Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

मन्थलीले सुरु गर्‍यो  लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान

नेपाल अभियान नेपाल अभियान
१० मंसिर २०८०, आईतवार
in देश, प्रदेश नं ३, समाचार
0
26
SHARES
Share on FacebookShare on Twitter

रामेछाप ९ मङ्सिर । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान मन्थली नगर पालिकाबाट सुरु गरिएको छ । नोभेम्बर २५ देखि डिसेम्बर बाट आरम्भ भई डिसेम्बर १० सम्म सञ्चालन गरिने उक्त अभियानको आरम्भ जिल्ला समन्वय समिति रामेछापकी प्रमुख चीना कार्कीले मन्थलीको देवकोटा चोकमा  दीप प्रज्वलन गरी आरम्भ गर्नु भएको थियो । 

 मन्थली नगरपालिकाको आयोजना र  नगर प्रमुख लव श्रेष्ठको अध्यक्षतामा भएको उक्त दीप प्रज्वलन कार्यक्रममा प्रमुख जिल्ला अधिकारी अनिता निरौला समेतले १६ दिने अभियानका महत्त्व र उद्देश्य माथि प्रकाश पार्नु भएको थियो । सो अवसरमा उहाँहरूले लैङ्गिक हिंसाका कारण समाजमा अहिले पनि पर्याप्त मात्रमा कुरीति हुँदै आएकोमा त्यसको समूल नष्टको लागि पनि अभियान सार्थक हुने धारणा राख्नु भएको थियो ।   सामूहिक रूपमा दीप प्रज्वलन गरेर १६ दिने लैङ्गिक हिंसा विरुद्ध सुरु गरेको उक्त कार्यक्रममा जिल्ला स्थिति विभिन्न राजनीति दल,सञ्चारकर्मी र नागरिकहरूले पनि सामूहिक रूपमा दीप प्रज्वलन गरी  दिवसको आरम्भ गरेका थिए । उक्त अभियान अन्तर्गत नगरले नगरपालिका भित्रका विभिन्न वडामा पुगेर लैङ्गिक हिंसाका कारण र निदानको प्रयासका बारेमा सचेतना लगायतका विभिन्न कार्य तालीका सहितको कार्यक्रम गर्न लागेको  जानकारी मन्थली नगरपालिकाले गराएको छ ।

दीप प्रज्वलन कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला समन्वय समितिकी प्रमुख  खड्का (कार्की) ले नगरपालिकाले विगतदेखि नै दिवस मनाउँदै आएको स्मरण गर्दै यो वर्ष पनि दिवस मनाउने अभियान प्रारम्भ प्रशंसनीय तरिकाले सुरु गरेको बताइन् । उनले यो अभियानको कार्यक्रम सकेपछि त्यसको समीक्षा गर्नु पर्नेमा जोड् दिइन् । उनले लैङ्गिक हिंसा विरुद्ध जुनसुकै जटिल विषय पनि बाहिर ल्याउन सक्नु पर्छ भनिन् । साथै उनले हिंसा विरुद्ध सबैले आवाज उठाउनु पर्नेमा सचेत गराइन् । उनले म, हिंसा गर्दिन र हिंसामा पर्दिन भन्ने मन्त्रलाई समेत सधैँ मनन गरेर सोच र आचरण विकास गरेमा लैङ्गिक हिंसा न्यूनीकरण हुने धारणा राखिन् ।

Share10Tweet7Share2

Related Posts

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते
प्रहरी-प्रशासन

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते

१० मंसिर २०८०, आईतवार
ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

१० मंसिर २०८०, आईतवार
नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

१० मंसिर २०८०, आईतवार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

१० मंसिर २०८०, आईतवार
मन्थलीमा लाखे नाँचसुरू
समाचार

मन्थलीमा लाखे नाँचसुरू

१० मंसिर २०८०, आईतवार
रसुवाको बाढीमा परी रामेछापका बेपत्ता हुनेको संख्या ३२ मध्ये १ जना सम्पर्कमा ३१ जनाको अबस्था अझै अज्ञात
समाचार

रसुवाको बाढीमा परी रामेछापका बेपत्ता हुनेको संख्या ३२ मध्ये १ जना सम्पर्कमा ३१ जनाको अबस्था अझै अज्ञात

१० मंसिर २०८०, आईतवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero