Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

निशान साकोसको नाफा २ लाख ३७ हजार

नेपाल अभियान नेपाल अभियान
२८ पुष २०८०, शनिबार
in कारोबार, समाचार, समाज
0
26
SHARES
Share on FacebookShare on Twitter


रामेछाप,२८ पुष । निशान बचत तथा ऋण सहकारी संस्थाले गत आर्थिक वर्षमा २ लाख ३७ हजार ९ सय ९१ रुपैयाँ नाफा कमाएको छ ।
संस्थाको शनिबार रामेछाप वजारमा सम्पन्न ११ औँ वार्षिक साधारण सभाका अवसरमा संस्थाका कोषाध्यक्ष अमित कुमार तामाङले सो कुराको जानकारी गराउनु भएको हो ।

उहाले गत आर्थिक वर्ष सम्मको कुल शेयर पुँजी २३ लाख ७५ हजार,जगेडा तथा अन्य कोषहरु १२ लाख ६७ हजार ५ सय ३०,निक्षेप ३ करोड ३४ लाख १ हजार ४ सय ५०,सदस्यलाई ऋण लगानी ३ करोड २ लाख ५५ हजार ८ सय ८५ नगद १० लाख ६६ हजार ४ सय ५९,बैंक ३२ लाख ४७ हजार ६ सय ३५ रहेकोमा हाल संस्थाको तरलता रकम ९० लाखको हाराहारीमा रहेको कुरा पनि उल्लेख गर्नुभएको थियो ।

संस्थाकी सचिव अपना कुमारी श्रेष्ठले गत आर्थिक वर्षको सांगठनिक प्रतिवेदन प्रस्तुत गर्दै आ ब २०८०÷८१ को निति तथा कार्यक्रम समेत प्रस्तुत गर्नुभएको थियो ।
संस्थाका अध्यक्ष सुमन कुमार श्रेष्ठको अध्यक्षता र रामेछाप नगरपालिकाका प्रबक्ता समीर कार्कीको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त साधारणसभा मा जेष्ठ शेयर सदस्यहरुलाई नगद रु पाच सयका दरले सम्मान गरिएको थियो भने अन्य असल शेयर सदस्यहरुलाई कपसेट दिएर सम्मान गरिएको थियो । सो अवसरमा संस्थाको वारेमा प्रश्नोत्तर गराएर र चिठ्ठा खोलेर विजयी शेयर सदस्यहरुलाई पुरकार वितरण गरिएको थियो ।
कार्यक्रमका अबसरमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि कार्कीले निशान सहकारी नीति र विधिमा चलेको संस्था भएकोले यसको पारदर्शिता र जवाफदेहितामा शंका गर्नु नपर्ने बताउनुभयो । उहाले यस सहकारीका व्यवस्थापक लगाएत अन्य सञ्चालक समितिहरु दक्ष र इमान्दार भएकोले सहकारी संचालन तथा व्यवस्थापनका लागि खासै समस्या नदेखेको बताउनुभयो । उहाले शहकारीका शेयर सदस्यहरुको मर्म र भावना अनुसार सहकारीको नीति र विधिमा रहेर काम गर्न सञ्चालक समितिका पदाधिकारी एबं सदस्यहरुलाई अनुरोध गर्नुभयो ।


कार्यक्रमका अबसरमा रामेछाप नगरपालिका वडा नं–८ का वडाअध्यक्ष सन्तोष तामाङले शेयर सदस्यहरुले लगेको ऋण इमान्दारिता पुर्वक निर्धारित समयावधि भित्र तिरेर सहकारी सञ्चालनका लागि सहयोग गर्न आग्रह गर्नुभयो ।
सो अवसरमा पत्रकार महासंघ बागमती प्रदेशका कोषाध्यक्ष रमेश ढुंगेल, जिल्ला अध्यक्ष बद्रि नयाँघरे, जिल्ला बचत तथा ऋण सहकारी संस्थाका महासचिब शिव राज श्रेष्ठ, नेफ्स्कुन फिल्ड कार्यालय रामेछापका कार्यालय प्रमुख सूर्य बहादुर थापा लगायतले आ–आफ्नो शुभकामना मन्तब्य राख्नुभएको थियो ।
“खुशी,सुखी र समृद्धिको पहिचान,हाम्रो आफ्नै सहकारी निशान” भन्ने मुल नाराका साथ यस सस्थाले रामेछाप नगरपालिकाको वडाहरु ७,८ र ९ लाई आफ्नो कार्य क्षेत्र बनाएर काम गर्दै आइरहेको छ ।

Share10Tweet7Share2

Related Posts

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी
समाचार

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी

२८ पुष २०८०, शनिबार
चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ
समाचार

चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ

२८ पुष २०८०, शनिबार
मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते
प्रहरी-प्रशासन

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते

२८ पुष २०८०, शनिबार
ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

२८ पुष २०८०, शनिबार
नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

२८ पुष २०८०, शनिबार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

२८ पुष २०८०, शनिबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero