरेको थियो तर उहाको घटनास्थमै मृत्यु भइसको थियो ।

जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायव उपरिक्षक होमबहादुर पराजुलीले घटनास्थलमा बिहीबार नै प्रहरी निरीक्षक रञ्जन गिरीको नेतृत्वमा प्रहरी पठाइएको र दुवै पक्षलाई आबश्यक समन्वय गरी मुचुल्का तयार पारेर शव सदरमुकाम ल्याइएको बताउनुभयो । उहाले मृतकका आफन्तजन र आयोजनाका बिचमा विभिन्न चरणमा कुरा भएको भएपनि सहमतिमा पुग्न नसकेका कारण बिवाद अझ लम्बिने संम्भावना देखेर जिल्ला सदरमुकाम ल्याई वार्ता पश्चात सहमति गराइएको बताउनुभयो ।

लिखु जलविद्युत आयोजनाले यसअघि पनि कामको सिलसिलामा मृत्यु भएका कामदारलाई उचित क्षतिपूर्ति नदिएको गुनासो प्रभावित क्षेत्रका बासिन्दाले गर्दै आएका छन । २८ दिने सुत्केरी आफ्नो श्रीमानको मृत्यु आयोजनाको लापरवाहीका कारण भएको भन्दै ड्नडवजात शिसुसहित आयोजना कार्यालयमा धर्नामा बस्दा पनि आयोजना संवेदनसिल नभएको गुनासो उनिहरुले गरेका थिए । उत्त स्थानमा ७७ मेघावाट क्षमताको लिखु १ जलविद्युत आयोजना एमभि दुगर्ड समूहको लगानीमा निर्माणाधिन अवस्थामा छ ।

Share17Tweet11Share3

Related Posts

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी
समाचार

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी

१९ कार्तिक २०८०, आईतवार
चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ
समाचार

चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ

१९ कार्तिक २०८०, आईतवार
मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते
प्रहरी-प्रशासन

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते

१९ कार्तिक २०८०, आईतवार
ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

१९ कार्तिक २०८०, आईतवार
नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

१९ कार्तिक २०८०, आईतवार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

१९ कार्तिक २०८०, आईतवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero