रामेछाप ९ मङ्सिर । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान मन्थली नगर पालिकाबाट सुरु गरिएको छ । नोभेम्बर २५ देखि डिसेम्बर बाट आरम्भ भई डिसेम्बर १० सम्म सञ्चालन गरिने उक्त अभियानको आरम्भ जिल्ला समन्वय समिति रामेछापकी प्रमुख चीना कार्कीले मन्थलीको देवकोटा चोकमा दीप प्रज्वलन गरी आरम्भ गर्नु भएको थियो ।
मन्थली नगरपालिकाको आयोजना र नगर प्रमुख लव श्रेष्ठको अध्यक्षतामा भएको उक्त दीप प्रज्वलन कार्यक्रममा प्रमुख जिल्ला अधिकारी अनिता निरौला समेतले १६ दिने अभियानका महत्त्व र उद्देश्य माथि प्रकाश पार्नु भएको थियो । सो अवसरमा उहाँहरूले लैङ्गिक हिंसाका कारण समाजमा अहिले पनि पर्याप्त मात्रमा कुरीति हुँदै आएकोमा त्यसको समूल नष्टको लागि पनि अभियान सार्थक हुने धारणा राख्नु भएको थियो । सामूहिक रूपमा दीप प्रज्वलन गरेर १६ दिने लैङ्गिक हिंसा विरुद्ध सुरु गरेको उक्त कार्यक्रममा जिल्ला स्थिति विभिन्न राजनीति दल,सञ्चारकर्मी र नागरिकहरूले पनि सामूहिक रूपमा दीप प्रज्वलन गरी दिवसको आरम्भ गरेका थिए । उक्त अभियान अन्तर्गत नगरले नगरपालिका भित्रका विभिन्न वडामा पुगेर लैङ्गिक हिंसाका कारण र निदानको प्रयासका बारेमा सचेतना लगायतका विभिन्न कार्य तालीका सहितको कार्यक्रम गर्न लागेको जानकारी मन्थली नगरपालिकाले गराएको छ ।
दीप प्रज्वलन कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला समन्वय समितिकी प्रमुख खड्का (कार्की) ले नगरपालिकाले विगतदेखि नै दिवस मनाउँदै आएको स्मरण गर्दै यो वर्ष पनि दिवस मनाउने अभियान प्रारम्भ प्रशंसनीय तरिकाले सुरु गरेको बताइन् । उनले यो अभियानको कार्यक्रम सकेपछि त्यसको समीक्षा गर्नु पर्नेमा जोड् दिइन् । उनले लैङ्गिक हिंसा विरुद्ध जुनसुकै जटिल विषय पनि बाहिर ल्याउन सक्नु पर्छ भनिन् । साथै उनले हिंसा विरुद्ध सबैले आवाज उठाउनु पर्नेमा सचेत गराइन् । उनले म, हिंसा गर्दिन र हिंसामा पर्दिन भन्ने मन्त्रलाई समेत सधैँ मनन गरेर सोच र आचरण विकास गरेमा लैङ्गिक हिंसा न्यूनीकरण हुने धारणा राखिन् ।











यो बारेमा तपाईको प्रतिकृया