मन्थली,२९ पुष । रामेछाप उद्योग वाणिज्य संघले मन्थलीमा आयोजना गरेको बृहत रामेछाप महोत्सव–२०८० को माहोल ह्वात्तै तातेको छ ।

उद्घाटन सत्र समापन भएपछि खासै रौनक दिन नसकेको महोत्सवले २७ गते साझ रमेश राज भट्टराइ ,२८ गते राजन राज शिवाकोटी र २९ गते प्रमोद खरेल जस्ता गाएक सहितको टोलीले मञ्चमा उभिएर गित गाँउन थालेपछि एकाएक मन्थलीमा जारी महोत्वसको माहोल तात्न लागेको हो ।
महोत्सवमा दिनभर मान्छेको उपस्थिति कम देखिएपनि साझ पख भने महोत्सवमा हजारौको भिड लाग्ने गरेको छ । राष्ट्रियस्तरका कलाकारहरुले गित गाउन थालेपछि हेर्ने मात्र हैन गित सँगै नाच्ने दर्शकपनि उत्तिकै देखिन्छ ।
दैनिक रुपमा फरक फरक खालका कलाकारहरु आमन्त्रण गरेको उद्योग बाणिज्य संघले महोत्सव माघ ७ गते सम्म चल्ने बताएको छ सो अन्तर्गत माघ १ गते वहुचर्चित कलाकार रामकुमार नेपाली सहितको टोली महोत्सव मा आउने बताइएको छ ।
विहिवार देखि सुरु भएको उक्त महोत्सवको उद्घाटन वागमती प्रदेशका मुख्य मन्त्री शालिकराम जम्कट्टेलले गर्नु भएको थियो । महोत्सवमा १५० वटा स्टलहरु निर्माण गरिएका छन् भने घरेलु उत्पादन लगाएतका विभिन्न अर्गानिक कृषि उपजहरु समेत प्रदर्शनीमा राखिएका छन् ।













यो बारेमा तपाईको प्रतिकृया