रामेछाप । रामेछाप नगरपालिका वडा नं ८ ले बुधबार रामेछाप मन्थली सडक खण्डको बावियाखर्कमा विभिन्न प्रजातिका विरुवा रोपन गरेको छ । उसले असारको मसान्तका दिन आफना नगर प्रमुख लव श्री न्यौपाने को प्रमुख आतिथ्यता तथा हिमगंगा रेन्जपोष्टका प्रमुख सँगै आफना सबै जन प्रतिनिधि र स्थानियहरु समेतको सकृय सहभागितामा विरुवा रोपन गरेको हो
वडा अध्यक्ष सन्तोष कुमार तामाङ्गको अगुुवाईमा बावियाखर्क र भंगेरीको सिमाना रातमाटे देखि वावियाखर्कको साउनेपानी सम्मको पक्की सडकको छेउमा विभिन्न प्रजातिको करिब डेढसय विरुवा रोपीएको थियो । मन्थली रामेछाप सडक खण्डको किनारालाई हरियाली सँगै उक्त क्षेत्रलाई वातावरणिय हिसाबले पनि सुन्दरबनाउन सकियोस भन्नाका खातिर विरुवा रोपन गरिएको वडा अध्यक्ष संन्तोष तामाङ्गले जानकारी दिनुभयो ।
बृक्षा रोपन सँगै त्यसको संरक्षणका लागि स्थानियहरु र सडकमा दैनिक काम गर्ने सडक कर्मचारीहरुलाई समेत परिचालन गर्ने पनि वडा कार्यालयले जनाएको छ । विरुवा भने डिभिजन बन कार्यालयले उपलब्ध गराएको थियो । तर स्थानियहरुले भने राम्रा जातका विरुवा राम्रो सँग खाडल खनेर रोपीएका भए पनि विरुवाको सँरक्षण हुने कुरामा भने शंका ब्यक्त गरेका छन् । स्थानीय प्रल्हाद घिमिरेले यति धेरै मेहनत गरिेर लगाईएका विरुवाको दिर्घकालिन सरक्षणको कार्यक्रमलाई भने सँग सँगै लैजानु पर्ने घिमिरेको भनाई रहेको छ ।
यो बारेमा तपाईको प्रतिकृया