मन्थली,७ भाद्र । उज्यालो नेपाल पार्टीका अध्यक्ष्य कुलमान घिसिङले अब हुने स्थानीय र प्रदेश निर्वाचनमा आफ्नो पार्टि पहिलो हुने दावी गर्नु भएको छ । आफ्नो संगठन विस्तार गर्ने क्रममा गृह जिल्ला रामेछाप आइपुग्नु भएका घिसिङले आइतवार पत्रकार सम्मेलनको अयोजना गरी सो कुरा बताउनु भएको हो ।
विद्युत महसुलमा लगाइएको कर, तथा ट्रकलाइन बक्यौता रकम असुल गराउन नेपाल सरकार विरुद्ध उज्यालो नेपाल पार्टिले देश ब्यापी रुपमा आयोजना गरेको हस्ताक्षर सङ्कलन अभियान अन्तगर्तत रामेछापको मन्थली पत्रकार सम्मेलनको आयोजना गरी उहाँ प्रदेश सरकार र अधिकांस जिल्ला समन्वय समिति आफ्नो पार्टिको नेतृत्वमा गठन हुने दावी गर्नु भएको थियो ।
अध्यक्ष घिसिङले ग्यासको अभाब भैरहेको बर्तमान सन्दर्भमा ग्यास लाई विस्थापित गरी प्रत्येक नेपाली नगारिकको घर घरमा इन्डक्सन – विद्युतिय) चुह्लो सरकारले वितरण गर्नु पर्ने माग राख्नुभयो ।
उहाँले आफु जहिले पनि विद्युुतिय चुल्हे र विद्युतिय सवारी साधन मात्र प्रयोग गर्ने भएकोले सबैलाई यस तर्फ लाग्न समेत आग्रह गर्नुभयो । नेपाल विद्युत प्राधिकरणको प्रमुख हुँदा ट्रान्सफर्मर खरिद प्रकृयामा हिनामिना भएको आरोप छ नि भन्ने पत्रकारहरुको प्रश्नको जवाफमा अनियमितताको पुष्टि भएको आफु जस्तो सुकै कार्वाही भोग्न तयार हुने र विना प्रमाण आरोप लगाउन नपाइने बताउनुभयो ।












यो बारेमा तपाईको प्रतिकृया