Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

मिसावटयुक्त पेट्रोल विक्री गरेपछि लक्ष्मी आयल स्टोर्स सिल

नेपाल अभियान नेपाल अभियान
९ जेष्ठ २०७७, शुक्रबार
in समाचार
0
161
SHARES
Share on FacebookShare on Twitter

रामेछाप– मन्थलीमा रहेको लक्ष्मी आएल स्टोर्सलाई जिल्ला प्रशासन कार्यालयले सिल गरेको छ । विहिबार साँझ प्रशासकिय अधिकृत भाष्कर दाहालको नेतृत्वमा अनुगमनका लागि खटिएको जिल्ला अनुगमन टोलीले उक्त स्टोर्सलाई सिल गरेको हो ।

लक्ष्मी आयल स्टोर्सले मिसावटयुक्त पेट्रोल विक्रि गरिरहेको र काउण्टर संचालकको  ब्यवहार पनि पारदर्शि नहुने गरि काम हुने गरेको लगायतका सूचनाका आधारमा उक्त आयल स्टोर्स सिल गरिएको जानकारी प्रशासनले गराएको छ । यस अघिका दिनमा पनि बेला बेलामा ग्राहकहरुबाट विभिन्न गुनासा आउने गरेको उक्त पेटोलपम्पले केहि दिन अघि देखी मिसावटयुक्त पेट्रोल विक्रि गर्दै आएको र त्यहाँ हालेको पेट्रोलले  मोटर साईकलनै नचल्ने भएपछि उपभोक्ताहरुले धमाधमा आफूले लगेको पेट्रोल ल्याएर पम्पमा जिम्मा लगाएका थिए ।

त्यस बाहेक उक्त आयल स्टोर्सले जहाजहरुका लागि मात्र प्रयोगमा ल्याईने हवाई इन्धन मन्थली एरपोर्टमा रहेको आएल निगमको डिपोका कर्मचारीहरुकोे मिलेमतोमा न्युन मुल्यमा ल्याएर मिसावट गर्ने गरेको पनि उपभोक्ताले आरोप लगाएका छन् ।

हालेको पेट्रोलले मोटर साईकल चल्न छाडेपछि आफूहरुले सबै तेल ल्याएर पम्पमानै जिम्मा लगाएको रामेछाप ८ का गोविन्द बहादुर कार्कीले बताए । अनुगमनकै क्रममा पम्पमा आईपुगेको उनि र उनको टोलीले सबै तेल फिर्ता गरेका थिए । मिसावटयुक्त पेट्रोलका बारेमा अनुगमन टोलीले अमलेखगन्ज डिपोमा पनि सम्पर्क गरेको र डिपोले मिसावटमा डिपोको कुनै पनि हात नभएको र समस्या ट्याँकर या स्थानीय स्तरमानै भएको हुन सक्ने जानकारी दिएको थियो ।

अनुगमनका क्रममा पम्पको परीक्षण गर्न खोज्दा पम्को नोजल जाम भएर नचलेपछि टोलीले पम्पको मुचुल्का गरि उपभोक्ताहरुले फिर्ता गरेको २ जम्बो पेट्रोलको नमूना परीक्षणको लागि लिएर गएको थियो । सिल गरेकोले प्रशासनले छानविन गरि अनुसन्धानको दायरालाई फराकिलो बनाएर समस्याको पहिचान गर्ने प्रशासकीय अधिकृत भाष्कर दाहालले बताए ।  तर अनुगमनका क्रममा काउण्टर संचालक गोमा कार्कीले भने यसमा आफूहरुको कुनै पनि दोष नरहेको बताईन् । उनले मिसावट देखिएको हो तर के गरि मिसावट भयो भन्ने कुरा आफूलाई कुनै जानकारी छैन् । जसका कारण आफूहरुले ठुलो मात्राम विक्रि गरेको ईन्धन समेत झिकाई सकेको उनको भनाई रहेको छ । उक्त पेट्रोल पम्प रामेछाप उद्योग बाणिज्य संघ अध्यक्ष केशव घिमिरेको भएको र अनुगमन टोली पुग्दा उनि भने पम्पमा थिएनन् । तर टोलीले उनलाई पनि जानकारी भने गराएर मात्र पम्प सिल गरेको हो ।

Share96Tweet27Share8

Related Posts

रामेछापका सरकारी कार्यालयको वार्षिक समीक्षा,सेवा प्रवाह र गुणस्तर सुधारमा जोड
विविध

रामेछापका सरकारी कार्यालयको वार्षिक समीक्षा,सेवा प्रवाह र गुणस्तर सुधारमा जोड

९ जेष्ठ २०७७, शुक्रबार
सिमित स्रोत र साधनले भ्याएसम्म विकास निर्माणका काम गछौं– कानून मन्त्री गौतम
समाचार

सिमित स्रोत र साधनले भ्याएसम्म विकास निर्माणका काम गछौं– कानून मन्त्री गौतम

९ जेष्ठ २०७७, शुक्रबार
मन्थली नगरमा अनलाइन प्रणालीको राजस्व संकलन नहुँदा सेवाग्राहीलाई सास्ती
समाचार

मन्थली नगरमा अनलाइन प्रणालीको राजस्व संकलन नहुँदा सेवाग्राहीलाई सास्ती

९ जेष्ठ २०७७, शुक्रबार
पुष्पलाल स्मृति पत्रकारीता पुरस्कार पौडेललाई
समाचार

पुष्पलाल स्मृति पत्रकारीता पुरस्कार पौडेललाई

९ जेष्ठ २०७७, शुक्रबार
बृक्षरोण र जरा अभियान समापन कार्यक्रम गरी वि.पी. स्मृति दिवस मनाइयो
समाचार

बृक्षरोण र जरा अभियान समापन कार्यक्रम गरी वि.पी. स्मृति दिवस मनाइयो

९ जेष्ठ २०७७, शुक्रबार
रामेछाप न.पा.काे खर्च ६८.७ प्रतिशत मात्र
विविध

रामेछाप न.पा.काे खर्च ६८.७ प्रतिशत मात्र

९ जेष्ठ २०७७, शुक्रबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero