सुनापति (रामेछाप) ,३१ असार । रामेछापको सुनापति गाउँपालिकाले चालु आर्थिक वर्ष २०८०÷८१ मा सञ्चालन भएका विकास निर्माण र सेवा प्रवाहका वारेमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ ।

सोमबार सम्पन्न भएको उक्त सार्वजनिक सुनुवाई कार्यक्रममा गाउँ पालिकाले प्रवाह गरिरहेको सेवा तथा विकास आयोजनाहरुको अवस्था आदिका वारेमा पालिकाका प्रमुख प्रशासकिय अधिकृत दिलकृष्ठ श्रेष्ठले जानकारी गराउनुभएको थियो ।
उहाँले चालु आर्थिक वर्षको साउनदेखि हालसम्म पालिका मार्फत संस्थागत विकास तथा सुशासनको क्षेत्रमा भएका कामहरू, आर्थिक तथा सामाजिक विकास, पूर्वाधार विकास, विपद् व्यवस्थापन र न्यायिक समिति लगायत विभिन्न क्षेत्रमा भएको प्रगतिका बारेमा पनि जानकारी गराउनुभएको थियो ।
नागरिक हरुको न्युन उपस्थिति रहेको उक्त सार्वजनिक सुनुवाई कार्यक्रममा उपस्थित भएका सहभागिहरुले विकास निर्माण शिक्षा,कृषि,खानेपानी, लगायतका विभिन्न विषयलाई लक्षित गरी अध्यक्ष र प्रमुख प्रशासकिय अधिकृत सँग जवाफ मागेका थिए । नागरीकहरुले उठाएको प्रश्नको जवाफ पालिकाका प्रमुख ठुलो कान्छा तामाङ्ग, उपप्रमुख गिता विष्ट र प्रमुख प्रशासकिय अधिकृत दीलकृष्ण श्रेष्ठले दिएका थिए ।
सो अवसरमा पालिका अध्यक्ष ठुलोकान्छा तामाङकले पालिकाले गरेको कामहरुमा नागरिकहरुले जति बेला र जुनसुकै समयमा पनि सुझाव दिन सक्ने भन्दै सम्वृद्ध सुनापति बनाउने कुरामा आफुहरुबाट कुनै पनि कमी कमजोरी नहुने बताउनुभयो । उहाँले त्यसको लागि सबै राजनितिक दल र नागरिकहरुको साथ र सहयोग अपरिहार्य रहेको पनि बताउनुभयो ।
प्रहार मिडिया प्रालिका तर्फबाट रामचन्द्र विक र कैलाश खत्रीले सहजीकरण गरेको उक्त सार्वजनिक सुनुवाई कार्यक्रममा उपाध्यक्ष गिता विष्ट चौलागाँई र ५ वटै वडाका वडा अध्यक्षहरुले जिम्मेवार बक्ताको रुपमा आफनो धारणा राख्दै पालिकाको दीगो विकास र शुसासनका लागि आफुहरुले कुनै पनि कमि हुन नदिने प्रतिवद्धता ब्यक्त गर्नुभएको थियो । सार्वजनिक सुनुवाई कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष बद्री नयाँघरे लगायत अन्य सञ्चारकर्मीहरु,स्थानीय राजनितिक दल र नागरिकहरुको सहभागिता रहेको थियो ।
सोही अवसर पारेर सुनापति गाउँपालिकाले आफ्नो वार्षिक समिक्षा तथा विभिन्न विधामा सर्बाेत्कृष्ठ भएका विभिन्न ब्यक्ति संस्था र समुहहरुलाई सम्मान गरेको थियो । सम्मानितहुने हरुमा सवै भन्दा धेरै राजस्व संकलन गरेवापत वडा नं ४ वडा कार्यालय,उत्कृष्ठ उद्यमी,तथा कृषकहरु र विभिन्न फर्म तथा ,कर्मचारी, उत्कृष्ठ काम गर्ने उपभोक्ता समिति लगाएतलाई पालिकाका प्रमुख ठुलोकान्छा तामाङ, उपप्रमुख गिता विष्ट चौलागाँइ र प्रमुख प्रशासकिय अधिकृत दिलकृष्ण श्रेष्ठले संयुक्त रुपमा सम्मान गर्नुभएको थियो ।












यो बारेमा तपाईको प्रतिकृया