रामेछाप– मन्थलीमा रहेको लक्ष्मी आएल स्टोर्सलाई जिल्ला प्रशासन कार्यालयले सिल गरेको छ । विहिबार साँझ प्रशासकिय अधिकृत भाष्कर दाहालको नेतृत्वमा अनुगमनका लागि खटिएको जिल्ला अनुगमन टोलीले उक्त स्टोर्सलाई सिल गरेको हो ।
लक्ष्मी आयल स्टोर्सले मिसावटयुक्त पेट्रोल विक्रि गरिरहेको र काउण्टर संचालकको ब्यवहार पनि पारदर्शि नहुने गरि काम हुने गरेको लगायतका सूचनाका आधारमा उक्त आयल स्टोर्स सिल गरिएको जानकारी प्रशासनले गराएको छ । यस अघिका दिनमा पनि बेला बेलामा ग्राहकहरुबाट विभिन्न गुनासा आउने गरेको उक्त पेटोलपम्पले केहि दिन अघि देखी मिसावटयुक्त पेट्रोल विक्रि गर्दै आएको र त्यहाँ हालेको पेट्रोलले मोटर साईकलनै नचल्ने भएपछि उपभोक्ताहरुले धमाधमा आफूले लगेको पेट्रोल ल्याएर पम्पमा जिम्मा लगाएका थिए ।
त्यस बाहेक उक्त आयल स्टोर्सले जहाजहरुका लागि मात्र प्रयोगमा ल्याईने हवाई इन्धन मन्थली एरपोर्टमा रहेको आएल निगमको डिपोका कर्मचारीहरुकोे मिलेमतोमा न्युन मुल्यमा ल्याएर मिसावट गर्ने गरेको पनि उपभोक्ताले आरोप लगाएका छन् ।
हालेको पेट्रोलले मोटर साईकल चल्न छाडेपछि आफूहरुले सबै तेल ल्याएर पम्पमानै जिम्मा लगाएको रामेछाप ८ का गोविन्द बहादुर कार्कीले बताए । अनुगमनकै क्रममा पम्पमा आईपुगेको उनि र उनको टोलीले सबै तेल फिर्ता गरेका थिए । मिसावटयुक्त पेट्रोलका बारेमा अनुगमन टोलीले अमलेखगन्ज डिपोमा पनि सम्पर्क गरेको र डिपोले मिसावटमा डिपोको कुनै पनि हात नभएको र समस्या ट्याँकर या स्थानीय स्तरमानै भएको हुन सक्ने जानकारी दिएको थियो ।
अनुगमनका क्रममा पम्पको परीक्षण गर्न खोज्दा पम्को नोजल जाम भएर नचलेपछि टोलीले पम्पको मुचुल्का गरि उपभोक्ताहरुले फिर्ता गरेको २ जम्बो पेट्रोलको नमूना परीक्षणको लागि लिएर गएको थियो । सिल गरेकोले प्रशासनले छानविन गरि अनुसन्धानको दायरालाई फराकिलो बनाएर समस्याको पहिचान गर्ने प्रशासकीय अधिकृत भाष्कर दाहालले बताए । तर अनुगमनका क्रममा काउण्टर संचालक गोमा कार्कीले भने यसमा आफूहरुको कुनै पनि दोष नरहेको बताईन् । उनले मिसावट देखिएको हो तर के गरि मिसावट भयो भन्ने कुरा आफूलाई कुनै जानकारी छैन् । जसका कारण आफूहरुले ठुलो मात्राम विक्रि गरेको ईन्धन समेत झिकाई सकेको उनको भनाई रहेको छ । उक्त पेट्रोल पम्प रामेछाप उद्योग बाणिज्य संघ अध्यक्ष केशव घिमिरेको भएको र अनुगमन टोली पुग्दा उनि भने पम्पमा थिएनन् । तर टोलीले उनलाई पनि जानकारी भने गराएर मात्र पम्प सिल गरेको हो ।
यो बारेमा तपाईको प्रतिकृया