रामेछाप । जिल्ला बजार अनुगमन टोलीले तिहारमा मन्थलीको बजारमा चिनी पर्याप्त रहेको जनाएको छ । टोलीले बिहीबार मन्थली बजारका २२ वटा खाद्यान्न तथा किराना पसलहरूको आकस्मिक रूपमा छड्के अनुगमन गरेपछि लिएको तथ्यका आधारमा उक्त बजारमा चिनी पर्याप्त रहेको निष्कर्ष निकालेको हो । अनुगमनका क्रममा बजारमा ५० केजी का २ सय बोरा चिनी स्टक रहेको र चीनीको खुद्रा मूल्य प्रति केजी १ सय२५ देखि १ सय ३० रुपैयाँ मात्र पर्ने भएकोले सोही मूल्यमा खरिद गर्न पनि आग्रह गरिएको छ ।
सदस्य सचिव घरेलु तथा साना उद्योग कार्यालय रामेछापले दिएको जानकारी अनुसार – तिहारको मुखमा बजारमा चीनी लगायत अन्य उपभोग्य सामाग्रीको अभाव र कालो बजारी हुन सक्ने कुरालाई मध्य नजर गरी समितिले बजार अनुगमन गरी तथ्य सङ्कलन गरी सर्व साधारणका लागि उक्त सूचना सार्वजनिक गरेको हो ।

जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा रामेछाप उद्योग वाणिज्य सङ्घ सहित खटिएको अनुगमन टोलीले चिनी लगायत कुनै पनि उपभोग्य सामाग्री बजारमा पर्याप्त रहेकोले निर्धक्क भएर सामान खरिद गर्न र उक्त मूल्यमा तल वितल भए प्रशासन कार्यालय या प्रहरीलाई खबर गर्न पनि आम उपभोक्ताहरूलाई आग्रह गरेको छ । त्यसैगरि अनुगमन अनुगमन समितिले बजारमा र सोही अनुसार निर्धक्क चिनी खरिद गर्न पनि आग्रह गरेको छ ।











यो बारेमा तपाईको प्रतिकृया