मन्थली, २१ साउन । शिक्षा विकास तथा समन्वय इकाइ रामेछापले प्रकाशन गरेको–२०८३ को क्यालेन्डरमा स्थानीय तहका असल अभ्यासहरू समेटेको छ ।
उक्त क्यालेन्डरमा दुई नगरपालिका र छ वटा गाँउपालिकाका शिक्षा शाखाहरुले गरेका असल अभ्यासहरु समेटिएको हो । जस मध्ये सबै भन्दा बढी असल अभ्यास उमाकुण्ड गाँउपालिकाको रहेको छ भने कम अभ्यास दोरम्बा शैलुङ गाँउपालिकाको रहेको छ ।
ती पालिकाहरूको शिक्षा शाखामा कार्यरत कर्मचारीहरुको नाम, सम्पर्क नं र इमेल ठेगाना समेत रहेको उक्त क्यालेन्डर मार्फत आफ्नो कार्यालय सहित पालिकाको सबै खाले सूचना दिने उद्देश्यका साथ गत बर्ष देखि कार्यालयले हरेक वर्ष क्यालेन्डर प्रकाशन गर्ने गरेको शिक्षा विकास तथा समन्वय इकाइ रामेछापका प्रमुख नेत्र प्रसाद गजुरेलले बताउनुभयो ।
कार्यालयको नागरिक वडा पत्र,बार्षिक कार्य योजना देखि कार्यालय मार्फत बार्षिक रुपमा गरेका विभिन्न गतिविधिहरुको तस्वीरहरू समेत समावेस गरिएको यो क्यालेन्डरलाई सूचनाको माध्यमका रुपमा समेत लिइएको सो कार्यालयका सूचना अधिकारी दिनेश नेपालीले बताउनुभयो ।












यो बारेमा तपाईको प्रतिकृया