मन्थली,२९ कार्तिक । मन्थली सहिद स्मृति बहुमुखी क्याम्पस मन्थली,रामेछापले आईबार अन्तरकृयात्मक कार्यक्रमकाे आयाेजना गरेकाे छ ।
क्याम्पस सञ्चालक समितिका अध्यक्ष उज्ज्वल सुबेदीकाे अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा क्याम्पस प्रमुख डाक्टर भरत कुमार श्रेष्ठले क्याम्पसका हाल सम्मकाे गतिबिधि र प्रगतीका बारेमा जानकारी गराउनु भएकाे थियाे ।
साे अबसरमा उहाँले क्याम्पसका सबै संकायमा गरी कुल ५९९ जना विद्यार्थी रहेकाे र भर्खरै मात्र स्नातकाेत्तर तहमा व्यवस्थापन संङ्काय तर्फ एम वि एस, शिक्षा संङ्काय तर्फ अङ्ग्रेजी र स्वास्थ्य शिक्षा, साथै मानविकी संङ्काय तर्फ ग्रामिण विकास,समाजशास्त्र र राजनीतिशास्त्र गरी ६ बिषय थपकाे लागि अनुमति प्राप्त भएकाे बताउनुभयाे ।
कार्यक्रमका अबसरमा बाेल्दै सहभागी सराेकारवालाहरूले जिल्लाकाे एक मात्र क्यु.ए.ए प्राप्त यस क्याम्पसकाे थप सुधारका लागि विभिन्न सुझावहरू दिएका थिए ।
कार्यक्रमका अबसरमा बाेल्दै अध्यक्ष सुवेदीले सराेकारवालाहरूकाे सुझावलाइ अाफुले पूर्णरूपमा कार्यान्वयनका लागि अाबश्यक पहल गर्ने भन्दै यस क्याम्पसलाइ राम्राे बनाउन सबैले सहयाेग गर्नुपर्ने बताउनुभयाे ।












यो बारेमा तपाईको प्रतिकृया