Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

डुकुरसिंङ डाँडामा शान्ति योगाश्रम भवनको शिलान्यास

नेपाल अभियान नेपाल अभियान
४ पुष २०८०, बुधबार
in प्रदेश नं ३, समाचार, समाज
0
31
SHARES
Share on FacebookShare on Twitter


मन्थली,४ पुष । रामेछाप जिल्लाको रामेछाप नगरपालिका वडा नं ८ वावियाखर्क स्थित डुकुरसिंह डाँडामा जिल्लाकै ठुलो शान्ति योगाश्रम भवनको बुधवार एक कार्यक्रमका साथ सिलान्यास गरिएको छ ।


भारतीय राजदूतावासको ४ करोड ४५ लाख १३ हजार ३ सय १२ रुपैयाँ (८० प्रतिशत) र रामेछाप नगरपालिकाको थप २० प्रतिशत गरी उक्त भवन बन्न निर्माण हुने गरी शिलान्यास गरिएको हो ।
संघिय सांसद पूर्ण बहादुर तामाङ (कान्छाराम), बागमती प्रदेशका सांसद तारानारयण श्रेष्ठ डुकुर सिंङ डाँडाँरामेछाप नगरपालिकाका प्रमुख लबश्री न्यौपाने र भारतीय राजदूतावासका द्वितिय सचिव प्रशान्त कुमार सोनाले संयुक्त रुपमा भवनको शिलान्यास गर्नुभएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका सांसद पूर्ण बहादुर तामाङ्ग (कान्छाराम) ले जिल्लाको पर्यटन प्रबर्दनसँग जोडिएको डुकुरसिंह डाँडामा योगाश्रम बन्नु खुशीको कुरा भएको बताउनुभयो । शान्त र आनन्दित यो क्षेत्रमा योगाश्रम बनेपछि नेपालका मात्रै नभएर भारतका पनि धेरै मानिसहरु योगा गर्न आउने वातावरण बनाउनुपर्ने बताउनुभयो कार्यक्रममा अबसरमा बोदै सांसद तामाङले जिल्लाको दुर्गम बस्तीमा पनि यस्ता खालका रचनात्मक र भौतिक पुर्वाधार निर्माणका काममा सहयोग गर्न आग्रह गर्नुभयो ।
कार्यक्रमका अबसरमा बोल्दै प्रदेश सांसद तारानारायण श्रेष्ठले भारत सरकारको लगानीमा निर्माण हुन लागेको शान्ति योगाश्रम भवन नगरको गौरव भएको ले यस्ता खालका कृयाकलापहरुलाई जिल्लाका अन्य पालिकाहरुमा पनि विस्तार गर्नुपर्ने बताउनुभयो ।
रामेछाप नगरपालिकाका प्रमुख एबं कार्यक्रमका अध्यक्ष समेत रहनुभएका लबश्री न्यौपानेले पर्यटन क्षेत्रको उच्च संम्भावना बोकेको डुकुरसिंह डाँडामा भारतीय राजदूतावासले लगानी गरेको प्रति मुक्त कण्ठले प्रसंसा गर्दै भारत र नेपाल विचको रोटी र बेटीको सम्बन्ध भएको हुनाले नगरको अन्य विकासका काममा पनि सहयोग कालागि भारत सरकारले थप सहयोग गर्न आग्रह गर्नुभयो ।
सो कार्यक्रममा बोल्दै भारतिय राजदूतावासका द्वितीय सचिव प्रशान्त कुमार सोनाले भारत सरकारले नेपालको भौतिक विकास सँगै,सास्कृतिक विकासलाई पनि उत्तिकै महत्व दिदै आएको भन्दै आगामी दिनमा पनि यस्ता खाले कामका लागि भारत सरकारले सहयोग गरिरहने प्रतिबद्धता ब्यक्त गर्नुभयो । यसैविच कार्यक्रम पछि सोनाले स्थानीय शारदा संस्कृत माध्यामिक बिद्यालयको अवलोकन समेत गर्नु भएको थियो । सो क्रममा उहाले विद्यालयलाई पुस्तकालय र गुरुकुल सञ्चालनका लागि आबश्यक सहयोगका लागि पहल गर्ने वताउनुभयो ।
मलागिरी विकास केन्द्रका अध्यक्ष एबं समाजसेवी हिरण्य प्रसाद पौडेलको अगुवाइमा उक्त दुईतले अत्याधुनिक भवन निर्माण हुन लागेको हो । उक्त भवन निर्माणको जिम्मा एस रामेछाप कन्स्ट्रक्सन प्रालिले पाएको छ ।

Share12Tweet8Share2

Related Posts

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी
समाचार

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी

४ पुष २०८०, बुधबार
चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ
समाचार

चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ

४ पुष २०८०, बुधबार
मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते
प्रहरी-प्रशासन

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते

४ पुष २०८०, बुधबार
ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

४ पुष २०८०, बुधबार
नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

४ पुष २०८०, बुधबार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

४ पुष २०८०, बुधबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero