Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

चालु आवमा’ मन्थली नगरको प्रगती ८५.०४ प्रतिशत

रमेश ढुङ्गेल रमेश ढुङ्गेल
२६ असार २०८३, शुक्रबार
in विविध
0
8
SHARES
Share on FacebookShare on Twitter


रामेछाप २६ असार । मन्थली नगरपालिकाले चालु आर्थिक वर्षमा कूल बजेटको ८५.०४ प्रतिशत बजेट खर्च गरेको छ । नगरले आज शुक्रबार स्थनिय तीन लाल पार्कमा चालु वर्षको तेस्रो र अन्तिम सार्वजनिक सुनुवाइ कार्यक्रमको आयोजना गरि आफुले चालु वर्षमा गरेको खर्च तथा आम्दानीको विवरण मार्फत सरकारले एक वर्षको अवधिमा खर्च भएको बजेटिकरणको बारेमा सार्वजनिक गरेको हो ।
कार्यक्रमका अवसरमा प्रमुख प्रशासकीय अधिकृत देवर्षि सापकोटाले वार्षिक विनियोजित १ अर्ब ४ करोड ६५ लाख ६४ हजार २०२ रुपैयाँ मध्ये ८९ करोड ४३ लाख ७२ हजार ३१७ रुपैयाँ अर्थात् ८५.०४ प्रतिशत बजेट भने खर्च भईसकेको बताउनु भयो ।
उक्त बजेट मध्ये चालु खर्च मात्रै ६६ करोड ४२ लाख ८४ हजार १०६ रुपैयाँ अर्थात् ९०.५७ प्रतिशत र पुँजीगत तर्फ रु ३१ करोड ८१ लाख ८६ हजार ३८५ रुपैयाँ अर्थात् ७२.३१ प्रतिशत बजेट खर्च गरिएको पनि प्रमुख सापकोटाद्धारा प्रस्तुत प्रतिवेदनमा उल्लेख गरिएको छ ।

त्यसैगरि नगरले चालु आवमा आर्थिक विकास तर्फ ७५.८८ प्रतिशत, सामाजिक विकास तर्फ ८८.९४ प्रतिशत र पूर्वाधार तर्फ ७३.६८ प्रतिशत बजेट खर्च गरिएको जानकारी पनि सो अवसरमा गराईएको थियो ।
त्यसैगरि सुशासन सम्बन्धित क्षेत्रको खर्च ८४.०४ प्रतिशत गरिएको र सबै भन्दा धेरै ९१.२४ प्रतिशत खर्च कार्यालय सञ्चालन एवं प्रशासनिक खर्च तर्फ खर्च गरिएको जानकारी पनि गराईएको थियो ।
जस अन्र्तगत सम्रग खर्चको परिणामका आधारमा १४ वटा वडाका विद्यालय देखि स्वास्थ्य संस्थाहरु र मन्थली नगर अस्पताल सञ्चालन लगाएतको खर्चमा भएको वृद्धिले नगरको खर्च विवरणको शिर्षक बढेको हो ।
अन्य पालीका हरुको जस्तै सार्वजनिक सुनुवाइमा नागरिक सहभागीता न्यून भएपछि सहभागि राजनीतिक दलहरुले नागरिकको अनु पस्थीतिका बारेमा कुरा उठाएका थिए ।
नगर प्रमुख लव श्रेष्ठको अध्यक्ष र प्रमुख आतिथ्इमा भएको उक्त कार्यक्रममा उपप्रमुख ईश्वरी बस्नेत वडा नं २,३,४,५,७,८,११,१२, १३ नम्बरका वडा अध्यक्ष नगरका कर्मचारी र जिल्ला स्थीत सँचार कर्मिहरूको मात्रै उपस्थिति रहेको सार्वजनिक सुनुवाइ नागरिकको उपस्थीत नहुँदा खासै प्रभावकारी भने नदेखिएको हो ।
सार्वजनिक सुनुवाइ कार्यक्रममा उठेका कुराहरुका बारेमा जवाफ दिँदै नगर प्रमुख लव श्रेष्ठले नगरपालिकाले हरेक योजना र कृृयाकलापमा नागरिकका आवश्यकताका आधारमा सवैसँग सहकार्य गरी काम गरि रहेकाले बजेटको खर्चमा कुनै पनि अपारदर्शिता नरहेको विचार पनि प्रस्तुत गर्नु भएको थियो ।
प्रहार मिडिया प्रा.लि संगको सहकार्यमा नगरपालिकाले कार्यक्रमको आयोजना गरेको कार्यक्रमका सँचालक आरसी विकाले जानकारी दिनु भयो ।

Share3Tweet2Share1

Related Posts

मन्थली र रामेछापमा रक्तदान कार्यक्रम
विविध

मन्थली र रामेछापमा रक्तदान कार्यक्रम

२६ असार २०८३, शुक्रबार
रामेछापका सरकारी कार्यालयको वार्षिक समीक्षा,सेवा प्रवाह र गुणस्तर सुधारमा जोड
विविध

रामेछापका सरकारी कार्यालयको वार्षिक समीक्षा,सेवा प्रवाह र गुणस्तर सुधारमा जोड

२६ असार २०८३, शुक्रबार
रामेछाप न.पा.काे खर्च ६८.७ प्रतिशत मात्र
विविध

रामेछाप न.पा.काे खर्च ६८.७ प्रतिशत मात्र

२६ असार २०८३, शुक्रबार
मन्थली नगरको बजेट एक अर्ब तीन करोड बीस लाख
विविध

मन्थली नगरको बजेट एक अर्ब तीन करोड बीस लाख

२६ असार २०८३, शुक्रबार
मन्थलीमा योग दिवस मनाइयो
विविध

मन्थलीमा योग दिवस मनाइयो

२६ असार २०८३, शुक्रबार
रामेछापमा लागु अौषध दुरूपयाेग एबं अाेसार पसार विरूद्दका घटनाहरू बढेकाेमा चिन्ता
विविध

रामेछापमा लागु अौषध दुरूपयाेग एबं अाेसार पसार विरूद्दका घटनाहरू बढेकाेमा चिन्ता

२६ असार २०८३, शुक्रबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero