मन्थली,१५ मंसिर । मन्थली नगरपालिकाले आफ्नो दशौं स्थानपना दिवसको अवसर पारेर वजार सरसफाई कार्यक्रमको आयोजना गरेको छ ।

नगर कार्यपालिकाका जनप्रतिनिधि, कर्मचारी,गैससकर्मी, उद्योग बाणिज्य संघका पदाधिकारीहरु , सञ्चारकर्मी, सुरक्षाकर्मी लगाएतको टोलीले मन्थली स्थित भैसेश्वर चोक वाट सुरु गरेको बजार सरसफाई मदन आश्रित चोक, विपि चोक, देवकोटा चोक हुँदै मन्थली बजारका विभिन्न भागहरु सहित नगरपालिकाको कार्यालय परिसरको समेत सरसफाई गरि टुंगिएको थियो ।
यहि मंसिर १६ गते पर्ने मन्थली नगरपालिकाको स्थापना दिवस बजार सरसफाई सहित बिबिध कार्यक्रमका साथ मनाउने तयारी भैरहेको नगर प्रमुख लव श्रेष्ठले नेपाल अभियानलाई जानकारी दिनुभयो ।












यो बारेमा तपाईको प्रतिकृया