
मन्थली, ११ भदौ । रामेछापको मन्थली नगरपापिलका लाई आजबाट बालमैत्री स्थानीय शासन युक्त नगर घोषणा गरिएको छ ।
बुधवार एक समारोहका वीच बगमती प्रदेशका सामाजिक विकास मन्त्री कन्चनचन्द्र बादेले मन्थली नगर आजै देखि बालमैत्री स्थानीय शासन युक्त नगर भएको घोषणा गर्नु भएको हो ।
९ हजार पाँच सय नब्बे घरधुरीका ५३ हजार नौ सय ९३ जनसंख्या रहेको यस नगरमा १५ हजार १ सय १७ जना १८ बर्ष मुनिका वालवालिकाहको हक हितका लागि बाल बचाउ का १४ वटा, वाल संरक्षणका १० वटा वाल विकास र वालसहभागिताका ६÷६ र संस्थागत विकासका १५ वटा गरी ५१ वटा सूचकहरु पुरा भएकोले मन्थली नगर बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा गरिएको कार्यक्रमका प्रमुख अतिथि बादेले बताउनुयभो ।
१४ वटा वडा रहेको यस नगरमा ६६ वटा सामुदायिक विद्यालय ६ वटा संस्थागत विद्यालय रहेका छन् भने ८० वटा वालविकास केन्द्रहरु, ९ वटा सामुदायिक सिकाई केन्द्र, १ वटा प्राविधिक शिक्षालय , १ वटा सामुदायिक क्याम्पस १ वटा बिशेष शिक्षा स्रोत कक्षा सन्चालनमा रहेको छ । त्यसैगरी ,३० वटा स्वास्थ्य संस्थाहरु कृयासिल हुनुका साथै नगर भित्र २ सय वटा वालसमुहरु, १४ वटा वडा र १ वटा नगर वाल सन्जाल, ५२ वटा किशोरी समुह, १४व टा वडा स्तरीय किशोरी समुह र १ वटा नगर स्तरीय किशोरी बृत्त मार्फत ३ हजार ९ सय ६९ बालावालिकाहरुको प्रत्यक्ष सहभागिता रहेको नगर प्रमुख लव श्रेष्ठले बाताउनु भयो ।
कार्यक्रमका अवसमरमा बोल्दै प्रमुख अतिथि बादेले सभ्य समाज निर्माणकालागि वालमैत्री स्थानीय शासन युक्त नगर घोषणा गर्न आबश्यक रहेकोले अब बगामती प्रदेशका सबै पालिकाहरुले छिटो भन्दा छिटो घोषणा गर्नु पर्ने कुरा बताउनुभयो ।
उहाले प्रदेश सरकारले सन २०८७ सम्म सबै नगर वालमैत्री स्थानीय शासन युक्त नगर घोषणा गरिनुपर्ने निति ल्याएकोमा मन्थली नगर ११ औ वालमैत्री स्थानीय शासन युक्र नगर घोपाणा गरिएको पनि बताउनुभयो । मन्थली नगर प्रमुख लव श्रेष्ठको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमका लागि वडा नं १,२ र ३ को मन्थली शहिद स्मृति वहुमुखी क्याम्पस बाट, वडा नं ४, ५ , र ६ को मन्थली स्थित भैसेश्वर चोक वाट र वडा नं ७ देखि १४ सम्म गाइखुरामा रहेको पक्की पुलबाट विभिन्न झाँकी र बजागाजा सहित रयाली निकालेर मन्थली स्थित तीनलाल पार्कमा पुगेर सभामा परिणत भएको थियो ।
बालमैत्री स्थानीय शासन युक्त नगर घोषणा गरेपछि आफु जस्ता बालवालिकाहरुको हक अधिकार सुनिश्चित हुने बाल क्लव सञ्जालकी श्रेया कार्कीले बताउनुभयो ।
यसै वीच नेपाली काँग्रेस वागमती प्रदेशका महामन्त्री समेत रहनु भएका बादे ले नेपाली काँग्रेसका कार्यकर्ता भेटघाटका क्रममा वजेट घोषणा गरिसकेपछि मात्र आफु मन्त्री बनेकोले चालु आर्थिक वर्षका लागि कतै बजेट विनियोजन गर्न नसक्ने तर विनियोजन गरेको आफ्नो मन्त्रालय अन्तर्गतको बजेट भने पारदर्शि ढंगबाट खर्च गर्न लागिपर्ने पनि बतउनुभयो ।
उहाले काँग्रेस भित्रको गुट उपगुट हरेक जिल्लामा भएकोले यसलई ब्यवस्थापन गर्न आबश्यक पहल भैरहेको पनि बताउनुभयो । नेपाली काँगे्स मन्थली नगर समितिले अायाेलना गरेकाे उक्त कार्यक्रममा नगरले नवनियुक्त सामाजिक विकास मन्त्री बादेलाइ सम्मान पत्र प्रदान गरेेकाे थियाे ।
यो बारेमा तपाईको प्रतिकृया