Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

स्नातकोत्तर पास गरेका दिल बहादुर कृषि कर्ममा रमाउँदै

रमेश ढुङ्गेल रमेश ढुङ्गेल
१५ पुष २०८१, सोमबार
in कारोबार, समाचार, समाज
0
60
SHARES
Share on FacebookShare on Twitter

रामेछाप (भटौली,थाक्ले), १५ पुष । त्रिभुवन विश्वविद्यालय बाट स्नातकोत्तर तह पास गरी शिक्षण पेशामा कृयासिल रहेका रामेछापको मन्थली नगरपालिका वडा नं –७ थाक्लेका दिलबहादुर सार्कीले गरेको ब्यसायीक कृषि कर्म जिल्लाकै नमुना र उदाहरणीय बनेको छ ।


रामेछापको साबिक भटौली गाविस वडा नं –६ थाक्लेमा बुबा सुरबीर र आमा पन्चीमाया सार्कीका तीन भाई छोरा र २ बैनी छोरी मध्ये जेठो सन्तानका रुपमा २०४२ सालमा जन्मिएका दिलबहादुरको घरमा खान लाउन धौ–धौ थियो ।


थाक्लेमा जम्मा जम्मी १८ रोपनी पाखो बारी त्यसमध्येमा पनि अधिकांस खरबारी अनि आकासे पानीको भरमा गर्नुपर्ने खेतिका कारण खासै उब्जनी नहुने भएपछि अर्काको बनिबुतो गरेर दैनिक गुजारा गर्नुपर्ने बाध्यता सार्कीको घर परिवारमा थियो ।


बिद्यालयमा पढ्न जानु अघि र बिद्यालयबाट पढेर घर फर्केपछि पनि घरायसी काममा ब्यस्त हुनेगरेका सार्की बिदाको दिन गाई वाख्रा चराउन गएको बेला जंगलबाट टिपेर ल्याएको अमला बेचेर किताब कापी खर्च जुटाउथे ।


भाई बहिनीहरुको हेरचाह र घरायसी अन्य काम सँगै निक्कै दुःख कष्टका साथ दिलबहादुरले घरबाट करिब १ घण्टाको पैदल दुरीमा रहेको श्री रुद्राक्षेश्वर माविबाट २०६० सालमा एस .एल.सी (हालको एस इ इ) पास गरेका सार्की त्यतिमा मात्र सिमित रहेनन । शिक्षित युवा कम भएको आफ्नो गाँउमा नमुना बनेर देखाउने अठोटका साथ उच्च शिक्षाका लागि उनले घर छाडे ।


घरपरिवरको दुःख र हैरनी लाई कसरी कम गर्न सकिन्छ भनेर उनी उच्च शिक्षाका लागि काठमाण्डौको भुकुटीमण्डप स्थित प्रदर्शनीमार्गमा रहेको रत्नराज्य लक्ष्मी क्याम्पसमा भर्ना भए ।


काठमाण्डौमा कोठा भाडामा लिएर पढ्न बसेका सार्कीलाई घरवाट कुनै किसिमको खर्च आउदैनथियो । कोठा भाडा, गाडि भाडा क्याम्पसमा बुझाउनुपर्ने मासिक शुल्क र खान पिनका लागि अर्काको भारी बोकेर र होटल श्रमिकका रुपमा काम गरेर आबश्यक खर्च जुटाउथे ।


आफुलाई आबश्यक खर्च कटाएर वाँकी भएको रकम घरमा पनि बुवालाई घर ब्यवहार टार्न सहज होस भनेर घर पठाउने गर्थे ।
उच्च शिक्षा हासिल गर्ने क्रममा २०६६ सालमा मास कम्यूनिकेशनमा बि.ए. उतिर्ण गरेका सार्कीले २०६९ सालमा बाल्मीकी क्याम्पसमा सामाजिक अध्ययनमा एक बर्षे वि.एड.समेत गरे ।


घरायसी ब्यवहार मिलाउदै अव गाँउमै केही गर्ने भन्दै उनी गाँउ फर्फिए । त्यहि वेला २०७० सालमा गोलन्जोर गाँउपालिका–४ ग्वालटार सिन्धुलीकी सरीता रम्तेल सँग लगन गाठो कसेर आफ्नो नयाँ घरब्यवहार सुरु गरे ।
२०७१ सालमा आफुले अध्ययन गरेको श्री रुद्राक्षेश्वर मावि मुगिटारमा सामाजिक विषयको माध्यामिक तहको राहत दरबन्दिमा नाम निकालेर पढाउन थाले ।


५ बर्ष त्यहा पढाएपछि शिक्षक सेवा आयोग बाट २०७६ सालमा प्रा.वि. र नि.मा.वि. तहमा एकैपटक नाम निकालेर निमाबि तहको नियुक्ती लिई श्री स्थानापति मावि मन्थली नगरपालिका वडा नं –९ बाङ्गेसल्ला मा पोष्टिङ भए । उनी अहिले त्यही बिद्यालयमा अध्यापन गराउदै कृषि कर्म मा रमाइरहेका छन् ।


पढाइमा त्यतिले मात्र चित्त नबुझेर जिल्ला सदरमुकाम मन्थलीमा रहेको सहिद स्मुति बहुमुखी क्याम्पसमा एम एड मा भर्ना भए, इ.पि.एम विषय लिएर पढेका सार्कीले २०७८ सालमा एम एड पनि पास गरे यस पछि भने शिक्षण पेशा र ब्यवायिक फलफुल खेतीको ब्यस्तताले उनको पढाईमा ब्रेक लाग्यो ।


घरायसी ब्यवहार मिलाउदै अध्ययन गर्नु पर्दा उनलाई सानो चुनौति थिएन तर पनि ति सबै चुनौतिलाई सामना गदै उनले आफु शिक्षण पेशामा स्थायी रुपमा नाम निकाले पछि विभिन्न खालका कृिष कर्म सुरु गरे ।


यस बेला सम्म भाई वहिनीहरुको विवाह भैसकेको थियो । “अाफुहरू तीन भाई र तीन वटी बुहारीहरु एकै घरमा मिलेर बस्न नसक्ने घरायसी समस्या सुरु भएपछि बुवा सँग भएको पैतृक सम्पति मध्ये ३ भाइको भागमा परेको साढे पाँच रोपनीका दरले तीन भाइलाई बराबरी र वाँकी रहेको जग्गा आफ्नो नाममा बुढ्यौल बुटि राखेर बुबाले अंश बन्डा गरिदिएपछि हामीहरु आ–आफ्नो ब्यवहार सहित छुट्टा छुट्टै बस्न लाग्यौं” सार्कीले भने ।


अहिले उहाँले बुबा बाट प्राप्त भएको पैतृक सम्पती र लुकेर बसेको पहिरिएको जग्गा सहित ८ रोपनी जग्गा मध्ये २ रोपनीमा ब्यवसायिक ड्रागन फ्रुट र अन्य बाँकी रहेको जग्गामा आँप, कागती, काउली कटर , खुसार्नी, मेवा लगाएतका फलफुल तथा तरकारीवालीहरु लगाएका छन् ।


६ महिनाको अबधिमा ड्रागन फ्रुटले डेढ लाख आम्दानी दिइ सकेको र आँप कागती मेवा र काउली कटरले भने उत्पादन दिन थालिनसकेको भएपनि आगामी बर्ष बाट फलफुल बिक्रि बाट मात्र बार्षिक ५ लाख भन्दा बढि आम्दानी गर्ने लक्ष आफुले लिएको पनि सार्कीले बताए ।


“मेरा दुई छोराहरु मध्ये जेठो कक्षा ३ र कान्छो एल.के.जी मा यस अघि आफैले पढेको र पढाएको सामुदायिक बिद्यालय श्री रुद्राक्षेश्वर मावि मुगिटार मा पढ्न पठाँउछु”, सार्कीले भने ।
बिद्यालयमा पढदा कहिले प्रथम कहिले द्वितिय हुदै उत्कृष्ठ बिद्यार्थीका रुपमा रहेका आफुले पढाएका दिलबहादुरले यस्तो प्रतगि गरेको देख्दा आफुलाई निक्कै खुसी लागेको श्री रुद्राक्षेश्वर मावि मुगिटारका पुर्व प्रधानाध्यापक दिपक प्रसाई बताउछन् ।


पहिला केही नफल्ने बाझो बारीमा खनजोत गरेर २०८० साल जेठ महिना बाट युटुवमा हेरेर ड्रागन फ्रुटको खेती गर्न सुरु गर्नु गरेका सार्कीले हाल सम्म त्यस बाट मात्र डेढ लाख लिइसकेको र अर्को सिजनमा फल्दा थप डेढ लाख गरी बार्षिक ३ लाख आम्दानी गर्ने योजना बनाएका छन् ।


उक्त खेती भित्र भुइकटर, धनिया, खुर्सानी, रायो, पालुंगो चम्सुर मेथी जस्ता भुईमा हुने खालका साग सब्जी जस्ता तरकारी तथा फलफुल वालीहरु लगाएर दोहोरो आम्दानी समेत लिने गरेको पनि उनले बताए ।


मन्थली नगरपालिका वडा नं –९ मा रहेको श्री स्थानापति माध्यामिक विद्यालयको आधारभूत तह (निमावि सामाजिक विषय) का शिक्षक सार्कीले दिनभर विद्यार्थीहरु पढाएर बचेको समय तथा विदाको सयम सदुपयोग गर्दै यो खेती गर्ने गरेका हुन् ।


यस अघि बाझो रहेको आफ्नो ८ रोपनी जग्गा मध्ये २ रोपनीमा ड्रागन फ्रुट र बाँकी रहेको ६ रोपनी जग्गामा कागती,आँप,भूँइकटर,मेवा,लगाएतका फलफुल सहित २ हजार भन्दा बढि बिभिन्न विरुवा लगाएर आम्दानी लिन थालेको बताएका छन् ।


आफुले लगाएको ४ सय बोट ड्रागन फ्रुट प्रति केजी ३ सय देखि ५ सय रुपैया सम्म स्थानीय मन्थली वजारमा मै विक्री हुने गरेको उनी बताउछन् ।
यो फलको खेतिका लागि हरेका दिन विहान विद्यालय जनु पुर्व र बिद्यालय छुट्टी भएर घर फर्केपछिको सयम निकालेर आफैले काम गर्ने गरको उनी बताउछन । उनलाई उनकी धर्मपत्नी सरीताले पनि कृषि कर्मका लागि सघाउछिन । अलि बढि काम पर्दा अरु मानिसहरु लगाउने गरेको भएपनि अधिकांस समय कृषि कर्मका लागि आफ्नै दम्पती खट्ने गरेको पनि सार्कीले बताए ।

पहिला परम्परावादी ढंगको खेति (मकै,गहत,कोदो) लगाउदा लगानी समेत नउठने समस्या भएको बताउने सार्की अहिले त्यहि वारीमा मेहनत गरी फलाएको ड्रागन फ्रुट र त्यस भित्र उत्पादन गरिएका खुर्सानी अदुवा,चम्सुर, धनिया सागसब्जी तथा कोशेवाली बिक्रीबाट थप आम्दनी गर्न पाँउदा खुसी छन् ।
उहनले गरेको विभिन्न फलफुल र तरकारी खेती मध्ये उनलाई ड्रागन फ्रुटले बढि र निरन्तर आम्दानी दिइरहेको छ ।


ड्रागन फ्रुटले एक बर्षमा करिव १२ पटक सम्म उत्पादन दिने र एउटा पिल्लर मा रहेको ४ वटा वोटले एक बर्षमा २० देखि २५ किलो सम्म उत्पादन दिने गरेकोले पनि एक पटक मेहनत गरेपछि यसवाट फाईदा लिइरहन सकिने भएकाले अरु फलको तुलनामा आफुहरुले यसलाई बढि स्याहार सुसार गर्ने गरेको उनले बताए ।


थाक्ले नमूना कृषि तथा पशुपंक्षि फार्म नामक संस्था बिधिबत रुपमा दर्ता गरी कृषि कर्ममा लागेका सार्कीले भटौली खोलावाट सोलार प्रणाली मार्फत पानी तान्न कृषि ज्ञान केन्द्र रामेछाप बाट तीन लाख ९० हजार, ड्रागन फ्रुट प्रबद्र्धनका लागि कृषि विकास निर्देशनालय मकवानपुर हेटौडा बाट दुई लाख चालिस हजार र पानी ट्यांङ्की निर्माणका लागि मन्थली नगरपालिका बाट ५० हजार अनुदान प्राप्त गरेको पनि बताए ।


यही असोज १०, ११ र १२ गते परेको अबरिल बर्षा पछि घर नजिकै पहिरो जादाँ खानेपानी ट्याकी, भुकम्प भएको वेला बस्न वनाएको अस्थायी टहरो (हाल बाख्रा बाध्ने गरेको खोर) को आधा भाग,घरको आँगनको केही भाग सहित आँप, काँगती, काउली कटर र अन्य फलफुल गरी करिव तीन यस बिरुवा समेत नष्ट भएका कारण आफ्नो केही मेहनत खेर जाँदा कुनै पनि सरकारी निकायले वास्ता नगरेको प्रति सार्कीले चिन्ता ब्यक्त गरेका छन् ।


शिक्षण पेशा सँगै ब्यवसायीक फलफुल तथा तरकारी खेति गर्ने दिलबहादुर जस्ता युवाहरुलाई सम्बन्धित निकायले पुरस्कृत गर्न सके यस कार्ममा शैक्षिक बेरोजगारहरुलाई लगाउन सकिने अपेक्षा जिल्ला कृषि सहकारी संघका अध्यक्ष कुमार श्रेष्ठले गरे ।


सबै युवाहरुका लागि शिक्षण पेशा सँगै कृषि कर्ममा उदाहरणीय बनेका दिलबहादुरले जस्तै यहाँका अन्य युवाहरुले पनि यस प्रकारको मेहनत गर्ने हो भने पक्कै पनि बैदेशिक रोजगारीका लागि भौतारिनु नपर्ने प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाकी नायब प्राविधिक सहायक भवानी बस्नेतले बताइन् ।

Share24Tweet15Share4

Related Posts

मन्थलीमा निःशुल्क मोतियाबिन्दु छनौट शिविर
समाचार

मन्थलीमा निःशुल्क मोतियाबिन्दु छनौट शिविर

१५ पुष २०८१, सोमबार
रामेछाप नगरपालिकाको खर्च ८३ प्रतिशत मात्र
समाचार

रामेछाप नगरपालिकाको खर्च ८३ प्रतिशत मात्र

१५ पुष २०८१, सोमबार
सुवेदी कल्याण प्रतिष्ठान रामेछापमा नयाँ नेतृत्व
समाचार

सुवेदी कल्याण प्रतिष्ठान रामेछापमा नयाँ नेतृत्व

१५ पुष २०८१, सोमबार
विपी राजमार्ग खुलेपनि मन्थलीबाट पूर्ण रुपमा यातायात सञ्चालन भएन
राजनीति

विपी राजमार्ग खुलेपनि मन्थलीबाट पूर्ण रुपमा यातायात सञ्चालन भएन

१५ पुष २०८१, सोमबार
बुधवार देखि रामेछाप –काठमाण्डौ हप्तामा ३ दिन उडान
कारोबार

बुधवार देखि रामेछाप –काठमाण्डौ हप्तामा ३ दिन उडान

१५ पुष २०८१, सोमबार
अबिरल बर्षाका कारण खुर्कोट र काभ्रे भन्ज्याङमा रोकिए सबै सवारी साधन
समाचार

अबिरल बर्षाका कारण खुर्कोट र काभ्रे भन्ज्याङमा रोकिए सबै सवारी साधन

१५ पुष २०८१, सोमबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.