
रामेछाप । नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको निर्णय बमोजीम पत्रकारलाई सामूहिक गिरफ्तार गर भन्ने मूल नारा सहित जिल्ला कार्य समिति रामेछापले पनि आज जिल्ला प्रशासन कार्यालयको मूल गेटमै विरोध प्रदर्शन गरेको छ ।
प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि भइरहेको सरकारी हस्तक्षेप र पत्रकारमाथिको धरपकड, सञ्चारमाध्यम माथि सरकारी नियन्त्रणको प्रयास र पत्रकारका पेसागत र श्रम अधिकारको उल्लङ्घनविरुद्ध नेपाल पत्रकार महासंघ रामेछापले बुधबार(आज) मन्थलीमा प्रदर्शन गरेकाृ नेपाल पत्रकार महासंघ रामेछापका अध्यक्ष दिपक कुमार घिमिरेले जानकारी दिनु भएको छ ।











यो बारेमा तपाईको प्रतिकृया