
मन्थली,१२ मङ्सिर । ग्रामीण बचत तथा ऋण सहकारी संस्था रामेछापले गत आ.ब. २०८२/८३ मा १ लाख ३५ हजार ६ सय २९ रुपैयाँ नाफा कमाएको छ । उक्त नाफा अघिल्लो आ.ब. २०८१/८२ को तुलनामा ५.२४ प्रतिशतले बृद्धि भएको हो ।
आज (शनिवार) सम्पन्न सो सहकारीको १६ औं बार्षिक साधारण सभाका अबसरमा सचिब पवन कुमार कठायतले उक्त नाफा भएको जानकारी गराउनु भएको हो ।
सो अबसरमा सचिब कठायतले हाल कायम रहेका १ हजार ४ सय शेयर सदस्यहको दैनिक तथा मासिक निक्षेप सङ्कलन, ऋण लगानी र विबिध आम्दानी बापद उक्त रकम नाफा भएको जानकारी दिनुभएको थियो ।
संस्थाका अध्यक्ष जीवन श्रेष्ठको अध्यक्षतमा सम्पन्न उक्त कार्यक्रमको उद्घाटन जिल्ला सहकारी संघ रामेछापका अध्यक्ष हिमाल ढुङ्गेलले एक समारोहकावीच गर्नु भएको थियो ।
कार्यक्रमका अबसरमा प्रमुख अतिथि ढुङ्गेल,जिल्ला बचत संघका उपाध्यक्ष नविन के.शी., रामेछाप उद्योग बाणिज्य संघका अध्यक्ष प्रकाश कुमार श्रेष्ठ, पत्रकार महासंघ रामेछापमा पूर्व अध्यक्ष रमेश ढुङ्गेल लगाएतले शुभकामना मन्तब्य राख्नु भएको थियो । सो अबसरमा जेष्ठ नागरीक बचत, बाल वचत, अधिक बचत लगाएतका विभिन्न विधामा सहकारीका शेयर सदस्यहरुलाई सम्मान गरिएको थियो ।












यो बारेमा तपाईको प्रतिकृया