Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

रामेछापका पेट्रोल पम्प व्यवसायी कानुनी कार्वाहि भोग्न तयार

नेपाल अभियान नेपाल अभियान
१ भाद्र २०८१, शनिबार
in देश, प्रदेश नं १, समाचार, समाज
0
140
SHARES
Share on FacebookShare on Twitter

मन्थली, १ भदाै । बजारमा पेट्रोलियम  पदार्थको कृत्रिम अभाव भए रामेछापका पेट्रोल पम्प व्यवसायी कार्वाहि भोग्न तयार  भएका छन् । शनिवार  जिल्ला प्रशासन कार्यालय मन्थलीमा बसेको  आकस्मिक बैठकमा  भेला भएका मन्थलीका ३ वटै पेट्रोल पम्पका सञ्चालकहरूले आइन्दा आफ्नो पम्पहरूमा पेट्रोलियम पदार्थको कृत्रिम अभाव हुन नदिने प्रतिबद्धता साथ बैठकको निर्णय पुस्तिकामा हस्ताक्षर जनाएका हुन् ।

सरकारले  २ दिन अघि मात्र नेपाल आयल निगमको स्वचालित मूल्य प्रणाली अनुसार मूल्य समायोजन गरे सँगै गरी पेट्रोलियम पदार्थका मूल्य  घटाएको थियो । मूल्य वृद्धिमा आएको गिरावट सँगै व्यापारीहरूले  विभिन्न बाहान बनाएर आवश्यक मात्रामा  निगमको डिपोबाट तेल नउठाएका कारण मन्थलीमा तेलको अभाव भएको हो । तीन वटै पेट्रोल पम्पले आर्थिक अभावको कारण देखाउँदै डिपो बाट तेल नउठाएका कारण तीन दिन देखि मन्थलीमा पेट्रोलियम पदार्थको कृत्रिम अभाव भएको छ । जसका कारण उपभोक्ताहरूले तेल हाल्न बाटै वञ्चित हुन परेको भन्दै उपभोक्ताहरूबाट  जिल्ला प्रशासन कार्यालयमा व्यापक गुनासो पुगेको थियो । 

सोही गुनासाका आधारमा सहायक प्रमुख जिल्ला अधिकारी किसान न्यौपानेका नेतृत्वमा सरोकारवाला टोलीले  ३ वटै पेट्रोल पम्पको तत्काल अनुगमन गरेको थियो । सो क्रममा व्यवसायीका कारण  कृत्रिम अभाव भएको प्रतिवेदन सहायक प्रजिअ एवं बजार अनुगमन समितिका संयोजक न्यौपानेले प्रतिवेदन पेस गरेका थिए  । सोही आधारमा  शनिवार प्रमुख जिल्ला अधिकारी अनिता निरौलाले आफ्नै कार्यकक्षमा सरोकारवालाहरू समेत बैठक बोलाएर सोको कारणबारे व्यवसायीहरू सँग जवाफ माग गर्नु भएको थियो । छलफल पछि प्रजिअ निरौलाले अब पनि  नसुध्रने पम्प सन्चालकलाइ कार्वाही गर्ने चेतावनी दिनु भएको थियो । 

बैठकमा व्यवसायीहरूले ठुलो मात्रमा बजारमा गएको  उधारो  कारोबारका कारण आफूहरू समस्यामा परेको भन्दै आर्थिक समस्या आदिका कारण समयमै निगमको डिपोबाट तेल उठाउन   नसकिएको स्वीकार गरेका थिए । 

बैठकमा सहभागी मन्थली वडा नं १ का वडा अध्यक्ष रामहरि पौडेलले   पेट्रोलियम पदार्थको मूल्य बढ्दा ब्यवसायीलाइ राम्रो मुनाफा हुने भएकोले बजारमा तेलको खासै अभाव नहुने र तेलको मूल्य घट्दा घाटा हुने भएकाले पम्प वालाहरुले तेलनै नउठाउने गरेकाले हाल पनि बजारमा पेट्रोलियम  पदार्थको कृत्रिम अभाव भएको भन्दै आइन्दा  ब्यवसायी सुध्रिएर काम गर्न आग्रह गर्नु भएको थियो । 

बैठकमा सहायक प्रजिअ किसान न्यौपानेले निगमले तयार गरेको कानुनी आधारमा रहेर तेलको कारोबार गर्न र कृत्रिम अभाव भएमा सोही कानुनको आधारमा कार्वाहिको सामना गर्नका लागि पनि ब्यवसायीलाई आग्रह गर्नुभयो  ।

परिणाम गत  बिहीबार देखिनै  लक्ष्मी आयल स्टोर  भैसेश्वर, बाहेकका शुभ संवृद्धि नमुना पेट्रोल पम्प र निलकण्ठेश्वर आएल स्टोर मन्थलीमा पनि हाल तेलको अभाव रहेको छ । बैठकमा  ३ वटै पेट्रोल पम्पका  सञ्चालक हरुले आइन्दा नेपाल आयल निगमले जारी गरेको कानुनको दायरमा बसेर तेलको नियमित कारोबार गर्ने  गर्न नसकेमा कानुनको सामना गर्न तयार रहेको भन्दै निर्णय पुस्तिकामा हस्ताक्षर गरेका थिए । 

प्रजिअ अनिता निरौलाको अध्यक्षतामा बसेको  आकस्मिक  बैठकमा  मन्थली नगर उप प्रमुख ईश्वरी बस्नेत ,मन्थली १ का वडा अध्यक्ष रामहरि पौडेल,नेपाल  पत्रकार महासङ्घका अध्यक्ष बद्री नयाँघरे,सुरक्षा निकायका प्रमुखहरू रामेछाप उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष सुदिस शाह लक्ष्मी आयल स्टोर  भैसेश्वर, शुभ संवृद्धि नमुना पेट्रोल पम्प र निलकण्ठेश्वर आएल स्टोर बसपार्कका सञ्चालक लगायतका सरोकारवालाहरूको सहभागिता रहेको थियो । 

सो क्रममा  लक्ष्मी आयल स्टोर्सका सञ्चालकले आफू  सँग निश्चित मात्रमा पेट्रोलियम पदार्थ रहेको जानकारी गराउनु हुँदै त्यसले आइतबार सम्म पनि धान्न नसक्ने अवस्था रहेको  बताउनु भयो ।  बैठकका सहभागी हरुले यसको कार्यान्वयनका पक्षमा कडाइका साथ कुरा उठाउँदै विभिन्न बहानामा तेलको कृत्रिम अभाव खडा गर्ने जुनसुकै  पेट्रोल पम्पलाई पनि आइन्दा कार्वाहिको दायरामा ल्याउनका लागि पनि  सुझाव दिएका थिए । 

Share56Tweet35Share10

Related Posts

रामेछापका विपेश खत्री प्रदेश कोषाध्यक्षमा मनोनित
देश

रामेछापका विपेश खत्री प्रदेश कोषाध्यक्षमा मनोनित

१ भाद्र २०८१, शनिबार
जिल्ला प्रहरी कार्यालय रामेछाप मार्फत ३ करोड भन्दा बढी राजस्व संकलन
समाचार

जिल्ला प्रहरी कार्यालय रामेछाप मार्फत ३ करोड भन्दा बढी राजस्व संकलन

१ भाद्र २०८१, शनिबार
रामेछापका सरकारी कार्यालयको वार्षिक समीक्षा,सेवा प्रवाह र गुणस्तर सुधारमा जोड
विविध

रामेछापका सरकारी कार्यालयको वार्षिक समीक्षा,सेवा प्रवाह र गुणस्तर सुधारमा जोड

१ भाद्र २०८१, शनिबार
सिमित स्रोत र साधनले भ्याएसम्म विकास निर्माणका काम गछौं– कानून मन्त्री गौतम
समाचार

सिमित स्रोत र साधनले भ्याएसम्म विकास निर्माणका काम गछौं– कानून मन्त्री गौतम

१ भाद्र २०८१, शनिबार
मन्थली नगरमा अनलाइन प्रणालीको राजस्व संकलन नहुँदा सेवाग्राहीलाई सास्ती
समाचार

मन्थली नगरमा अनलाइन प्रणालीको राजस्व संकलन नहुँदा सेवाग्राहीलाई सास्ती

१ भाद्र २०८१, शनिबार
पुष्पलाल स्मृति पत्रकारीता पुरस्कार पौडेललाई
समाचार

पुष्पलाल स्मृति पत्रकारीता पुरस्कार पौडेललाई

१ भाद्र २०८१, शनिबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero