Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

ठुलीमदौ खानेपानीको उद्घाटन , बाँकी वजेटको जिम्मा सांसद श्रेष्ठको

नेपाल अभियान नेपाल अभियान
२५ बैशाख २०८१, मंगलवार
in कारोबार, समाचार, समाज
0
32
SHARES
Share on FacebookShare on Twitter


रामेछाप,२५ बैशाख । रामेछाप जिल्ला मन्थली नगरपालिका वडा नं –३ स्थित ठुलीमदौ लिफ्ट सामुदायिक खानेपानी आयोजनाको बाँकी काम सम्पन्न गर्ने जिम्मा संविधान सभाका सदस्य तथा वागमती प्रदेशका सदस्य तारा नारायण श्रेष्ठले लिनुभएको छ ।


कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका सांसद श्रेष्ठले बजेटको अभावमा लामो समय देखि काम पुरा हुन नसकेको योजना अन्र्तगत पहिलो चरणमा ठुलिमदौका २ सय १७ घरका उपभोक्ताहरुलाई लक्षित गरी सम्पन्न भएको उक्त योजनाको उद्घाट्न गर्नु भएको हो ।
सो अवसरमा उहाले वडा नं –३ अन्र्तगतका करिव ५ सय घरका उपभोक्तामा उक्त खानेपानी योजना पुर्याउनै पर्ने बाध्यता भएकोले योजना अन्र्तगतको वाँकी कामका लागि आवश्यक बजेट ब्यवस्थापन गर्ने जिम्मा आफुले लिने प्रतिवद्धता पनि ब्यक्त गर्नुभयो ।
कार्यक्रमका अवसरमा जन प्रतिनीधिहरुको वेवास्ता सँगै बजेटको अभावमा लामो समय देखि उक्त योजनाको पुरा काम अधुरो भएको भन्ने आवाज सर्वत्र रुपमा उठेपछि सांसद श्रेष्ठले उक्त योजनाको बाँकी काम प्रदेशको वजेट मार्फत पुरा गर्ने जिम्मा आफुले लिएको घोषणा पनि गर्नुभयो ।
कार्यक्रममा वडा अध्यक्ष गोपाल कृष्ण श्रेष्ठले बजेटको अभावमा लामो समय देखि अलपत्र रहेको योजनाको काम सम्पन्न गर्ने कुरामा प्रदेश सांसदले बेवास्ता मात्र नगरेर आएको बजेट समेत अन्यत्र लगेको आरोप लगाउनुभयो । तर सांसद श्रेष्ठले उक्त आरोपको भने सिधै प्रतिवाद गर्दै खानेपानी मात्र नभएर नागरीकको प्रत्यक्ष सरोकार संग जोडिएको काममा आफु गम्भिर र जिम्मेवार रहेको पनि वताउनुभयो ।
कार्यक्रममा रामेछापकै अर्का प्रदेश सांसद युवराज चौलागाई पनि सहभागि हुनुभएको थियो । सो अवसरमा सांसद चौलागाईले नागरिकको सरोकार संग जोडिएका महत्वपुर्ण सवालहरुमा आफुहरु गम्भिर रहेको भन्दै त्यसका लागि सवै क्षेत्रको सहयोग आवश्यक पर्ने धारणा राख्नुभयो । उहाले देशमा देखिएको अस्थिर राजनितिलाई आधार बनाएर पछिल्लो समयमा ब्यवस्था विरुद्ध आवाज उठ्नु भने गलत भएको भन्दै उक्त ब्यवस्था विश्वकै उत्कृष्ठ ब्यवस्था भएकोले यसलाई जोगाउनका लागि मतदाताहरु पनि सचेत हुनुपर्ने बताउनुभयो ।
उपभोक्ता समितिले लामो प्रयासका बिच रणजोर खोलामा ईनार निर्माण गरी सोहि ईनार बाट लिप्mट मार्फत तानेको पानी मंगलबार बाट विधिबत रुपमा संचालनमा आएको हो ।
उक्त योजनाको उद्घाटन् गर्दै वागमती प्रदेशका सदस्य तारानारायण श्रेष्ठले औपचारिक कार्यक्रमका विच उद्घाटन् गर्नुभएको हो । करिव ५ किलोमिटर टाढा बाट लिफ्ट सिष्टम मार्फत ल्याईएको उक्त योजनको उद्घाटन मोवायलको एप्स अनगरी गरिएको थियो । उद्घाटन् पछि २ सय १७ घरको धारामा एकै पटक पानी झर्दा उपभोक्ताहरुले खुसीयालीमा ताली र पन्चेवाजा समेत बजाएर स्वागत पनि गरेका थिए ।
क्रमागत रुपमा निर्माण सक्ने गरी लामो समय देखि काम शुरु भएको उक्त योजनको काम बजेटको अभावका विच पनि ठुलिमदौ क्षेत्रका नागरीकहरुलाई भएपनि समयमै खानेपानी खुवाउने काममा समितिले उत्कृष्ठ काम गरेको भन्दै आम उपभोक्ताहरुले समितिका अध्यक्ष यम बहादुर थापा र उनको समितिलाई धन्यवाद दिएका थिए ।
उक्त समितिले काम सुरु गरेको २ बर्षमानै उक्त योजनाको पहिलो फेजको कार्यक्रम सम्पन्न गरी खानेपानीको अभावमा तड्पीएर बसेका २ सय १७ घर परिवारलाई खानेपानीको समस्या समाधान गरी दिएको हो ।
उक्त योजनाका लागि ४ करोड ५४ लाख रुपैयाँ खर्च भएको र बाँकी सवै उपभोक्ताका विच खानेपानी पुर्याउन करिव थप २ करोड रुपैया लाग्ने खानेपानी तथा सर सफाई डिभिजन नं ४ का प्रमुख हुपेन्द्र राज जोशीले जानकारी गराउनुभयो । योजनाको उद्घाटन् सम्म आईपुग्दा उपभोक्ता समितिले गरेको कामको पनि प्रमुख जोशीले उच्च प्रशंसा गर्दै उपभोक्ताका लागि अत्यन्त महत्वपुर्ण रहेको योजना भएकोले कार्यालयले पनि योजनालाई उच्च महत्व दिएको बताउनुभयो ।
बागमति प्रदेशका मुख्य मन्त्री सालिकराम जम्कट्टेलले १० बजे उद्घाटन् गर्ने भनेर पत्राचार गरिएको भए पनि अन्तिममा मुख्य मन्त्री यहि कार्यक्रमका लागि आउदै गर्दा बाटोमै अश्वस्थ भएर पछि थप उपचारका लागि काठमाण्डौ लगिएको थियो ।
उपभोक्ता समितिका अध्यक्ष यम बहादुर थापाको अध्यक्षता र सन्तोष खत्रीको संचालनमा भएको उक्त कार्यक्रममा नेपाली काँग्रेस,नेकपा एमाले र माआवादी केन्द्रका जिल्ला नेताहरुका अलावा मन्थली नगरपालिकाका प्रमुख लव श्रेष्ठ र उप प्रमुख ईश्वरी बस्नेत ,वडा नं–१ का वडा अध्यक्ष होम प्रसाद पौडेल र जिल्लाका संचार माध्यमका प्रतिनिधिहरु र स्थानीय वासीहरुको समेत उल्लेख्य सहभागि रहेको थियो ।

Share13Tweet8Share2

Related Posts

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी
समाचार

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी

२५ बैशाख २०८१, मंगलवार
चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ
समाचार

चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ

२५ बैशाख २०८१, मंगलवार
मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते
प्रहरी-प्रशासन

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते

२५ बैशाख २०८१, मंगलवार
ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

२५ बैशाख २०८१, मंगलवार
नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

२५ बैशाख २०८१, मंगलवार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

२५ बैशाख २०८१, मंगलवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero