Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

निर्धारित समयमा आयोजना सम्पन्न गर्न मन्त्री खड्काको निर्देशन

रमेश ढुङ्गेल रमेश ढुङ्गेल
१९ जेष्ठ २०८२, आईतवार
in समाचार, समाज
0
23
SHARES
Share on FacebookShare on Twitter

मन्थली ,१८ जेठ । उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दिपक खड्काले निर्माणाधिन सुनकोशी मरिण ड्राइभर्सन आयोजनाको काम निर्धारित समयमा सम्पन्न गर्न निर्देशन दिनुभएको छ ।


आइतवार खड्काले सुनकोशी मरिण ड्राइभर्सन अन्तर्गतको रामेछापको सेलेघाट र सिन्धुलीको खुर्कोटमा निमाणाधिन ड्याम र सिन्धुलीको कुशुमटारमा भएको आयोजनाको कामको प्रगति का वारेमा अवलोकन गर्दै सोको आयोजनामा कार्यरत कर्मचारी र निर्माण ब्यवसायिलाई निर्देशन दिनुभएको हो ।


अवलोकन पछि मन्थली स्थित सेलेघाटमा रहेको आयोजनाको कार्यालयमा गरिएको अन्तरकृया कार्यक्रमका अवसरमा मन्त्री खड्काले आयोजना निर्धारित समयमा सम्पन्न गर्न सके सबैलाई फाइदा हुने भन्दै यसमा आयोजना,मन्त्रालय र निर्माण ब्यवसायि मार्फत भएका केही कमी कमजोरीहरुलाई सच्याएर कामलाई तिव्रता दिनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो काम हामिले गर्ने हो अरुले हैन , लक्ष प्राप्तिका लागि काम गर्नु भएन भने सरकारले अर्को बाटो पनि रोज्न सक्छ , कार्य प्रगतिका आधारमा भुक्तानी गर्छौ त्यसमा ढुक्क हुनुस ।


ठेकेदार कम्पनी रमण कन्सट्रक्सनका रमण पट्टेलले विभागबाट हुने भुक्तानी र समयावधि बढाउने लगाएतका काममा सरकारले सहयोग गरे आफुले लगातार काम गर्ने बताउनुभयो ।
उक्त आयोजनाका लागि १३ दशमलव २ किलोमिटर सुरुङको काम सम्पन्न भैसकेको छ भने हेडबक्सको काम को प्रगति भने १९ प्रतिशत मात्र भएको कार्यक्रमका अवसरमा जानकारी गराइएको थियो ।


सो अबसरमा निर्मण ब्यवसायि रमणा पट्टेलले असोज महिनामा सुनकोशी नदीमा आएको बाढिले निर्माणाधिन धेरै संरचनाहरु मा क्षति पुर्याएको र खुर्कोट पुल बाट एक पटकमा १५ टन भन्दा बढि सामान ढुवानी गर्न नमिल्ने भएकाले निर्धारित समयमा आयोजना सम्पन्न गर्न नसकिने र त्यसका लागि करिब २ बर्षको अबधि थप गर्नु पर्ने माग राखेका थिए ।


यो आयोजना सम्पन्न भएपछि तराइका ८ वटा भन्दा बढि जिल्लाका १ लाख २२ हजार हेक्टर जमिनमा सिंचाइ हुने, ३२ मेघावाट विद्युत उत्पादन हुने र कुल पानीको १० प्रतिशत पानी खानेपानीका रुपमा प्रयोग हुने बताइएको छ । कुल १४ अर्वको यो आयोजना १ अर्व २० करोड खर्च भैसकेको पनि बताइएको थियो ।

Share9Tweet6Share2

Related Posts

अबको निर्वाचन पछि प्रदेश सरकार उज्यालो पार्टिको नेतृत्वमा बन्छ –  घिसिङ
प्रदेश नं ३

अबको निर्वाचन पछि प्रदेश सरकार उज्यालो पार्टिको नेतृत्वमा बन्छ – घिसिङ

१९ जेष्ठ २०८२, आईतवार
सामजिक यथार्थमा आधारित नाटक – मिस मेनुका, (एक अनुभूति)
विचार

सामजिक यथार्थमा आधारित नाटक – मिस मेनुका, (एक अनुभूति)

१९ जेष्ठ २०८२, आईतवार
पालिकाका असल अभ्यास शिक्षा विकास तथा समन्वय इकाइको क्यालेन्डरमा
शिक्षा

पालिकाका असल अभ्यास शिक्षा विकास तथा समन्वय इकाइको क्यालेन्डरमा

१९ जेष्ठ २०८२, आईतवार
रामेछापका विपेश खत्री प्रदेश कोषाध्यक्षमा मनोनित
देश

रामेछापका विपेश खत्री प्रदेश कोषाध्यक्षमा मनोनित

१९ जेष्ठ २०८२, आईतवार
जिल्ला प्रहरी कार्यालय रामेछाप मार्फत ३ करोड भन्दा बढी राजस्व संकलन
समाचार

जिल्ला प्रहरी कार्यालय रामेछाप मार्फत ३ करोड भन्दा बढी राजस्व संकलन

१९ जेष्ठ २०८२, आईतवार
रामेछापका सरकारी कार्यालयको वार्षिक समीक्षा,सेवा प्रवाह र गुणस्तर सुधारमा जोड
विविध

रामेछापका सरकारी कार्यालयको वार्षिक समीक्षा,सेवा प्रवाह र गुणस्तर सुधारमा जोड

१९ जेष्ठ २०८२, आईतवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero