Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

नैतिकताको झण्डा उंचो पार्ने ब्रह्माकुमारी राजयोग केन्द्रको अभियान

नेपाल अभियान नेपाल अभियान
८ भाद्र २०७६, आईतवार
in समाचार, समाज
0
247
SHARES
Share on FacebookShare on Twitter

८ भदौ, २०७६

रामेछाप जिल्लाका सबै स्थानीय निकायका विद्यालयलाई लक्षित गरी ब्रह्माकुमारी राजयोग सेवा केन्द्र, रामेछापले कक्षा ६ देखि ८ सम्मका बिद्यार्थी हरुको लागि नैतिक मूल्यमा आधारित शिक्षा “टच द लाइट” कार्यक्रम संचालन गर्ने भएको छ । केन्द्रले आइतबार सदरमुकाम मन्थलीमा रहेको मन्थली माध्यमिक विद्यालयमा कार्यक्रम आरम्भ गरी उक्त सन्देश प्रवाह गरेको हो ।

पछिल्लो समयमा बिद्यालयमा पढ्ने वालवालिकाहरुमा नैतिक मूल्य मान्यता, अनुशासन एवं संस्कारमा हस आएको भन्दै त्यसको न्यूनीकरणको लागि केन्द्रले जिल्लाका सरोकारवालाहरुको उपस्थितिमा उक्त कार्यक्रम आरम्भ भएको जानकारी गराएको छ । जिल्लामा रहेका आठ वटै स्थानीय निकायका विद्यालयहरुलाई लक्षित गरी आरम्भ गरिएको उक्त कार्यक्रम पहिलो चरणमा मन्थलीको मन्थली मा.वि., तामाकोशी अंग्रेजी बोर्डिङ स्कूल, रामेछाप नगरपालिका भीमेश्वर आधारभूत विद्यालय र खाँडादेवी गाउँ पालिकाको प्रयागेश्वर माध्यमिक विद्यालयमा संचालन गरिने जानकारी सो अवसरमा गराईएको थियो ।

केन्द्रले संचालन गर्न लागेको कार्यक्रममा चालु शैक्षिक शत्रमा कक्षा ६ बाट प्रारम्भ गरी क्रमशः सोही बिद्यार्थीहरुलाई कक्षा ८ सम्म हप्तामा एक घण्टी मात्र पढाइने र उक्त प्रयोजनको लागि सेवा केन्द्रबाट तालिम प्राप्त ब्रह्माकुमार र ब्रह्माकुमारी परिचालन गर्ने जनाइएको छ ।
नेपाल सरकारले विद्यालयको कोर्समा नैतिक शिक्षालाई कम प्राथमिकता दिदा बिद्यार्थीहरुमा नैतिक आचरण र अनुशासनमा कमी आइरहेको बेला केन्द्रले पहिलो पटक विद्यालय लक्षित उक्त कार्यक्रम संचालन गर्न लागेको जानकारी कार्यक्रमका अवसरमा ब्रह्माकुमार भरतकुमार श्रेष्ठले जानकारी गराउनु भयो । उहाँका अनुसार बिद्यालयमा मात्र नभएर घर, परिवार, समाज र राजनीतिमा समेत नैतिकताको खडेरी बढ्दै गएको महसुस गरी विद्यालय स्तरबाटै यस किसिमको कार्यक्रम संचालन गर्न लागिएको हो ।

जिल्ला स्तरीय उद्घाटन कार्यक्रम मन्थली नगर पालिकाका नगर प्रमुख रमेशकुमार बस्नेतले दिप प्रज्ज्वलन गरी मन्थलीवाट अभियान आरम्भ भएको घोषणा गर्नु भएको थियो । सो अवसरमा प्रमुख वस्नेतले विद्यालय र समाजमा बढ्दो तडक भडक र अशिक्षाका कारण त्यसको प्रत्यक्ष असर परिरहेको बेलामा राजयोग सेवा केन्द्रले गर्न लागेको कार्यक्रमको खुलेर प्रशंसा गर्नु भएको थियो । वहाँले यस खालको कार्यत्रलमले बालबालिकाहरुमा नैतिक मूल्य मान्यताका विकास हुनुका साथै यसबाट समृद्ध नेपाल निर्माणमा समेत सहयोग पुग्ने धारणा ब्यक्त गर्नुभयो ।

कार्यक्रममा ब्रह्माकुमार नवराज भण्डारीले आजको भौतिकताको चरमोत्कर्षमा विकास अगडि बढिरहेको सन्दर्भमा मानवमा दिनानुदिन नैराश्यता बढिरहेको अवस्थालाई मध्यनजर गरी मानवमा सकारात्मक जीवनशैली, आध्यात्मिक उन्नति एवं नैतिक रुपमा जागृत गर्न आवश्यक रहेको कुरामा जोड दिनु भयो । सो अवसरमा मन्थली माध्यमिक विद्यालयका प्रधानाध्यापक टंकप्रसाद दाहालले बिगत दुई बर्षदेखि विद्यार्थीहरुमा नियमित रुपमा राजयोग ध्यानको अभ्यास गराइरहेको र त्यसबाट आम बिद्यार्थी र शिक्षकहरुमा समेत सकारात्मक परिवर्तन आएको भन्दै केन्द्रलाई यस खालको कक्षा नियमित रुपमा संचालन गरिदिन आग्रह गर्नु भयो ।

ब्रह्माकुमारी सीता दिदीले अध्यक्षता गर्नु भएको सो कार्यक्रममा मन्थली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हेमन्त बुढाथोकी, शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख भरत भट्टराई, बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष जगदीश प्रसाद सुवेदी, अभिभावक शिक्षक संघका अध्यक्ष बीरेन्द्र श्रेष्ठ, नेपाल पत्रकार महासंघका ३ नं. प्रदेशका सदस्य बद्री नयाँघरे, ब्रह्माकुमारी विष्णु, लगायत कक्षा ६ मा अध्ययनरत चार वटा सेक्सनका गरी १४४ जना बिद्यार्थीहरुको सहभागिता रहेको थियो ।

Share204Tweet18Share5

Related Posts

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी
समाचार

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी

८ भाद्र २०७६, आईतवार
चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ
समाचार

चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ

८ भाद्र २०७६, आईतवार
मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते
प्रहरी-प्रशासन

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते

८ भाद्र २०७६, आईतवार
ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

८ भाद्र २०७६, आईतवार
नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

८ भाद्र २०७६, आईतवार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

८ भाद्र २०७६, आईतवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero