Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

कृति समिक्षामा सयपत्रीको ‘माला’

रमेश ढुङ्गेल रमेश ढुङ्गेल
११ मंसिर २०८२, बुधबार
in कारोबार, विविध, शिक्षा, समाचार, समाज
0
20
SHARES
Share on FacebookShare on Twitter


मन्थली,१० मङ्सिर । “धन्सारको पालीमुनि धुलो माटो फिँजायौं । मोटो सिन्कोले मैले ‘क’ लेखेर उसलाई भने , “देखिस माला, यो ‘क’ हो । ल यसलाई ‘क’ भन् ।” मालाले ‘क’ भनि मैले ‘ख’ लेँखे मालाले ‘ख’ भनि । अलि पछि उसलाई मैले मेरै पुरानो खरी र पाटी दिएँ । वनमारा माडेर मोसेपछि पाटी कालो भयो । म उसलाई ‘क ख’ लेख्न सिकाउन थाँले । उ हात अररो पारेर लेख्न थाली ।


उसको पहिलो ‘क’ ले पाटी पुरै भरियो । आफ्नै ‘क’ देखेर माला गालामा गुलाफ फुलाएर खित्का छाडेर हाँसी, । हास्दा गालामा परेका खोपिल्टाले मलाई भित्र भित्रै रामान्चित बनायो । उसको कन्चन खित्का सुनेर म उसैलाई हेरिरहेँ । मैले सोधेँ, माला,त किन हाँसेकी?”
उसले भनि, हेर् त कान्छा मेरो ‘क’ कत्रो भयो ! यत्रो बडो ‘क’ हुन्च र !” ठट्टा गर्दै मैले भने, मान्छे ठुलो हुँदै जान्च, ‘क’ सानो हुँदै जान्च । तेरो ‘क’ पनि एकदिन ठिक्कको हुँन्च नि माला ।” माला मलाई हेरेर मिठो गरि मुस्कुराई । मैले उसका खोपिल्टिएका गालामा हेरेँ । उसका गालामा रातो गुलाफ फुलेको थियो ।”


माथिका यी पङ्तिहरु माधब सयपत्री द्वारा लिखित माला कथा संग्रहको बाहिरी पृष्ठबाट साभार गरिको हो ।


बाइस वटा कथाहरु संग्रहीत यस कथा सङ्ग्रहमा लय विलय, महानगरमा बुद्धावतार, माला, गुरुदिक्षा, आफन्त, सिरुवारीमा मुर्कुट्टा नाँच, एउटा असफल चित्र, तगारो, दिलमानको खाता, बिदाइ, दिक्षान्त जस्ता कथाहरु समावेस छन् । त्यसैगरी बाँझो वात्सल्य, पिछलग्गु, गँुड, ढाडे, इमान, चामल चोर, आगमन वहिर्गमन, प्रतिशोध, गृहत्याग, चिदानन्दको नयाँ उपन्यास र खाल शिर्षकका कथाहरु पनि यसमा समावेस छन् ।


सयपत्रीको यस कथामा युवा युवतीमा अंङ्कुराउने प्रेम, वात्सल्य, मानविय सम्वेदना तथा पिडा र विद्रोहका आवाज का साथै सामाजिक राजनैतिक विकृति र विसङ्तिहरु प्रतिको प्रहार जस्ता कुराहरु पाइन्छन् । बिशेषगरी आवाज विहीनहरुको आवाज को पक्षमा र वाल साहित्यको क्षेत्रमा बढि कलम चलाउने सयपत्रीका कथाहरु मा मावन जीवनका भित्री कथाहरु पाइन्छ ।


उहाँका कविता गर्भधारण गर्छन, तीन सल्लेको वनभोज, मखमलीका राजाहरु, बादशाहको अटोग्राफ, सत्ता कवच,पाङ्ग्रेको शहर यात्रा,शाहसी साथी, सिमान्त विचलन , पूmल र कोपिला , कति जाती अंकल पालैपालो कथा भनौं ,झोला भित्र के होला, मुसा फाल्ने पालो, म चोर होइन, बाँदरको बुद्धि, आषिशको हेलिकप्टर, पिपलपाते ताली,फूलमा भवरा,जस्ता दुई दर्जन भन्दा बढि संख्यामा उपन्यास र वाल सहित्यीक पुस्तकहरु प्रकाशित छन् उहाँको कथा तथा उपन्यारुमा वालमनोविज्ञान भित्र हुने सबै खालका कृयाकलापहरुको गहिराई भेटिन्छ ।


शिक्षण पेशाबाट निभृत्त सयपत्रीको वाल साहित्य प्रतिको रुचिले उहाँले अध्यापन गराएका विद्यालयका वालवालिकाहरु अझै पनि राष्ट्रिय स्तरका वलपत्रिकाहरुमा वालसाहित्य प्रकाशन गरिरहेका छन् ।


पछिल्लो सयमा प्रकाशित उहाँको ‘माला’ नामक कथा सङ्ग्रहले उहाँको काथाकारिता अझ तिखारिएको पाइन्छ । अतः उहाँको ‘माला’ नामक कथा संग्रह एक पटक सबैले पढ्न सान्दर्भिक देखिन्छ ।

Share8Tweet5Share1

Related Posts

भैसैश्वर योग साधना केन्दले मनायो आफनो दोस्रो बार्षिक उत्सब
खेलकुद

भैसैश्वर योग साधना केन्दले मनायो आफनो दोस्रो बार्षिक उत्सब

११ मंसिर २०८२, बुधबार
मन्थलीमा छुट्टा छुट्टै धान दिवस मनाइयो मन्थली,१५ असार । खडेरीका बाबजुत पनि रामेछाप मा २३ औं धान दिवस मनाइएको छ ।æजलवायु मैत्री प्रबिधि,धानमा आम्मनिर्भता र सम्बृद्धिÆ भन्ने मुल नाराका साथ रामेछापको मन्थलीमा मन्थली नगरपालिका र अन्य निकायहरूले छुट्टाछुट्टै धान दिवस मनाएका हुन् ।कृषि विकास कार्यालय रामेछाप र राष्टिय कृषि आधुनिकिकरण कार्यक्रम रामेछाप र रामेछाप बहु प्राबिधिक शिक्षालयको संयुक्त आयोजनामा मन्थली नगरपालिका वडा नं– १ स्थित मदौमा धान रोपेर धान दिवस मनाएको छ भने मन्थली नगरपालिकाले वडा नं –५ को छत्तिवनमा धान रोपेर धान दिवस मनाएको हो ।यति बेला सम्म करिब ५० प्रतिशत भन्दा बढि क्षेत्रफलमा धान रोपाई भैसक्नु पर्नेमा यस वर्ष परेको लामो खडेरीका कारण २० प्रतिशत मात्र धान रोपाई भएको कृषि विकास कार्यालय रामेछापका प्रमुख प्रमोद दाहालले बताउनुभयो । उहाँका अनुसार रामेछाप जिल्लामा ७ हजार ८ सय हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आइरहेको छ । रामेछाप जिल्लाका अन्य पालिकाहरुले पनि आ आफ्नो पालिका क्षेत्र भित्र रहेका विभिन्न फाँटहरुका धान रोपेर धान दिवस मनाको समाचार प्राप्त भएको छ ।
कृषि

मन्थलीमा छुट्टा छुट्टै धान दिवस मनाइयो

११ मंसिर २०८२, बुधबार
सकरात्मक सोच द्वारा रचनात्मक जीवनशैली कार्यक्रम मन्थलीमा सुरु
समाचार

सकरात्मक सोच द्वारा रचनात्मक जीवनशैली कार्यक्रम मन्थलीमा सुरु

११ मंसिर २०८२, बुधबार
यो सरकार तीन महिनामै असफल भैसक्यो– पूर्ब मन्त्री घिसिङ
राजनीति

यो सरकार तीन महिनामै असफल भैसक्यो– पूर्ब मन्त्री घिसिङ

११ मंसिर २०८२, बुधबार
नीति र विधि मिचेर काम गर्न दिन्न – प्र.ना.उ. जैसवार
समाचार

नीति र विधि मिचेर काम गर्न दिन्न – प्र.ना.उ. जैसवार

११ मंसिर २०८२, बुधबार
बिद्यार्थीहरूलाई सूचना तथा सञ्चार प्रबिधि र कृतिम बौद्धिकता सम्बन्धी तालिम
समाचार

बिद्यार्थीहरूलाई सूचना तथा सञ्चार प्रबिधि र कृतिम बौद्धिकता सम्बन्धी तालिम

११ मंसिर २०८२, बुधबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero