रामेछाप । जिल्लाको सदरमुकाम मन्थलीमा रहेको मन्थली नगरपालिकाले चालु आर्थिक वर्ष २०८२÷८३ कार्य प्रगतिको अवस्थाको बारेमा नगरका नागरिकहरुलाई जानकारी दिने लिने उदेश्यले शुक्रवार सार्वजनिक सुनुवाई कार्यक्रममा सम्पन्न गरेको छ । नगरपालिकाले नगर प्रमुख,उप प्रमुख र सबै वडा अध्यक्षहरुलाई जवाफदेहि बक्ताका रुपमा उपस्थिति गराएर आफना नागरिक हरुको रोहबारमा वडा नँ २ को वडा कार्यालयको हाताभित्र सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रमका अवसरमा नगरले गत साउन देखि मँसिर मसान्त सम्मको पहिलो चौमासिक अबधिसम्म भएका विकाश निर्माण र शुसासनका लागि गरेको प्रयासकाबारेमा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत देवर्षि सापकोटाले जानकारी गराउनु भएको थियो । उक्त प्रतिवेदनले नगरले चालु आवको यो अवधिसम्ममा १८ प्रतिशत वित्तीय प्रगति हासिल गरेको कुरा उल्लेख गरिएको छ ।
प्रस्तुत प्रतिवेदनमा नगरकार्यपालिकाको बैठकबाट कुल १ अर्ब ४ करोड ६५ लाख ६४ हजार रुपैयाँ बराबरको बजेट स्वीकृत भएको थियो । जसमा चालू खर्चतर्फ २६ प्रतिशत,पूँजीगत खर्चतर्फ २ प्रतिशत र समग्र खर्चतर्फ गरि कुल १८ प्रतिशत मात्र बजेट खर्च भएको कुरा पनि उल्लेख गरिएको छ । त्यसैगरि कार्यपालिकाले चालु आबमा ४ करोड २३ लाख ५५ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेकोमा हाल सम्म भने कुल ३७.०६ प्रतिशत अर्थात १ करोड ५६ लाख रुपैयाँ मात्र संकलन गर्न सफल भएको पनि प्रतिवेदनमा उल्लेख गरिएको थियो ।
सार्वजनिक सुनुवाई कार्यक्रमका अवसरमा वडा नं २ का अध्यक्ष सुरेन्द्र वहादुर कार्किले चालु आवको अहिले सम्म वडा कार्यालय भित्र भए गरेको विकाश निर्माण र सेवा प्रवाहको अवस्थामा स–विस्तार जानकारी गराउनु भएको थियो । सो क्रममा थप धारणा राख्दे अध्यक्ष कार्किले आफुले वडाको विकास,शुसासन सँगै अर्थिक पारदर्शिताका लागि पनि जवाफदिनका लागि तयार रहेको धारणा राख्नु भएको थियो । त्यसैगरि आफुले नागरिकका बाँकि सबै खाले सेवामा कुनै पनि कमि आउन नदिने र आफना काम प्रति कुनै गुनासाहरु भए त्यसको जवाफ दिन तयार रहेको धारणा राख्नु भएको थियो ।
त्यसैगरि अध्यक्ष कार्कीले आफुलाई नागरिकले विश्वास गरेर अध्यक्षको रुपमा जिताएकोले नागरिकको सेवा र शुसासनमा आफुले कुनै पनि कमि हुन नदिने धारणा पनि राख्नु भएको थियो । उहाँले आफु वडा अध्यक्ष भएपनि सबै कुरामा र सबै काममा आफनो दृष्टि नपुग्ने भएकोले विना प्रमाण र विना सुझवुझ सामाजिक संजालमा नकरात्मक कुराहरु उल्लेख नगर्न पनि आग्रह गर्नु भयो । वरु नागरिक र सबै राजनितिक दलहरुले पनि विनियोजित बजेटका बारेमा खवरदारि गर्दे योजनाको गुणस्तरियतामा स्थलगत अनुगमनका लागि सबै राजनितिक दल र नागरिकहरुलाई आग्रह गर्नु भयो । कार्यक्रममा सहभागी राजनितिक दर र नागरीकहरुले अध्यक्षको काम प्रति सन्तोषब्यक्त गर्दे वडाको थप विकाश र शुसासनका लागि सुझाव सहितका विभिन्न जिज्ञासा राखेका थिए ।
नगरपालिकाले सार्वजनिक सुनुवाई कार्यक्रम मात्र सँचालन गर्दा नागरिकहरुको आकर्षणमा कमि हुने भएको भन्दै वडा नँ २ का नागरिकहरुलाई आफनै वडामा एकीकृत घुम्ती शिविर सहित चिकित्सक सहितको स्वास्थय सेवा, कृषि सेवा अन्र्तगत तरकारीको विउ वितरण ,भेटेनरी लगाएत करीव एक दर्जन जति सेवा सँचालन गरेको थियो । उक्त शिविर तथा कार्यक्रमममा नागरिकहरुको पनि उल्लेखनिय सहभागिता रहेको थियो । नगर प्रमुख लब श्रेष्ठको अध्यक्षतामा भएको उक्त कार्यक्रमको सहजिकरण प्रहार मिडिया प्रालिले गरेको थियो ।













यो बारेमा तपाईको प्रतिकृया