मन्थली १५ भाद्र । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको नवौं स्थापना दिवसको अवसरमा मन्थली बजारमा डस्विन वितरण गरिएको छ ।
रामेछाप उद्योग वाणिज्य संघको आयोजनामा भएको कार्यक्रममा मन्थली बजारलाई , सफा र व्यवस्थित बनाउने उद्देश्यले बजारका विभिन्न स्थानमा ४० थान डस्विन राखिएको रामेछाप उधोग वाणिज्य संघका अध्यक्ष प्रकाश कुमार श्रेष्ठले नेपाल अभियानलाई बताउनुभयो ।
सो कम्पनीले उद्योग बाणिज्य संघ लाई र संघले नगर प्रमुख लव श्रेष्ठ लाई हस्तान्तण गरेको भएपनि नगर प्रमुख श्रेष्ठले समानुापातिक ढंगबाट मन्थली वजारका विभिन्न स्थानमा डस्टविन राख्न उद्योग बाणिज्य संघ लाई अनुरोध गर्नु भएको थियो ।
यस्ता सामाजिक कामले सार्वजनिक स्थलमा जथाभावी फोहोर फाल्ने प्रवृत्तिको निरुत्साहित हुने रामेछाप उद्योग बाणिज्य संघका कार्यकारी अधिकृत नविन के.शीले बताउनुभयो ।
आफ्नो कम्पनीले विमा गराउने मात्र नभएर सामाजिक उत्तरदायित्वका कामहरु पनि गर्छ भन्ने सन्देस दिनका लागि यो कार्यक्रमको आयोजना गरिएको रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडकी शाखा प्रबन्धक ( बि.एम.) शान्ता श्रेष्ठले बताउनुभयो ।
जिल्लामा रहेका बैक तथा वित्तिय संस्थाहरुले यसैगरी सामाजिक उत्तरदायित्वका कामहरु गर्ने हो भने मन्थली वडा नं १ अन्तर्गत रहेको बजार क्षेत्रलाई अझ ब्यवस्थित, स्वच्छ र सफा बजार बनाउन सकिने मन्थली नगरपालिका वडा नं १ का अध्यक्ष होम प्रसाद पौडेलले बताउनुभयो ।
सो अबसरमा मन्थली बजार सरसफाई समेत गरिएको थियो ।












यो बारेमा तपाईको प्रतिकृया