Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

देवकोटाको जन्म जयन्तिको अबसरमा कतै शालिक अनवारण त कतै माल्यार्पण

रमेश ढुङ्गेल रमेश ढुङ्गेल
२९ कार्तिक २०७७, शनिबार
in विविध, समाचार, समाज
0
213
SHARES
Share on FacebookShare on Twitter

रामेछाप, २९ कार्तिक । लक्ष्मीप्रसाद देवकोटाको १ सय १२ औं जन्म जयन्तिका अबसरमा रामेछाप नगरपालिकाको बिटार पार्कमा देवकोटाको शालिक पुनःस्थापना गरी अनावरण गरिएको छ भने मथली नगरपालिकाको वडा नं १ स्थित देवकोटा चोकमा रहेको लक्ष्मी प्रसाद देवकोटाको शालिकमा माल्यार्पण गरिएको छ ।

मन्थली उमाबि बाट२०६२ सलमा एस एल सी दिएका बिद्यार्थीहरुद्वारा बिटार पार्कमा निर्माण गरिएको महाकवि लक्ष्मी प्रसाद देवकोटाको शालिक शनिवार अनावरण गरिएको हो ।
२०६१ सालमा रामेछाप जिल्लामा आएका तत्कालिन प्रमुख जिल्ला अधिकारी चुडामणि बस्यालको अगुवाईमा मन्थलीको देवकोटा चोकमा महाकवि लक्ष्मीप्रसाद देवकोटाको शालिक निर्माण गरिएको थियो । तर पछि उक्त मुर्तिलाई परिबर्तन गरी देवकोटाको पहिला राखिएको अर्धकदको शालिक हटाइ पुन ढलौटको शालिक पुनस्थापना गरिएको थियो ।
देवकोटा चोकबाट बिस्थापित गराएइको ढुंगाबाट कुदिएको देवकोटाको अर्धकदको मुर्तिलाई (रासमका) सदस्यहरुको सहयोगमा मन्थली उमाबि बाट२०६२ सलमा एस एल सी दिएका बिद्यार्थीहरुले विटार पार्कमा प्रतिस्थापन गरी मन्थली माबि का तत्कालिन प्रधानाध्यापक गुञ्ज बहादुर श्रेष्ठबाट अनाबरण गरि माल्यार्पण गराएका थिए ।

उक्त शालिकको लक्ष्मी प्रसाद देवकोटाको १ सय १२ औं जन्म जयन्तिको अबसर पारेर शनिवार अनावरण गरिएको हो ।
स्थानीय मुर्तिकार मन्थली नगरपालिका वडा नं –१ का गजेन्द्र बहादुर थापाले तयार गरेको उक्त मुर्तिले जिल्ला सदरमुकाम मन्थलीको मुख्य चोकलाई देवकोटा चोक भनेर चिनाउन सफल बनेको थियो । पछि उक्त मुर्ति लक्ष्मी प्रसाद देवकोटाको अनुहार सँग मिल्दो जुल्दो नभएको भन्दै हटाएर अर्को ढलौटको मुर्ति फेरे पछि उक्त मुर्ति चोकमै बेवारिसे भएपछि मन्थली उच्च माबि मा सन्दर्भ साग्रीका रुपमा प्रयोग गर्न भनेर लगेर संरक्षण गरि राखिएको थियो
कार्यक्रमका अबसरमा बोल्दै प्रमुख अतिथि श्रेष्ठले यो मुर्तिले जिल्लाको मूटुका रुपमा चिनिने चोक देवकोटा चोक भनेर चिनाउन सफल भएको भन्दै बिटार पार्कलाई पनि यो मूर्तिले निक्कै काम काम गर्ने बताउनुभयो । उहाले आफुले पढाएका विद्यार्थीले गरेको कामको पंशसा गर्दै परिवर्तनका लागि युवामा आउने यस्तै खाले सकारात्मक सोचले प्रगति हाँसिल गर्न सकिने बताउनुभयो ।
विद्यालयमा रहेको उक्त मुर्तिलाई मर्मत सुधार गरी सोही विद्यालयका २०६२ सालका एसएलसी व्याचले बिटारपार्कमा लगेर शालिक निर्माण गरि अनाबरण गरेकोमा आफुलाई खुसी लागेको मन्थली उच्च मा बि का वर्तमान प्रधानाध्यापक टंक प्रसाद दाहालले बताउनुभयो ।
स्थानीय मुर्तिकारले बनाएको मुर्तिको अपमान सहित देवकोटाको पनि अपमान भए झै लागेर आफूहरु सालिक निर्माण गरी ब्ययस्थीत बनाएको मन्थली मा बि का २०६२ सालका एस एल सी ब्याचका जयराम मानन्धर ले बताउनु ययो ।
शालिक अनावरण कार्यक्रममा बोल्दै मुर्तिकार गजेन्द्र बहादुर थापाले धेरै दुखः र मेहनत गरेर बनाएको शालिकलाई आफूलाई नसोधि चोकबाट हटाएर वेवारिसे बनाएको देख्दा मनमा सारै दुःख लागेको बताउनु भयो । उहाले पछि मन्थली उमाविमा संरक्षण गरेर राखेको थाहा पाएपछि खुशी लागेको बताउदै रासमको सकृयातामा मन्थली माविका २०६२ सालका एस सल सी ब्याचका भाइबैनीहरुले बिटारपार्कमा यसरी शालिकको पुनस्थापन गरेकोमा आफुलाई हर्षको सिमानै नरहेको बताउनुभयो ।
कार्यक्रममा मुर्तिकार थापालाई कदर पत्र सहित दोसल्ला ओढाएर सम्मान गरिएको थियो भने मन्थली उमाविलाई कदर पत्रले सम्मान गरिएको थियो ।
यसैबिच सोहि अबसर पारेर मन्थलीको देवकोटा चोकमा रहेको महाकवि लक्ष्मीप्रसाद देवकोटाको शालिकलाई सरसफाई गरी माल्यार्पण गरिएको छ ।

मन्थली नगरापलिका वडा नं १ का वडा अध्यक्ष नारायण दाश श्रेष्ठले सबै स्थानीयवास्को तर्फबाट माल्यार्पण गर्नुृभएको थियो । उक्त मुर्तिको सरसफाई र रङ रोगन स्थानीय वासीको सहयोगमा रासमका सदस्यहरुले गरेका थि

Share85Tweet53Share15

Related Posts

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी
समाचार

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी

२९ कार्तिक २०७७, शनिबार
चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ
समाचार

चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ

२९ कार्तिक २०७७, शनिबार
मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते
प्रहरी-प्रशासन

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते

२९ कार्तिक २०७७, शनिबार
ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

२९ कार्तिक २०७७, शनिबार
नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

२९ कार्तिक २०७७, शनिबार
मन्थली बजारमा डस्विन बितरण
विविध

मन्थली बजारमा डस्विन बितरण

२९ कार्तिक २०७७, शनिबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero