रामेछाप माघ १ । रामेछापको छिमेकी जिल्ला दोलखाको जिरीमा सम्पन्न बागमती प्रदेशस्तरीय ‘हेमन्त स्मृति पुरुष भलिबल प्रतियोगितामा चितवनसँग पराजित हुँदै रामेछापले दोस्रो स्थान प्राप्त गरेको छ ।
गत पुस २६ गतेदेखि दोलखाको जिरी स्थित लिङ्कन बजारमा भएको उक्त प्रतियोगितामा रामेछापलाई पराजित गर्दै चितवनले प्रथम स्थान प्राप्त गरेको हो । प्रतियोगितामा १२ वटा टिमको सहभागिता रहेको थियो । प्रथम स्थान ल्याउने विजेता टिम चितवनले नगद २ लाखसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्न सफल भएको थियो ।
त्यसैगरि प्रतियोगितामा दितिय हुने रामेछाप टिमले नगद १ लाख सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको थियो मा चित्ता बुझाएको छ । रामेछापले दोलखा ‘ए’ र ‘बि’, सिन्धुपाल्चोक र सिन्धुलीलाई पराजित गर्दै फाइनल चरणमा पुगेको भए पनि प्रथम स्थानमा पुग्न भने सकेन ।
त्यस्तै सिन्धुली जिल्लाको टिमले सान्त्वना पुरस्कार पाउन सफल भएको थियो ।
विजेता खेलाडीहरूलाई बागमती प्रदेश आर्थिक मामिला मन्त्री बहादुर सिंह लामाले सिल्ड मेडल प्रमाण पत्र र नगद पुरस्कार वितरण गर्नु भएको थियो । नेपाली काँग्रेस केन्द्रीय सदस्य एवं प्रदेश सांसद कुन्दन काफ्ले नेपाली काँग्रेस क्षेत्रीय समिति दोलखा क्षेत्र नम्बर १ का सभापति शुक्रराज तामाङ समेतको उपस्थितिमा कार्यक्रम भएको थियो ।
रामेछापबाट सहभागी सबै खेलाडीहरूको लागि लाग्ने सम्पूर्ण व्यवस्थापन खर्च भने नेपाली काँग्रेस रामेछाप प्रदेश सभाका सभापति निरोज खड्काले गर्नु भएको थियो । जसका कारण खेलाडीहरूलाई निकै उत्साहित बनाएको थियो । खेलमा वेस्ट खेलाडी रामेछापका माइकल आले र वेस्ट स्पाइक रामेछापकै रोशन मगरले हात पार्नु भएको थियो ।
खेलाडीहरूलाई प्रमुख अतिथि बागमती प्रदेश आर्थिक मामिला मन्त्री बहादुर सिंह लामाले सिल्ड मेडल प्रमाण पत्र र नगद पुरस्कार वितरण गर्नु हुँदै सबै खेलाडीहरूलाई धन्यवाद दिनु भएको थियो ।











यो बारेमा तपाईको प्रतिकृया