मन्थली,१९ माघ । मन्थलीमा सम्पन्न नगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड मन्थली मावि मन्थलीले प्राप्त गरेको छ ।
प्रतियोगिताका विभिन्न विधाहरुमा ३१ स्वर्ण २५ कास्य र १५ रजत पदक गरी कूल ७१ पदक सहित प्रथम स्थान सहित शिल्ड जितेको हो ।
जिल्ला सदरमुकाम मन्थलीमा यही माघ १६ गते देखि १८ गते सम्म सन्चालन भएकाे उक्त खेलमा तामाकोशी इङ्लिस बोर्डिङ स्कुल द्वितिय र कर्कलादेवी इङ्लिस बोर्डिङ स्कुलले तृतिय स्थान हासिल गरेका थिए ।
विजयी प्रतियोगीहरुलाई मन्थली नगर प्रमुख लव श्रेष्ठ,उपप्रमुख इश्वरी बस्नेत प्रमुख जिल्ला अधिकारी राजु प्रसाद पौडेल र मन्थली नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत देवर्षि सापकोटाले शिल्ड मेडल र प्रमाणपत्र वितरण गर्नु भएको थियो ।
मन्थली माविले नगरस्तरीय राष्ट्रपति खेलकुद प्रतियोगिता सञ्चालन भएदेखि हालसम्म ३ वटा शिल्ड सधैका लागि आफ्नो पक्षमा पारिसकेको मन्थली मा बि का सहायक प्रधानाध्यापक खेच बहादुर खड्काले बताउनुभयाे ।
यो बारेमा तपाईको प्रतिकृया