Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

१३ औं सागले देखाएको सपना : ‘सागमा स्वर्ण जित्ने प्राण, फेन्सिङको अशल प्रशिक्षक बन्ने रहर’

नेपाल अभियान नेपाल अभियान
२८ मंसिर २०७६, शनिबार
in कुराकानी, खेलकुद
0
857
SHARES
Share on FacebookShare on Twitter

१३ औं दक्षिण एसियाली खेलकु (साग) मा रामेछाप जिल्लाबाट पनि धेरै खेलाडीहरुले सहभागिता जनाएका छन् । सहभागिता जनाउने मध्ये पाँच जनाले एक/एक पदक पाएका छन् । जसमा सुनापति गाउँपालिकाका लक्ष्मण तामाङले कराते खेल तर्फबाट एक स्वार्ण, रामेछाप नगरपालिकाका दिवस श्रेष्ठले कराते मार्फत नै एक रजत, लिखु तामाकोशी गाउँपालिकाकी भावना सुनुवारले स्क्वास खेलमा कास्य पदक, रामेछाप नगरपलिकाकी इन्दिरा पौडेल र लिखुतामाकोशी गाउँपालिका राजन राज खडकाले फेन्सिङमा कास्य पदक जितेका छन् ।

तिनै पाँच खेल मध्ये विश्वका विभन्न राष्ट्रमा चर्चित रहेको तर नेपालमा भने खासै नरुचाईएको फेन्सिङ खेलमा सहभागिता जनाएर कास्य पदक जित्नुभएका लिखुतामाकोशी गाउँपालिका–३ धोवीका राजन राज खड्कासँग सागमा आफ्नो भोगाई, नेपालमा फेन्सिङको अवस्था, फेन्सिङ खेलको बारेमा आफ्नो भविष्य लगायतका विषयमा रहेर नेपाल अभियान डटकमले कुरानकानी गरेको छ ।

१३ औं सागमा सहभागिता जनाउँदै कास्य पदक मात्रै जित्नुभयो । के भन्नुहुन्छ यो पदकको विषयमा ?

यो फेन्सिङ खेल विश्वाका विभिन्न राष्ट्रहरुमा एकदम महत्वका साथ खेलाईन्छ । तर नेपालमा यो खेललाई राज्यले त्यति महत्वका साथ हेरको छैन् । यस्तो अवस्थामा पनि नेपालले ४ ओटा रजत पदक र ६ ओटा कास्य पदक गरी दश पदक जितेको छ । यो धेरै राम्रो उपलब्धी हो । किनकी यो खेल नेपाल भित्रिएको धेरै समय भएको छैन् । सन २००८ मा मात्रै भित्रिएको हो ।

राज्यले किन यसलाई महत्व दिन सकेन ?

हाम्रो देश नेपाल खेलकुदको क्षत्रमा निकै पछाडी रहेको छ । नेपालको रष्ट्रिय खेल भलिबल देखि अन्य खेलकुदमा समेत राज्यले ठूलो लगानी गर्न सकेको छैन् भने यो त भर्खरै भित्रिएको खेल हो । त्यसैले पनि हामीले अपेक्षा गरे अनुसारको उपलब्धी हुन सकेको छैन् । फेरि राज्यले मात्रै सबै कुरा गर्छ भन्ने हैन् । विभिन्न व्यक्ति, संघसंस्था, खेलाडी लगायत सबैले सहयोग र सहकार्य गर्नुपर्छ । तसर्थ राज्यले मात्रै महत्व दिएर यो खेलमा ठूलो उपलब्धी हुँदैन यसको लागि सबै लाग्नु पर्छ ।

फेन्सिङ खेलबाट आगामी दिनमा अन्तराष्ट्रिय प्रतियोगितामा स्वर्ण जित्न के गर्नु पर्छ ?

पहिलो कुरा चाहि नेपालमा फेन्सिङ खेलमा चासो राख्ने धेरै खेलाडीहरु छन् । उनिहरुको उद्देश्य भनेको आफूले खेल्न लागेको खेलबाट आफूलाई भन्दा पनि राष्ट्रलाई केही दिन पाए हुन्थ्यो भन्ने हुन्छ । यो फेन्सिङ खेलको सुरुवात भर्खरै भए पनि नेपालमा राम्रो संभावना छ । त्यसैले राज्यले ठूलो लगानी गर्नु पर्छ । त्यसैगरी यस अघि गरेको लगानीलाई पनि थप व्यवस्थित बनाउन सके राम्रो हुन्छ । जस्तो अभ्यास खेलको लागि नेपालकै खेलाडीहरुसँग आन्तरिक प्रतिस्पर्धा गराईन्छ । यो पनि राम्रो त हो । तर यसले अरुको देशको खेलाडीसँग प्रतिस्पर्धा गर्न सकिन्छ की सकिँदैन भन्ने थाहाँ हुँदैन् । अन्तराष्ट्रिय स्तरका खेलाडीहरुसँग अभ्यास खेलहरु खेलाउँदा हामीले आफ्नो खेललाई सुधार गर्न सक्छौँ । तसर्थ विभिन्न समयमा खेलाईने खेलहरु बाह्य देशहरुसँग अभ्यास खेलहरु खेलाउँदा राम्रो हुन्छ ।

अबको खेल जीवनलाई कसरी अगाडी बढाउने योजनामा हुनुहुन्छ ?

हामी खेलाडी भनेको कहिल्यै पनि व्यक्तिगत फाइदाको लागि खेलेका हुँदैनौ । हामीले खेल खेल्ने राष्ट्रको नाम राख्नको लागि नै हो । यो खेलमा उमेर समूह समेत निर्धारण नहुने हुँदा मेरो सम्पूर्ण जीवन नै यो फेन्सिङ खलेको लागि समर्पित गर्छु । राष्ट्रको नाममा कुनै दिन स्वर्ण पदक जितेर देखाउने रहरलाई भविष्यको योजनामा राखेको छु ।

अन्तिममा केही भन्नु छ ?

सबै क्षेत्रमा लाग्ने मान्छेको एउटै लक्ष्य हुन्छ– त्यो क्षेत्रको सबै भन्दा ठूलो ठाउँमा पुग्ने । खेलकुद क्षेत्रको सबै भन्दा ठूलो ठाउँ आफूसँग भएको प्रतिभा देखाएर राष्ट्रको नाम राख्दै स्वर्ण पदक जित्नु हो । मेरो पनि लक्ष्य अन्तराष्ट्रिय स्तरको स्वर्ण जित्ने र १४ औं सागमा यस वर्षको जस्तै सहभागिता जनाएर स्वर्ण पदक जसरी पनि जित्ने । अनि फेन्सिङ खेलको अशल प्रशिक्षक बन्ने ठूलो इच्छा छ ।

Share732Tweet52Share15

Related Posts

भैसैश्वर योग साधना केन्दले मनायो आफनो दोस्रो बार्षिक उत्सब
खेलकुद

भैसैश्वर योग साधना केन्दले मनायो आफनो दोस्रो बार्षिक उत्सब

२८ मंसिर २०७६, शनिबार
राष्ट्रपति रनिङ्ग शिल्ड मन्थली नगरपालिकाले उचाल्यो
खेलकुद

राष्ट्रपति रनिङ्ग शिल्ड मन्थली नगरपालिकाले उचाल्यो

२८ मंसिर २०७६, शनिबार
मन्थली न.पा.को राष्ट्रपति रनिङ शिल्ड मन्थली मावि लाई
खेलकुद

मन्थली न.पा.को राष्ट्रपति रनिङ शिल्ड मन्थली मावि लाई

२८ मंसिर २०७६, शनिबार
घिमिरे बन्धु राष्ट्रिय प्रतिष्ठान रामेछापमा नविन घिमिरे
कारोबार

घिमिरे बन्धु राष्ट्रिय प्रतिष्ठान रामेछापमा नविन घिमिरे

२८ मंसिर २०७६, शनिबार
मन्थलीमा तेस्रो रामेछाप कप सुरु
खेलकुद

मन्थलीमा तेस्रो रामेछाप कप सुरु

२८ मंसिर २०७६, शनिबार
मन्थलीमा फुटवल प्रतियोगिता हुँदै
खेलकुद

मन्थलीमा फुटवल प्रतियोगिता हुँदै

२८ मंसिर २०७६, शनिबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero