
मन्थली, ३ माघ । जीवन विज्ञानका राष्ट्रिय बिज्ञ रमेश नेपालले प्राथामिक तह देखि माध्यामिक तह सम्मको पाठ्यक्रममा योग शिक्षा राख्न सके धेरै मानिसहरु निरोगीहुने वताउनुभएको छ ।
सो कुरा उहाले रामेछापको मन्थलीमा सप्तहब्यापी मनाइएको योग दिवसको समापन कार्यक्रमको अवसरमा बताउनु भएको हो । उहाले योग तथा ध्यानले धेरै आत्महत्याका घट्नाहरु पनि कम हुने बताउनुभयो । कार्यक्रमका अवसमरमा वोल्दै नेपालले अहिले खानपानका कारण धेरै मानिसहरु रोगि हुने गरेकोले खानपान र आहार विहारमा पनि ध्यान दिनुपर्ने कुलाई जोड दिनुभयो ।
प्रमुख जिल्ला अधिकारी एबं योग दिवस मुल समारोह समितिका संयोजक अनिता निरौलाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमका अबसरमा बोल्दै संघिय माननिय पूर्ण बहादुर तामाङले योग ले ३० प्रतिशत रोग नलाग्ने कुरामा आफुलाई विश्वास लागेको बताउनु भयो ।

“गरौं योग रहौ निरोग” भन्न्ो मूल नाराका साथ सप्ताहब्यापी रुपमा मनाइएको उक्त कार्यक्रमका अबसरमा प्रभातफेरी, प्रवचन, रक्तदान म्याराथुन दौड र योग र ध्यान का वारेमा जिल्ला स्तरीय खुल्ला वक्तृत्वकला गरि मनाइएको थियो ।
कार्यक्रमका अवसरमा म्यराथुन प्रतियोगितामा प्रथम द्वितिय र तृतिय हुने क्रमश प्रध्युम्न सापकोटा, गणेश खड्का र बिजय लामा लाई र महिला तर्फ प्रथम हुने मिङ्मा शेर्पा लाई र वक्तृत्वकलामा प्रथम, द्वितिय,तृतिय र सान्त्वना हुने क्रमश रचना थापा, सुस्मिता रोक्का, अन्जना खड्का र निरुता कार्कीलाई पनि पुरस्कृत गरिएको थियो ।












यो बारेमा तपाईको प्रतिकृया