Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

किराना पसलमा सुर्तीको व्यापार !

नेपाल अभियान नेपाल अभियान
२४ भाद्र २०७६, मंगलवार
in समाचार, समाज
0
190
SHARES
Share on FacebookShare on Twitter

२४ भदौ, २०७६

मन्थली- रामेछापको सदरमुकाम मन्थलीका अधिकासं किराना पसलहरुमा अनुमती विना सुर्ती जन्य पदार्थको विक्रि वितरण खुलेआम रुपमा भइरहेको भेटिएको छ । जिल्ला प्रशासन कार्यालय रामेछापले सोमबार गरेको बजार अनुगमनका क्रममा सम्बन्धित निकायबाट इजाजत पत्र नलिई दैनिक रुपमा मानिसले प्रयोग गर्ने खाद्य सामाग्रीसँगै राखेर विक्री वितरण भइरहेको अवस्थामा भेटिएको प्रमुख जिल्ला अधिकारी लिला कुमारी केसी पाण्डेले जानकारी दिनुभयो ।

त्यस्तै किराना पसलहरुमा गरिएको अनुगमनका क्रममा म्याद गुज्रेको पिय पदार्थ, बिस्कुट, विभन्न थरीका जुस लगायतका सामाग्री भेटिएको छन् । दशै नजिकिए सँगै जिल्ला प्रशासन कार्यालय रामेछापले बजार अनुगमनलाई तिब्रता दिइएको छ । व्यवसायिहरुले आफूले व्यवसाय दर्ता गराउँदा उद्देश्यमा उल्लेख भए बमोजिमका सामाग्रीहरु मात्रै बिक्री गर्न पाउने भए पनि त्यसको बेवास्त गर्दै खुलेआम रुपमा त्यसरी विक्री गर्नु राम्रो नभएको प्रमुख जिल्ला अधिकारी लिला कुमारी केसी पाण्डेले बताउनुभयो ।

उहाँले भन्नुभयो–‘ हामीले पटक पटक बजार अनुगमनका क्रममा गल्ती गर्नेलाई कारबाही समेत गरेका छौँ तर उहाँहरुले त्यसको बेवास्त गर्दै त्यस्तै हर्कत दोहो¥याई रहनुभएको छ । व्यवसायिहरु उद्योग बाणिज्य संघसँग बढी नजिक हुने हुँदा उनिहरुलाई त्यस्ता गल्ती दोहो¥याउदा भविष्यमा हुने जोखिमको बारेमा र आफूले व्यापार गर्दा पूरा गर्नु पर्ने मापदण्डको बारेमा पूर्ण रुपमा जानकारी नगराईएको जस्तो देखिन्छ । तसर्थ यसमा उद्योग बाणिज्य संघ, सेवाग्राही लगायत सरोकारवाला निकायहरु बढी जिम्मेवार हुनु पर्छ ।’ साथै प्रजिअ केसी पाण्डेले जिल्ला प्रशासन कार्यालय रामेछापले अहिले सम्म विभिन्न क्षेत्रमा कारबाही भोग्ने व्यवसायिहरुको सम्पूण विवरण सहित नामवाली प्रकाशन गर्ने तयारीमा रहेको पनि बताउनुभयो ।

गाउँमा झन भयवह अवस्था

सदरमुकाम मन्थलीमा भन्दा जिल्लाका ग्रामिण इलाकाहरुमा म्याद गुज्रेका सामाग्री बढी भेटिने गरेका छन् । मुख्य बजार भन्दा धेरै टाढा रहेका ग्रामिण इलाकाहरुमा लगिने खाद्यन्नका सामाग्री देखि निर्माण सामाग्री समेत भेटिने गरेको स्थानीयहरुले गुनासो गरेका छन् । जिल्लाको दोरम्बा गाउँपालिकामा केही समय अघि प्रदेश मन्त्री सहभागी भएको कार्यक्रमको रिपोटिङमा पुगेका पत्रकारहरुले स्थानीय एक पसलमा म्याद गुज्रेको पिय पदार्थ भेटेका थिए ।

दोरम्बा गाउँपालिका नजिक रहेको एक पसलमा भेटिएक म्याद गुज्रेको पिय पदार्थ

यो एउटा प्रतिनिधिमूलक घटना मात्रै भएको र जिल्लाका विभिन्न स्थानमा जाने अधिकासं सामाग्री म्याद गुज्रेको अवस्था फेला पर्ने गरेको सरोकारवालाहरुको भनाई रहेको छ । बजार अनुगमनमा कडाई नहुँदा र अन्य सरोकारवाला निकायले चासो नदिदाँ उपभोक्ताहरुको स्वास्थ्य माथि ठूलो खेलबाड भइरहेको आम नागरिकको गुनासो आउने गरेको छ ।

‘आफ्नै स्वास्थ्यको ख्याल गर्दैनौ, सुझावलाई पनि स्वीकार्दैनौ’ : महासचिब दाहाल

रामेछाप उद्योग वाणिज्य संघका महासचिब जगन्नाथ दाहालले उद्योग बाणिज्य संघले व्यवसायिहरुकै हितमा हुने गरी धेरै पटक सचेना गराउँदा व्यवसायिहरुले आफ्नो सानो कमजोरीलाई समेत सुधार नगरेको गुनासो गर्नुभयो । मन्थलीका सबै व्यवसायिहरुलाई उद्देश्य अनुसार सामाग्री राख्ने देखि लिएर व्यवसायिलाई आवश्यक पर्ने जानकारी सहितको चेक लिष्ट वाणिज्य संघले उपलब्ध गराएको भए पनि त्यसको प्रयोग नभएको महासिचब दाहालले बताउनुभयो ।

उहाँले भन्नुभयो– ‘हामीले म्याद गुज्रेका सामाग्री राख्नु हुन्न, यसले उभोक्ताको मात्रै नभई तपाईको आफ्नै स्वास्थ्यमा असर पर्छ भनेर सुझाब दिदाँ सुझावको बेवास्त गर्दै इनिहरुलाई नटेर्दा के फरक पर्छ र ?, भन्ने हिसाबले हेर्दा यसको मारमा आम उपभोक्ता परेका छन् ।’
रामेछाप उद्योग वाणिज्य संघ व्यवसायिहरुको अभिभावक भएकाले व्यवसायिहरुको समस्याको समधान गर्दै उपभोक्ताको स्वास्थ्य प्रति सचेत रहने गरी विभिन्न सरोकारवाला निकायहरुसँग सहकार्य गरेर अगाडी बढ्ने योजनामा रामेछाप उद्योग वाणिज्य रहेको महासचिब दाहालले बताउनुभयो ।

Share159Tweet13Share4

Related Posts

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी
समाचार

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी

२४ भाद्र २०७६, मंगलवार
चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ
समाचार

चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ

२४ भाद्र २०७६, मंगलवार
मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते
प्रहरी-प्रशासन

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते

२४ भाद्र २०७६, मंगलवार
ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

२४ भाद्र २०७६, मंगलवार
नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

२४ भाद्र २०७६, मंगलवार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

२४ भाद्र २०७६, मंगलवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero