Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

टारबारीमा प्रसाई चोक !

रमेश ढुङ्गेल रमेश ढुङ्गेल
२७ कार्तिक २०७७, बिहीबार
in समाचार, समाज
0
675
SHARES
Share on FacebookShare on Twitter

रामेछाप –२७ कात्तिक । रामेछाप जिल्लाको मन्थली नगरपालिका वडा नं–७ स्थित मुगिटारको टारवारीमा बसेको नयाँ बजारलाई प्रसाई चोक नामाकरण गरिएको छ । 

राजा पृथ्वीनारायण शाहबाट राष्ट्र भक्तिको कदर स्वरुप नेपाली सेनानी उपाधि प्राप्त  गरेका रामेछापका (पहिला पकरवास पछि मुगिटार निबासी) रामचन्द्र प्रसाइले देश निर्माणका लागि दिएको योगदानको उच्च कदर गर्दै टारबारी बाट मुहान तर्फ, पिङ्खुरी तर्फ र खनखने हुँदै बडिमुहान तर्फ जाने चौबाटोलाई प्रसाई चोक नामाकरण गरिएको वडा अध्यक्ष सुदर्शन प्रसाईले बताउनु भयो

किन गरियो त प्रसाई चोक नामाकरण ?   

कान्तिपुरका राजा जयप्रकाश मल्लले गोर्खाली फौजलाई परास्त पार्न कलकत्ता गभर्नरलाई आग्रह गर्दा अंग्रेजका तर्फबाट कपतान किनलकको नेतृत्वमा आएको फौजले सिन्धुली गढिमा आक्रमण गर्दा भएको युद्धमा मुगिटारका रामचन्द्र प्रसाइले युद्ध अगावै निगालेमा ठानावारी बसेका काजि बंश राज पाण्डे, वीरभद्र उपाध्याय र बंश गुरुङको मातहतमा रहेको गोर्खाली सेनाको फौलाई  भेटि सल्लाह गर्दा रासन पानी, खर्चबर्च र थप फौजको आबश्यकता ठानी तत्कालिन श्री ५ महाराजाधिराजबाट हुकम भएमा आफ्नो बर्गले भेटे जति अन्नपानीको चाँजो मिलाउला, तर काजीहरुले भने जति रुपैया त छैन, खोज्नु पर्छ के गर्ने ? बटुल्नु पर्ने झारा बटुली भिडँुला भन्ने ब्यहोराको अर्जिपत्र बि.सं–१८२४ साल भाद्र तिर लेख्दा उक्त पत्रमा काजिहरुले समेत निज (रामचन्द्र प्रसाइ) लाई  हात लिइ काम गरेमा चाहिदो मद्दत (आबश्यक धन र अन्न पानीको समेत भरथेग) हुनेछ भन्ने सिफारिस पत्र सहित भरपरर्दो मानिसका साथ रातारात श्री ५ लाई किर्तिपूर पठाउदा तत्कालिन श्री ५ पृथ्बीनारायण शाहले सेनापति रामकृष्ण कँुवरलाई बोलाई हुकुम दिँदा रामचन्द्र प्रसाईलाई “युद्धमा भारदारहरुले प्रयोग गर्ने हतियार, लगाउने लुगा र आबश्यक सामनको साथै तिमिले पठाएको पत्र आयो अर्थ मालुम भयो, फिरङ्गीको आक्रमण हुन्छ भन्ने हल्ला छ के गर्ने हो ? भनि पठाएको भलो हो । फिरङ्गी ब्वाँसो हो, उसले जित्यो भने हामी कसैले पनि बाच्नु पर्दैन, अहिले निगालेमा नै बसेपनि पछि सिन्धुली भन्ज्याङमा गई जलिया (घेरा) हालि बस्नु पर्छ । तराइ तिर नजानु, फिरङ्गीले आँत पाउला,जय नारायणले खुर्कोट तिरको झारो बटुलेको छ, तैपनि पुग्दैन अरु भर तिम्रै छ, आड बलियो गरि बनाउनु पर्छ । २ हजार रुपैया भए अहिले लाई पुग्छ, खाने सामल पुग्दो मिलाउ, यहाबाट पनि चाहिदो सेना बिदा गरि पठाएको छु । अरु भर तिम्रै छ  ।” भन्ने ब्यहोरा को पत्र लेखि लालमोहर लगाई किर्तिपूर बाट तुरुन्तनै पठाए । जसको नेतृत्व सरदार रामकृष्ण कुँबरले गरी सिन्धुली प्रस्थान गर्दा पैसा, खाने सामल, तथा झारा, लिएर रामचन्द्र प्रसाई पनि गोर्खाली भारदारहरु सँग सामेल हुन पुगेका थिए । जसले सिन्धुली गढिमा लड्न आड  निर्माण समेत गरे  । मुख्य सेनानी रामकृष्ण कुँबरको साथमा रहेर रामचन्द्र प्रसाई समेतको  फौजले आक्रमण गरी कप्तान किन लकको नेतृत्वमा आएको अग्रेजहरुको फौजलाई परास्त्र गरे पछि श्री ५ पृथ्वीनारायण शाहले आफना बिजयी भारदारहरुलाई सिरोपाउको साथ साथै रामचन्द्र प्रसाईलाई पनि इज्जत र सम्मानका साथ  सेनानीको उपाधि सहित जागिरमा नियुक्ती गरेको किंदन्ती प्रसाई बंस बृक्ष मा रहेको कुरा मुगिटारका १२ औं पुस्ताका स्थानीय रामप्रसाद प्रसाइले बताउनुभयो ।   

उनै वीर पुरुषका सान्तान मुगिटारका प्रसाईहरुले रामचन्द्र प्रसाइको ऐतिहासिक कार्यको सम्मान गर्दै पुर्खाको वीरताको गाथा उजागर गर्नका लागि मुगिटारको टारबारीका बसेको नयाँ वजारमा रहेको चोक लाई प्रसाई चोक को नामाकरण गरिएको स्थानीय जेष्ठ नागरिक वेद प्रसाद प्रासाइले बताउनुभयो ।

यस ठाँउमा निकट भबिश्यमानै रामचन्द्र प्रसाईको शालिक निर्माण गर्ने तयारी भैरहको र सो का लागि अबश्यक जग्गा भू.पू. गाविस अध्यक्ष प्रेम प्रसाद प्रसाई र स्थानीय यज्ञ प्रसाइले उपलब्ध गराउने भएका छन् । 

  हाल सांकेतिक रुपमा सम्पुर्ण प्रसाईहरुको सल्लाह र सुझाब अनुसार वडा अध्यक्ष सुदर्शन प्रसाइको अगुवाइ र स्थानीय युवाहरुको सक्रियतामा उक्त स्थानमा रामचन्द्र प्रसाईको योगदान उल्लेख गरिएको फोटो सहितको फ्ल्याक्स बोर्ड निर्माण  गरी राखिएको छ । 

Share270Tweet169Share47

Related Posts

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी
समाचार

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी

२७ कार्तिक २०७७, बिहीबार
चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ
समाचार

चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ

२७ कार्तिक २०७७, बिहीबार
मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते
प्रहरी-प्रशासन

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते

२७ कार्तिक २०७७, बिहीबार
ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

२७ कार्तिक २०७७, बिहीबार
नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

२७ कार्तिक २०७७, बिहीबार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

२७ कार्तिक २०७७, बिहीबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero