Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

कार्यक्रममा पार्टिको झण्डानै नबोक्न निर्देशन थियो ः कान्छाराम

नेपाल अभियान नेपाल अभियान
३ आश्विन २०८२, शुक्रबार
in देश, प्रदेश नं ३, समाचार, समाज
0
83
SHARES
Share on FacebookShare on Twitter

रामेछाप –नेपाली काँग्रेसका सभापति पुर्ण बहादुर तामाङ ( कान्छाराम)ले शुक्रबार जिल्ला पार्टिले मन्थलीमा मनाईएको सँविधान दीवसको कार्यक्रममा केन्द्रले नेपाली काँग्रेसको झण्डा प्रयोग नगर्न भनेकोले कार्यक्रममा पार्टिको झण्डा प्रयोग नगरिएको बताएका छन् । शुक्रबार नेपाली काँग्रेस रामेछापले संविधान दिवस२०८२ का अवसरमा सदरमुकाम मन्थलीमा आयोजित र्यालीमा पार्टि केन्द्रले आफनो झण्डा नबोकेर नेपालको राष्ट्रिय झण्डा मात्र बोकेको बताएका छन् । आरम्भमा मन्थलीको कटहरबोट बाट निस्किएको ‘सद्भाव र्याली’ विपी चोक हुँदै मन्थली बजार परिक्रमा गरि भैसेश्वर स्थित पार्टि कार्यालयमा पुगेर सभामा परिणत भएको थियो
कार्यक्रममा पार्टिको झण्डा नभएको भन्दै नेता तथा कार्यकर्ताहरुले असहमत जनाएका थिए । उक्त असहमतीका विच पनि नेत तथा कार्यकर्ताहरु भने कार्यक्रममा सहभागि भएका थिए । उनिहरुले झण्डा विनाको र्याली बिनाको कार्यक्रमको कुुनै औचित्य नभएको भन्दै पार्टि सभापति समक्ष पनि असन्तुष्टि पोखेका थिए ।नेपालको राष्ट्रिय झण्डा मात्रै बोकिएको रयालीको अन्त्यमा भएको समापन मन्त्ब्यमा सभापति तामाडले पार्टी केन्द्रले दिएको आदेशअनुसार पार्टी झण्डा नबोकेको स्पष्ट पारेका थिए । जसका कारण कतिपय नेता तथा कार्यकर्ता भने कार्यक्रममा सहभागिनै भएनन् । उनिहरुले “झण्डा विना गरिएको कार्यक्रमको कुनै औचित्यनै नहुने भएकोले आफुहरु कार्यक्रममा सहभागि नरहेको पनि बताए ।
बजार परिक्रमा पछि भैसेश्वर स्थित पार्टी कार्यालयमा पुगको र्याली सभामा परिणत भएको थियो । उक्त कार्यक्रममा बोल्ने सबैजसो बक्ताहरुले संविधानको रक्षा गर्नू नेपाली काँग्रेसको दायीत्व भएको भन्दै सँविधान निर्माणका क्रमा मा नेपाली काँग्रेसले पुर्याएको योगदानको पनि स्मरण गरेका थिए । सो क्रममा उनिहरुले केहि दिन अघि भएको जेन्जी आन्दोलनले उठाएका मागहरु जायज भएको भन्दै ति मागहरुलाई पनि यसै सँविधान भित्र बसेर पुरा गर्न पनि सरकार र पार्टिको नेतृत्व सँग आग्रह गरेका थिए । सो अवसरमा उनिहरुले नेपाली जनताको ठुलो बलिदानी पछि प्राप्त अहिलेको सँविधानका रक्षा गर्नु आम नेपालीको समेत साझा जिम्मेवारी भएको बताएका थिए । सो अवसरमा उनीहरूले दलगत स्वार्थभन्दा माथि उठेर सँविधानको संरक्षणमा लाग्नका लागि पनि पार्टि नेतृत्वलाई आग्रह गरेका थिए ।
नेताहरूले २००७ सालदेखि प्रत्येक निर्णायक आन्दोलन र राजनीतिक मोडमा कांग्रेसले निवाएको भूमिकाको स्मरण गर्दै दिवंगत सभापति शुसिल कोइरालाले प्रधानमन्त्री हुँदा संविधान ल्याउन देखाएको साहसिक नेतृत्व र राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको संरक्षणमा देखाएको त्याग र वलिदानीको पनि प्रशँसा गरेका थिए । “देशलाई संरक्षित गर्ने जिम्मेवारी होस् वा आन्दोलनको नेतृत्व गर्ने, काँग्रेस सधैं अग्रपंक्तिमा रहँदै आएको भन्दै आगामी दिनमा पनि काँग्रेसले सरकारमा हुँदा गरेका कम्जोरीहरुलाई सच्याएर अगि बढ्नु पर्ने बताएका थिए ।

Share33Tweet21Share6

Related Posts

सिमित स्रोत र साधनले भ्याएसम्म विकास निर्माणका काम गछौं– कानून मन्त्री गौतम
समाचार

सिमित स्रोत र साधनले भ्याएसम्म विकास निर्माणका काम गछौं– कानून मन्त्री गौतम

३ आश्विन २०८२, शुक्रबार
मन्थली नगरमा अनलाइन प्रणालीको राजस्व संकलन नहुँदा सेवाग्राहीलाई सास्ती
समाचार

मन्थली नगरमा अनलाइन प्रणालीको राजस्व संकलन नहुँदा सेवाग्राहीलाई सास्ती

३ आश्विन २०८२, शुक्रबार
पुष्पलाल स्मृति पत्रकारीता पुरस्कार पौडेललाई
समाचार

पुष्पलाल स्मृति पत्रकारीता पुरस्कार पौडेललाई

३ आश्विन २०८२, शुक्रबार
बृक्षरोण र जरा अभियान समापन कार्यक्रम गरी वि.पी. स्मृति दिवस मनाइयो
समाचार

बृक्षरोण र जरा अभियान समापन कार्यक्रम गरी वि.पी. स्मृति दिवस मनाइयो

३ आश्विन २०८२, शुक्रबार
रामेछाप न.पा.काे खर्च ६८.७ प्रतिशत मात्र
विविध

रामेछाप न.पा.काे खर्च ६८.७ प्रतिशत मात्र

३ आश्विन २०८२, शुक्रबार
राष्ट्रिय लाेक तथा दाेहाेरी गीत प्रतिष्ठान रामेछापमा कल्पना सुनुवार
समाचार

राष्ट्रिय लाेक तथा दाेहाेरी गीत प्रतिष्ठान रामेछापमा कल्पना सुनुवार

३ आश्विन २०८२, शुक्रबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero