रामेछाप,१२ असार । उज्यालो नेपाल पार्टीका अध्यक्ष एबं पूर्ब उर्जा जलसस्रोत तथा सिचाई एबं भतैतिक पूर्वाधार मन्त्री कुलमान घिसिङले वर्तमान सरकार तीन महिनाको अबधिमै असफल भैसकेको बताउनु भयो । संगठन विस्तारका क्रममा रामेछाप आइपुग्नु भएका घिसिडले शुक्रवार रामेछापको मन्थलीमा अनौपचारीक भेटघाटका क्रममा सो कुरा बताउनुभको हो ।
उहाले काँग्रेस एमालेको सरकार भएको बेला आफ्नो मान्छेलाई कार्वाही छुट गर्ने तर रवि लामछिानेलाई मात्र थुन्ने गरेकाले अहिले रविले पनि छानी छानी फरक पार्टिका नेतालाई सम्पति सुद्दिकरणका नाममा पक्रन थालेको बताउनुभयो ।
उहाँले पहिलाको सरकारले जे गर्याे अहिले को सरकारले पनि त्यहि गतिबिधिलाई अंगाल्नुमा सरकारको कार्यशैली फरक नभएको पनि बताउनुभयो ।
उहाँले सहकारी पिडितलाई सरकारको ढुकुटीबाट पैसा फिर्ता दिनेकुरा राम्रो नभएको भन्दै अध्यादेश ल्याएर देश चलाउनु खोज्नु झनै राम्रो नभएको वताउनुभयो ।
सरकारको दायित्व सबैलाई मिलाएर लाने भएपनि वर्तमान परिस्थितिलाई नियाल्दा त्यसो हुन नसकेको प्रति चिन्ता ब्यक्त गर्नुभयो ।
उहाले नेपालको जमिन भारतले मिचेको छ भन्ने प्रधानमन्त्रीको अभिब्यक्ती बेठिक भएको पनि बताउनुभयो ।
सुकुम्वासीहरुका घर टहरा भत्काउने कुरामा मानअधिकारको रक्षा नगरिएको , सुकुम्वासीको बैकल्पिक ब्यवस्थापन गरेर मात्र घर टहरा भत्काउनु पर्नेमा गलत तरिकाले भत्काइएकोेमा दुखः ब्यक्त गर्नुभयो ।
घिसिङले देश आर्थिक डिप्रेसनमा गैसकेको भन्दै कुनै, कन्सट्रक्सन वर्क नहुनु, उधेग धन्दामा लगानी नहुन , लगानी कर्ताले लगानी गर्ने वातावरण नवन्नु , बैंकमा धेरै पैसा तरलता हुनु सकरात्मक पक्ष नभएको पनि बताउनुभयो ।
सरकारले गरेको बजेट भाषणमा बिजुली गाडिमा भ्याट बढाएर डिजेल गाडि भन्दा बढि महांगो बनाउनु बिजुली गाडिको प्रयोग कम गर्ने तयारी गरेर डिजेल गाडीको प्रमोट गरेको पनि बताउनुभयो ।











यो बारेमा तपाईको प्रतिकृया