मन्थली २१, कार्तिक । राष्ट्रिय फोटो पत्रकार समुह नेपाल रामेछापको दोस्रो जिल्ला अधिबेशको उद्घाटन कार्यक्रम का प्रमुख अतिथि एबं बागमती प्रदेश सांसद आनन्द कुमार श्रेष्ठले फोटो खिचेर गर्नुभएको छ ।
जिल्ला अध्यक्ष मिलन बिकको अध्यक्षतामा सम्पन्न उक्त अधिबेशनका अबसरमा मन्थली नगर प्रमुख लव श्रेष्ठ, पत्रकार महासंघका अध्यक्ष दिपक घिमिरे, पूर्ब अध्यक्ष हिमाल ढुंगेल, रामेछाप उद्योग बाणिज्य संघका अध्यक्ष प्रकाश कुमार श्रेष्ठ पत्रकारका विभिन्न संगठनहरु क्रमशः प्रेस युनियन, प्रेस चौतारी र समावादी प्रेस संगठनका प्रमुख एबं प्रतिनिध र राष्ट्रिय फोटो पत्रकार समुह केन्द्रिय समितिका पदाधिकारीहरु समेतले शुभकामना मन्तब्य राख्नु भएको थियो । अधिबेनले नयाँ नेतृत्व समेत चयन गर्ने जनाइएको छ ।












यो बारेमा तपाईको प्रतिकृया