मन्थली,२ पुष । सुरक्षित बैदेशिक रोजगारीका लागि पत्रकाहरुको भुमिका बिषयक अन्तरकृया कार्यक्रम मन्थलीमा सम्पन्न भएको छ ।
मन्थली नगारपालिकाको अयोजनामा सम्पन्न उक्त कार्यक्रममा हेल्भेटासका भोज बहादुर सुनुावार, मन्थली नगरपालिका सामी कार्यक्रमका अधिकृत दिपक केशी ,पत्रकार महासंघ रामेछापका अध्यक्ष बद्री नयाँघरेले सामी परियोजना र सुरक्षित बैदेशिक रोजगारीको अबस्थाका वारेमा जानकारी गराउनु भएको थियो ।
कार्यक्रममा बोल्दै कार्यक्रमकी अध्यक्ष एबं मन्थली नगरपालिकाका उप प्रमुख इश्वरी बस्नेतले पत्रकारहरुले सामीले गरेका काम मात्र हैन समग्र नगरले गरेका राम्रा कामहरुको पनि समाचार लेख्नु पर्ने बताउनुभयो । उहाले भन्नुभयो सामी कार्यक्रम प्रभावकारी भएकाले नगर वाट बजेट विनियोजन गरिरहेका छौ र आगामी वर्षहरुमा पनि यसलाई निरन्तरता दिने योजना रहेको छ ।
सो अबसरमा बोल्दै पत्रकार महासंघ बागमती प्रदेशका कोषाध्यक्ष रमेश ढुंगेलले सामी कार्यक्रम यस अघि देखिनै आफुले नियाली रहेकोले यो धेरै प्रभावकारी कार्यक्रम भएको हुँदा यस्ता कार्यक्रमहरुलाइ निरन्तरता दिनुपर्ने वताउनुभयो ।
कार्यक्रमा अबसमार यो कार्यक्रम लागु भएका पालिकाहरुमा सूचना र न्यायमा पहँुच, सीप विकास तालिम, मनोसामाजिक परामर्श, र बित्तिय साक्षरताका कार्यक्रकमहरु गरिने वताइएको थियो । सो अवसरमा रामेछाप जिल्ला बाट मात्र गत आ ब मा ७ हजार ५ सय ६२ जना मानिसहरु बैदेशिक रोजगारीमा गएको जनाकारी गराइएको थियो । अन्तराष्ट्रिय आप्रवासी श्रमिक दिवसको अबसरमा सोमवार साँझ देवकोटा चोकमा दिप प्रज्वलन समेत गरिएको थियो ।












यो बारेमा तपाईको प्रतिकृया