मन्थली,१० माघ । हराउँदै गएको लोक तथा चुड्का भजन संरक्षणका लागि रामेछापका युवाहरु जुटेका छन् ।
यस क्षेत्रमा रुची राख्ने युवाहरुको मन्थलीमा शनिवार भेलाको आयोजना गरी उनीहरु यस भजनको संरक्षणका लागि जुटेका हुन् ।
“धर्म सस्कृति हाम्रो पहिचान, पहिचान जोगाँउनु नै हाम्रो अभियान भन्ने मूल नाराका साथ राष्ट्रिय लोक भजन चुड्का संरक्षण प्रतिष्ठान तदर्थ समिति रामेछापले आयोजना गरेको पहिलो अधिबेशन बाट निर्वाचित नयाँ टोली यसको संरक्षणमा जुटेको हो ।
यस अघि गाँउघरमा लगाइने गरको रुद्री पुजा होस कि सत्यनाराणको पुजा होस, लाख बत्ति बालेको दिन होस की, गृह प्रबेश गरेको दिन होस, सप्ताहको साङ्गेको दिन होस, रातभर जाग्राम बस्नुपर्ने बेलामा यस्तै वालन भजन, खैजेडि भजन तथा चुट्का भजन गाएर तथा नाचेर रात कटाउने चलन थियो ।
तर हिजाेआज यी सबै हराएर पश्चिमेली शैलिका उछृङखल गित र भजनले स्थान पाउदै गएको प्रति सरोकारवालाहरुले चिन्ता ब्यक्त गरेका छन् ।
लोप हुन लागेक पुराना भजनहरुलाई संरक्षण गर्ने मुख्य उद्धेश्यका साथ यस प्रति रूची राख्ने युवाहरूकाे भेलाको आयोजना गरिएको राष्ट्रिय लोक भजन चुड्का संरक्षण प्रतिष्ठान तदर्थ समिति रामेछापका अध्यक्ष योगेन्द्र राज न्यौपानेले बताउनुभयो । उहाँले भन्नुभयो –“हाम्रो प्रयासमा स्थानीय तह हरुले जिल्लाको कला र संस्कृति जोगाउने खालका कार्यक्रमहरु लाई सहयोग गर्न सके यस्ता भजन किर्तनहरुको संरक्षण गर्न सकिन्छ ।
बुढापाकाहरुले नसक्नु युवा पुस्तामा यस प्रतिको रुचि नहुनु यस्ता भजनहरु लोप हुँदै जानुका कारणहरु भएको राष्ट्रिय लोक तथा चुड्का भजन संरक्षण प्रतिष्ठान रामेछापका सचिब केशब प्रसाद घिरिमेले बताउनुभयो । उहाँाले भन्नुभयो – “हिन्दुहरुको पहिचान वोकेको धर्म संस्कृति जोगाउने यस्ता वालन भजन, खैजेडी भजन तथा भजन किर्तन जोगाउनु हामी सबैको कर्तब्य हो ।”
मन्थली नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत देबर्षि सापकोटाले यस्ता संस्कृतिहरु जोगाउन नगरपालिका बाट पनि आबश्यक सहयोग गर्ने प्रतिबद्धता जनाउनु भएको छ ।
मन्थलीमा शनिवार सम्पन्न प्रथम अधिबेशनले योगेन्द्र राज न्यौपानेको अध्यक्षतामा नयाँ कार्य समिति निर्विरोध निर्बाचित गरेको छ ।











यो बारेमा तपाईको प्रतिकृया