Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

रामेछापका डिएसपीहरु हिलो सोर्दै

नेपाल अभियान नेपाल अभियान
१७ आश्विन २०७७, शनिबार
in समाचार, समाज
0
151
SHARES
Share on FacebookShare on Twitter

रामेछाप । जिल्ला प्रहरी कार्यालय रामेछाप र शसस्त्र प्रहरी बल मन्थली गुल्म का प्रहरी नायव उपरीक्षकहरुले शनिबार मन्थली बजार सरसफाईका क्रममा आफैले हिलो सोर्नुभएको छ ।

रामेछाप सहयोगी मनहरु (रासम) को अगुवाइमा आज शानिबार गरिएको बजार सरसफाइ अभियानका क्रममा  जिल्ला प्रहरी प्रमुख बसन्त पाठक, र शसस्त्र प्रहरी बलका प्रमुख केशब प्याकुरेलले बिद्युत प्राधिकरण मन्थलीको कार्यालय भवन भन्दा मुनिको नालिमा जमेको हिलो सोर्नु भएको थियो ।

उनीहरुले जिल्ला सदरमुकाम मन्थलीलाई सफा स्वस्च्छ हराभरा बनाउने प्रयास गर्दै रासम को आभियानमा साथ दिन हिलो सोर्नुभएको हो ।

बजार सरसफाई गर्नु सबैको दायित्व भएकोले आफुले आफ्ना सहकर्मी प्रहरीहरु र रासमका सदस्यहरु सँगै बजार सरसफाइमा लागेको शसस्त्र प्रहरी बलका प्रहरीनायब उपरिक्षक केशब प्याकुरलेले बताउनुभयो ।

रासमले गत १० गते शनिबार देखि सुरु गरेको  यो अभियान मन्थलीको बजार क्षेत्रका बिभिन्न भागहरु सरसफाई गरी आज औपचारिक रुपमा समापन गरेको छ ।

आफ्नो घर, आगन र अफु बसेको अगाडिको सडक तथा नाली सधै सफा राख्नु पर्छ भन्ने चेतना दिनका लागि १ हप्ते बजार सरसफाई अभियान सञ्चालन गरेको रासमका सदस्य नवराज श्रेष्ठले जानकारी दिनुभयो ।

एक हप्ता लगाएरका गरेको बजार सरसफाईले मन्थली बजार क्षेत्रको सौन्दर्यता थपेको र फेरी पनि यस्तो फोहोर गरेको पाइएमा जस्को घर अगाडिको फोहोर हो त्यो फोहोर उठाएर फलिदिने र सामाजिक सञ्जालमा आज यस्को घरअगाडिको फोहोर उठाइयो भनेर सबैलाई जानकारी गराउने  अबको कार्यक्रम रहेको रासमका अर्का सदस्य जयराम मानन्धरले बताउनुभयो ।

आज बिहान ७ बजे देखि जिल्ला प्रहरी कार्यालय अगाडि बाट सुरुगरिएको सरसफाई अभियान मालपोत नापि कार्यालयको भवन अगाडि हुदै देवकोटा चोकमा आएर समापन गरिएको थियो  ।

समापनका अबसरमा बोल्दै नेपा पत्रकार महासंघ रामेछापका अध्यक्ष रमेश ढुंगेलले रासमको सामाजिक कामका लागि गरिएका बिभिन्न  अभियानहरुको प्रसंसा गर्दै आ–आफ्नो घर अगाडि सबैले सफा गर्नु पर्ने,सरसफाईका लागि सम्बन्धीत टोल सुधार समिति लाई जिम्मेवारी दिनुपर्ने र बिदाको दिन मा नउठाइने गरेको फोहोरलाई सो दिन पनि उठाउने ब्यवस्था गर्नुपर्ने कुरालाई जोड दिनुभयो ।

सो अबसरमा बोल्दै रामेछाप उद्योग बाणिज्य संघका अध्यक्ष केशब प्रसाद घिमिरेले रासमको यो सरसफाई अभियान निरन्तर चलिरहनुपर्ने र त्यसका आफुले पनि साथ दिने बताउनु भयो ।

उहाले कोभिड–१९ का कारण ठप्प भएको ब्यापार ब्यवसायलाई थप प्रभावकारी ढंगबाट सञ्चालन गर्न जनस्वास्थ्यका मापदण्डहरु अपनाई आ–आफ्नो ब्यापार ब्यवसाय गर्न समेत अनुरोध गर्नु भएको थियो ।

Share60Tweet38Share11

Related Posts

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी
समाचार

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी

१७ आश्विन २०७७, शनिबार
चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ
समाचार

चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ

१७ आश्विन २०७७, शनिबार
मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते
प्रहरी-प्रशासन

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते

१७ आश्विन २०७७, शनिबार
ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

१७ आश्विन २०७७, शनिबार
नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

१७ आश्विन २०७७, शनिबार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

१७ आश्विन २०७७, शनिबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero