
रामेछाप (सुनापति) १९ पुष । प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले वर्तमान गठबन्धनको सरकार पुरै अबधि रहने कुरामा कुनै आसंका नगर्न सबैलाई अनुरोध गर्नुभयो । यो सानो दुख र संघर्षले गठबन्धन नवनेकोले पुरै समय जाने कुरालाई जोड दिनुभयो ।
सो कुरा उहाले रामेछापको सुनापाति गाँउपालिकाको नव निर्मित भवनको उद्घाटन गर्ने क्रमममा बताउनुभएको हो ।
उहाले नेपाल र भारत विचको बिद्युत खरिद बिक्रि प्रकृया आजै देदि टुंगिएको भन्दै वंगलादेश सरकारसँग पनि विद्युत ब्यापारका लागि ढोका खुल्ला भएको पनि बताउनुभयो ।
उहाले भन्नुभयो – “यतिबेला केहि अराजक ब्यक्तिहरुले संघिय गणतन्त्र माथि प्रश्न उठाउने दुस्साहस गरेका छन तर त्यसले केहि फरक पर्दैन ।
उहाले मिटर ब्याजी पिडितहरुलाई सम्बोधन गर्न पनि कानून निर्माण भैसकेको,शिक्षा स्वास्थ्य र खानेपानीको क्षेत्रमा धेरै काम यो सरकारले १ बर्षको अबधिमा गरेको पनि वताउनुभयो ।
प्रतिक्षि दलका नेतालाई बिभिन्न ३ वटा उपसमितिको संयोजक को जिम्मेवारी दिएर उनीहरु सँगको सहकार्य पनि राम्राे गर्ने कोशिस गरिएको बताउनुभयो ।
संबिधान वनाउदा नै तीन तहहको सरकारको परिकल्पना गरे अनुरुपम गाँउ गाँउमै सिंहदरवारको अनुभुत गराउने योजना अनुसार काम भएकोले अहिले गाँउ गाँउमा ंिसहदरबारका जस्ता पालिका र वडाका भवन निर्माण भैरहेको वताउनुभयो ।
उहाले प्रभावकारी सेवा दिने चूनौती स्थानीय जनप्रतिधिहरुको काधमा रहेको भन्दै शिक्षा, स्वास्थ्य, र रोजगारीको पहल गर्यो भने मात्र पालिका र वडाका सुबिधा सम्पन्न भवनहरुको औचित्य रहने बताउनुभयो । रामेछाप सँग ऐतिहासिक विरासत जोडिएकोले भारत सरकारवाट प्राप्त हुने विभिन्न परियोजनाहरु मध्ये कुनै न कुनै कार्यक्रम रामेछापमा पर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।
गाँउपालिकाका अध्यक्ष ठुलो कान्छा तामाङको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमका अवसरमा बोल्दै संघिय सांसाद पुर्ण बहादुर तामाङ कान्छारामले जनयुद्धका क्रममा २०६० साल साउन ३२ गते २१ जना ब्यक्तिहले शाहदत प्राप्त गरी शहिद भुमी बनेको दोरम्बा शैलुङ गाँउपालिकालाई पर्यटकिय गन्तब्यस्थल बनाउनका लागि गाल्वा देखि अग्लेश्वर हुँदै दोरम्बा बजारवाट सहिद पार्क सम्म जाने १२ किमी कच्ची सडकलाई दोरम्बा शैलुङ सहिद मार्ग नामाकरण गर्न बजेट बिनियोजन गर्न माग गर्नुभयो ।
उहाले जनयुद्धका क्रममा पहिलो पटक २०५२ सालमा सरकारी पक्ष र माओवादी पक्ष दुवै तर्फका मानिसहरुले पनि ज्यानको आहुति दिएका कारण पनि रामेछाप अझ थप ऐतिहासिक जिल्ला भएकोले यस जिल्लाको बिकासका लागि बढि बजेट बिनियोजन गरिदिन पनि आग्रह गर्नुभयो ।
प्रदेश सांसद युवराज चौलागाँई र आनन्द श्रेष्ठले ऐतिहासिक महत्व वोकेको रामेछाप जिल्लाको विकासका लागि बढि सहयोग गरिदिन आग्रह गर्नुभयो ।
सुनपाति गाँउपालिकाकी उपाध्यक्ष गिता बिष्ट चौलागाईले स्वागत मन्तब्यका क्रममा पालिकामा हाल सम्म भए गरेको गतिविधि र अव गर्नुपर्ने कार्यक्रमका वारेमा बोल्नु भएको थियो । १० कोठा र २ वटा सभाहल रहेको ३ ते उक्त भवन ३ करोड २८ लाखको लागतमा निर्माण भएको कार्यक्रमका अबसरमा जानकारी गराइएको थियो ।












यो बारेमा तपाईको प्रतिकृया